इन्सेकद्वारा दुई ओटा स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग

  ०७७ असार २६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि बेलका नगरपालिका र चौदण्डीगढी नगरपालिकालाई असार २५ गते स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

“स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने” (इएलपी) परियोजना अन्तरगत इन्सेकले उदयपुरका परियोजना सञ्चालित स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । सामग्री हस्तान्तरण गर्दै इन्सेक प्रदेश १ कार्यक्रम अधिकृत बागमता कट्टेलले स्वास्थ्य अधिकार रक्षाका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएको बताउनुभयो । उहाँले उपलब्ध सामग्री उपयोगी हुनेमा विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले आफ्नो नगरपालिका भित्र प्रदेश सरकारले आईसोलेशनसहितको कोभिड–१९ अस्पताल सञ्चालनमा रहेकाले उपलब्ध सामग्री उपयोगी हुने बताउनुभयो ।

बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले कोरोनाको जोखिम कायमै रहेकाले उपलब्ध सामग्रीले राहत मिलेको बताउनुभयो ।

इन्सेकले दुई ओटै स्थानीय तहलाई पाँच-पाँच लिटर सेनिटाइजर, दुई-दुई थान इन्फारेट थर्मोमिटर, २-२ सय थान सर्जीकल मास्क, २-२ सय थान सर्जीकल ग्लोब्स र २०-२० थान केएन–९५ मास्क हस्तान्तरण गरिएको परियोजना सहजकर्ता क्वीनसी राईले जानकारी दिनुभयो ।

Photo 20200709 Udayapur (1)

Photo 20200709 Udayapur (2)

भरत खड्का