आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रत्याभूति हुने गरी इन्सेकसँग सहकार्य गर्र्ने प्रतिवद्धता

  ०७६ कात्तिक २३ गते

नेपालको संविधान ०७२ ले व्यावस्था गरेको मौलिक हक अन्तर्गतका शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार नागरिकलाई प्रत्याभुत गर्ने गरी आगामी दिनमा इन्सेकसँग सहकार्य गरेर अगाडि बढ्ने बुद्धभुमि नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठले बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुद्धभुमि नपा–२ गोरुसिंहेमा कात्तिक २२ गते आयोजना गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजनाको परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रममा मेयर श्रेष्ठले सो कुरा बताएका हुन् ।

यसैगरी वडा नं २ का वडा अध्यक्ष भेषराज खनालले इन्सेकको पहलमा यस बुद्धभुमि नगरपालिका मानव अधिकारका विषय शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न लागेकोमा धन्यवाद दिँदै वडा कार्यालयले मानव अधिकारका विषयवस्तुमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता ब्याक्त्त गरे ।

यस्तै वडा नं ६ का वडा अध्यक्ष नन्दलाल यादवले अधिकारविहीनहरूको आवाज उठानका लागि मानव अधिकार समूह गठन गरेकोमा धन्यवाद दिँदै निश्पक्ष भएर काम गर्न सुझाव दिए ।

यस्तै वडा न १० का अध्यक्ष त्रिलोकी खरविन्द्रले इन्सेकले विगतमा गरेको कामको अनुभवले अवका दिनमा सञ्चालन हुन लागेको परियोजना सफलतापुर्वक सञ्चालन हुने कुरामा आफू विश्वस्त रहेको भन्दै आफ्नो वडाले पनि सहकार्य गरेर अगाडि बढने बताए ।

स्वास्थ्य शाखा प्रतिनिधि गोकण अर्यालले नागरिकको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न मानव अधिकार समूहसँग समन्वय गर्ने र सहयोग गर्ने प्रतिबद्धता जनाए ।

परिचायत्मक बैठक तथा मानव अधिकार समूह गठन बैठकले बुद्धभुमि क्यापसका क्यापस प्रमुख कृष्ण खनाल अध्यक्ष रहेको १३ सदस्य मानव अधिकार समूह बुद्धभुमि गठन भएको छ ।

समूहको उपाध्यक्षमा राधा बन्जाडे, सचिवमा रुपक खनाल सहसचिवमा सुमित्रा भट्टराई, कोषाध्यक्षमा विनिता भुसाल रहेका छन् ।

सदस्यहरूमा प्रविण विश्वकर्मा, प्रदिप खनाल, उमनाथ यादव, पार्वती थारु, महेन्द्र खनाल, सुनिता बेलवासे, निर्मला बढई रहेका छन् ।

पार्वती आचार्य