इन्सेकद्वारा जिल्लाको मानव अधिकार अवस्थाबारे छलफल

  ०७५ जेठ १७ गते 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को एक टोलीले जेठ १६ र १७ गते दोलखा जिल्लाको मानव अधिकार अवस्थाबारे स्थानीय तथा जिल्लास्तरका सरोकारवालासँग छलफल गरेको छ ।

photo201861dolkha (2)

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत भीमेश्वर नपागरपालिका–९ लाकुरीडाडा स्थित सुर्के मावि र सोही नगरपालिका–८ बोच स्थित देवी मावि बोचका बाल अधिकार चेतना समूह, मानव अधिकार निगरानी समूह र प्राधानाध्यापकसँग शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका बारेमा छलफल गरेको हो ।

photo201861dolkha (1)

छलफलका क्रममा इन्सेकद्वारा सञ्चालित कार्यक्रमले बालमैत्री अध्ययन तथा अध्यापन, शौचालय व्यवस्थापन, निःशुल्क र अनिवार्य शिक्षा जस्ता सवालमा आवाज उठाउन थप सहयोग पुगेको बाल अधिकार चेतना समूहका सदस्यहरुले बताएका थिए ।

photo201861dolkha (3)

छलफलमा स्थानीय मानव अधिकार निगरानी समूहको पहलमा निःशुल्क औषधि र कर्मचारीको नियमितता भएको मानव अधिकार निगरानी समूहका पदाधिकारीले बताएका थिए । आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार र त्यसको स्थानीय स्तरमा भएको बुझाइबारे समेत छलफल भएको थियो ।

photo201861dolkha (4)

टोलीले प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक र जिल्ला स्तरीय मानव अधिकार निगरानी समूहका अध्यक्ष होम पाठक, नागरिक समाजका प्रतिनिधि र पत्रकार लगायतसँग जिल्लाको मानव अधिकार अवस्थाको बारेमा छलफल गरेको थियो । टोलीमा इन्सेकका व्यवस्थापन प्रमुख प्रेम पराजुली, इन्सेक कार्यालय काठमाडौँका संयोजक कृष्ण गौतम, कार्यक्रम फोकल पर्सन गणेश भण्डारी र इन्सेक जिल्ला प्रतिनिधि सहभागी थिए ।

उद्धव पोखरेल