आमसञ्चार र मानव अधिकार विषयक तालिम सम्पन्न

  ०७६ वैशाख २६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय, धनगढीको आयोजनामा आम सञ्चार र मानव अधिकार विषयक दुई दिने तालिम वैशाख २६ गते धनगढीमा सम्पन्न भएको छ ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको प्रदेश संयोजक खडकराज जोशीले दुई दिनको तालिम  उपलब्धिमुलक भएको बताए ।

राष्ट्रिय मानव अधिकार आयोग सुदूर पश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख झङ्कर रावलले मानव अधिकारको संरक्षण र प्रवर्धनमा आमसञ्चारको महत्वपुर्ण भूमिका हुने बताए ।

नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका पुर्व संयोजक तथा वरिष्ठ पत्रकार मनमोहन स्वारले मानवअधिकारमुखि पत्रकारिता र समाचार सम्पे्रषण तथा प्रशारणमा संवेदनशिलता विषयमा छलफल चलाएका थिए ।

तालिमको क्रममा कान्तिपुर दैनिक, सुदूर पश्चिम प्रदेश ब्युरो प्रमुख चित्राङ्ग थापाले स्थानीय सञ्चार माध्यममा खोजमुलक पत्रकारिताको अभ्यास तथा स्थानीय तहमा सुशासन कायम गर्न सञ्चार माध्यमको भुमिकाका विषयमा छलफल चलाएका थिए ।

सहभागी करूणा जोशीले समाजमा दविएका आवाज उठाउन र स्थानिय तहमा सुशासन कायम गराउन हामी सबै आआफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने कुरामा जोड दिएकी थिइन् ।

photo20190509kailali (1)

photo20190509kailali (2)

photo20190509kailali (3)

photo20190509kailali (4)

photo20190509kailali (5)

photo20190509kailali (6)

photo20190509kailali (7)

photo20190509kailali (8)

photo20190509kailali (9)
मैनामोती चौधरी