इन्सेकको पैरवी उपलब्धीमूलक हुन्छ भन्ने आशा छः जनप्रतिनिधि

  ०७६ कात्तिक १८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सुरू गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजना अन्तर्गत सन्दकपुर गाउँपालिकामा मानव अधिकार समूह गठन गरिएको छ ।

कात्तिक १७ गते स्थानीय नागरिक तथा सरोकारवालाहरूको भेलाले प्रकाश पराजुलीको अध्यक्षतामा १५ सदस्य समिति गठन गरेको हो ।

समूह गठन कार्यक्रममा बोल्दै गाँउपालिकाका अध्यक्ष उदय राईले देशमा राजनीतिक परिवर्तन र शान्ति स्थापनाका लागि इन्सेकले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका छन् ।

‘अहिले स्वास्थ्य, शिक्षा, खाद्य तथा आवास अधिकारका विषयमा इन्सेकले गर्न खोजेको कार्य निकै उपलब्धिमूलक हुनसक्छ ।’–राईले भने–‘हामी जनप्रतिनिधि र स्थानीय सरकारलाई झक्झक्याउन जरूरी छ । यो कामका लागि हामी सहकार्य गर्न तयार भएका छौँ ।’

गाउँपालिका उपाध्यक्ष शोभा पराजुलीले अझै पनि संविधानले मौलिक हकमा व्यवस्था गरेका अधिकारहरूबाट धेरै नागरिक वञ्चित भएको भन्दै आवास, स्वास्थ्य, शिक्षा, खाद्य अधिकारका सवाल उठाउन जरूरी रहेको धारणा राखिन् ।

कार्यक्रममा इन्सेक प्रदेश १ का संयोजक सोमराज थापाले उत्पीडनमा परेको समुदाय र नागरिकका पक्षमा काम गर्नु अपरिहार्य भएकाले इन्सेकले यो क्षेत्रमा आवाज उठाउन थालेको धारणा राखे ।
समितिको उपाध्यक्षमा सञ्चीता राई, सचिवमा सिद्धि गुरूङ, सह–सचिवमा कुमार गुरूङ र कोषाध्यक्षमा सरू राई रहेका छन् ।

समितिका सदस्यहरूमा कलिन्द्र राई, रीता थापा, जीवन शिवा, तुलाराम गुरूङ, तोयाकुमारी गुरूङलगायत १५ जना रहेका छन् ।

photo20191105ilam (1)

photo20191105ilam (2)

कोकिला ढकाल