इन्सेकद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

  ०७७ वैशाख २९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालय विराटनगरले वैशाख २९ गते मोरङको धनपालथान गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

गाउँपालिकालाई आईआर थर्मोमिटर, एन९५ मास्क, ग्लोव्स, सर्जिकल मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री इन्सेक प्रदेश १ का संयोजक सोमराज थापा, इन्सेक कार्यक्रम अधिकृत वागमता कट्टेल, मानवअधिकार निगरानी समिति धनपालथानका अध्यक्ष कृष्ण राजवंशीले गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराज सेठलाई हस्तान्तरण गर्नुभएको हो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै इन्सेक प्रदेश संयोजक थापाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । स्वास्थ्य सामाग्री ग्रहण गर्दै स्वास्थ्य शाखा प्रमुख सेठले इन्सेकबाट प्राप्त स्वास्थ्य सामाग्रीले ठुलो सहयोग पुगेको बताउनुभयो । गाउँपालिका अन्र्तगतका स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्रीको अभाव भईरहेको समयमा ठूलो स्वास्थ्य शाखा प्रमुख सेठले बताउनुभयो ।

इन्सेकको कियोस परियोजना सञ्चालित स्थानीय तहमा स्वास्थ्य सामाग्री वितरण गरिएको कार्यक्रम अधिकृत बाग्मता कट्टेलले जानकारी दिनुभएको छ ।

Morang photo 20200611

नेत्रप्रसाद अधिकारी