अपाङ्गमैत्री पूर्वाधार निर्माणमा जोड
वीरेन्द्रनगर नपाका सामुदायिक विद्यालय तथा शौचालय अपाङ्गमैत्री निमार्ण गरिनु पर्ने विषयमा एक कार्यक्रमको सहभागिहरूले जोड दिएका छन् ।
इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले माघ २७ गते वीरेन्द्रनगरमा सम्पन्न शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवालको समस्या पहिचान तथा कार्ययोजना निमार्ण कार्यशालाका सहभागीहरूले सो विषयमा जोड दिएका हुन ।
सहभागीहरूले कर्णाली प्रदेश सरकारको राजधानीका रुपमा रहेको वीरेन्द्रनगर बजारमा प्रभावकारी अनुगमन नहुँदा आखाद्य बस्तु तथा मिसावट गरिएका खाद्य वस्तुहरू बिक्री वितरण भइहेको औंल्याएका थिए । उनीहरूले मापडण्ड विपरीतका सामान बिक्री वितरण भइरहेको, छाडा गाईबस्तु व्यवस्थित नगरिएको, अटो रिक्साले मनोमानी रुपमा भाडा लिने गरेको र निमार्ण सामाग्री बीच सडकमै राखिदा दुर्घटना बढेको समस्या पहिचान गरेका थिए ।
यस्तै वीरेन्द्रनगर नपा भित्र रहेका स्वास्थ्य संस्थाबाट निशुल्क औषधि र उपचार नगरिएको, स्वास्थ्यकर्मीको व्यवहार विरामी मैत्री नभएको, गर्भवती महिला तथा जेष्ठ नागरिकलाई सहज रुपमा उपचार सेवा नदिइएको र नीजि स्वास्थ्य संस्थाबाट प्रतिबन्धित औषधि बिक्री वितरण गरेको पाइएको जस्ता समस्या पहिचान गरिएको जिल्ला सहजकर्ता बिन्दुलाल रेग्मीले बताए ।
मानव अधिकार समूह वीरेन्द्रनगरका अध्यक्ष लक्ष्मी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समूहका सदस्य, युवा तथा बाल अधिकार चेतना समूहका प्रतिनिधि, अधिकारकर्मी, कृषक समूहका प्रतिनिधि र सरोकारवालाको सहभागिता रहेको थियो । इन्सेक प्रदेश कार्यालयका कार्यक्रम संयोजक डिलबहादुर चौधरीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए ।
दुर्गा थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा शिक्षाको अधिकारको विषयमा अन्तरक्रिया कार्यक्रम ०७७ माघ ९ गते रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । शिक्षक, विद्यार्थी, अभिभावक…
स्वास्थ्य अधिकारको बारेमा सरोकारवालासँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा रामेछापको सदरमुकाम मन्थलीमा स्वास्थ्य अधिकारको विषयमा सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम ०७७ माघ ८ गते सम्पन्न भएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) काभ्रेद्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ २ गते हेटौँडामा सम्पन्न भएको छ…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका–३२ मा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक सूर्य पौडेलले इन्सेकसँगको…