अमरज्योति माविका विद्यार्थीलाई मानव अधिकार अनुशिक्षण

  ०७७ भदौ १ गते

वीरेन्द्रनगर नपा १२ स्थित अम्मरज्योति नमूना माविका कक्षा ९ का विद्यार्थीहरुलाई मानव अधिकारको सिद्धान्त र मानव अधिकार मैत्री व्यवहार विषयक अनुशिक्षण दिइएको छ ।

इन्सेक कर्णाली प्रदेशको पारस्परिक जवाफदेहिताː मानव अधिकार सुदृढिकरण कार्यक्रम अन्र्तगत भदौ १ गते भर्चुअल कार्यक्रममा उनीहरुलाई अनुशिक्षण दिइएको हो ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी संकायका सहायक डिन कमलेश डिसीले मानव अधिकारको सिद्धान्त र मानव अधिकारमैत्री व्यवहार तथा इन्सेक सुर्खेतका मानव अधिकार अधिकृत सोमप्रसाद चौधरीले सामाजिक उत्तरदायित्वको बारेमा सहजीकरण गर्नुभएको थियो ।

युवाहरुलाई मानव अधिकार शिक्षाको बारेमा सचेतिकरण गर्नुको साथै समुदाय, विद्यालय र घर परिवारमा मानव अधिकार मैत्री संस्कारको विकास गरी उनीहरुलाई मानव अधिकार संरक्षण सम्वद्र्धनमा समर्पित गराउने उद्देश्यले आयोजित अभिमुखीकरणमा ४० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बालबालिकाहरुलाई मानव अधिकार संस्कार र नैतिकताका बारेमा सचेतिकरण गर्न अनुशिक्षण दिइएको बताउनुभयो ।

इन्सेक केन्द्रीय कार्यालयका मानव अधिकार अधिकृत कृष्ण नेपालले जोखिम परिस्थितीमा पनि बालबालिकाहरुलाई मानव अधिकारको बारेमा सचेत गराउन इन्सेक कर्णाली प्रदेश कार्यालयले अहम भुमिका निभाएको बताउनुभयो ।

कार्यक्रममा उक्त माविका शिक्षकद्वय इश्वर शाही र अशोककुमार राईको उपस्थिती रहेको थियो ।

दुर्गा थापा