इन्सेक गतिविधि

अश्राङमा भूकम्प पीडितको अवस्था सम्बन्धमा सार्वजनिक सुनुवाइ

भिमसेन गाउँपालिका-६ अश्राङका भूकम्प पीडितहरूले घर निर्माण गर्न निर्माण समग्री र दक्ष कामदारको अभाव भएको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा असोज २८ गते वडा कार्यालयमा गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भूकम्प पीडितहरूले दक्ष कामदारको अभावमा ०७२ वैशाख १२ को भूकम्पले भत्काएका घर निर्माणलाई तीव्रता दिन नसकिएको बताएका हुन् । ....

प्रकाशित मिति:०७४ असोज २८ गते,  
मानव अधिकारप्रति सबै सचेत हुनुपर्छः स्थानीय विकास अधिकारी

जिल्ला समन्वय समिति दैलेखका स्थानीय विकास अधिकारी डिलाराम पन्थीले मानव अधिकारप्रति सबै क्षेत्र सचेत हुनुपर्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को इएलपी परियोजना सल्लाहकार समितिको बैठकमा उनले सेवाप्रदायकहरू अझ बढी सचेत हुनु पर्ने बताएका हुन् । स्थानीय विकास अधिकारी पन्थीले ....

प्रकाशित मिति:०७४ असोज २७ गते,  
बाल अधिकार चेतना समूहका लागि नेतृत्व विकास तालिम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखराको आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत गठित बाल अधिकार चेतना समूहको लागि तीन दिने तालिम असोज २६ गतेबाट तानसेनमा सुरू भएको छ । ....

प्रकाशित मिति:०७४ असोज २६ गते,  
परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाल्पाको आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिसँग अनुभव आदानप्रदान बैठक असोज २६ गते तानसेनमा सम्पन्न भएको छ । ....

प्रकाशित मिति:०७४ असोज २६ गते,  
परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको आयोजनामा असोज २६ गते जिल्ला परियोजना सल्लाहाकार समितिको समन्वय बैठक सिरहामा सम्पन्न भएको छ । ....

प्रकाशित मिति:०७४ असोज २६ गते,  
परियोजना सल्लाहाकार समितिको समन्वय बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको आयोजनामा असोज २३ गते जिल्ला परियोजना सल्लाहाकार समितिको समन्वय बैठक इनरुवामा सम्पन्न भएको छ । ....

प्रकाशित मिति:०७४ असोज २५ गते,  
राज्यको दुविधायुक्त नीतिका कारण सेवाग्राही मर्कामा

राज्यको दुविधायुक्त नीतिको कारण शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सेवा प्रभावकारी हुन नसकेको एक कार्यक्रममा औँल्याइएको छ । इन्सेकद्वारा सञ्चालित इएलपी कार्यक्रम अन्तर्गत असोज २४ गते वीरेन्द्रनगरमा सम्पन्न जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिसँगको अनुभव आदानप्रदान बैठकका सहभागीहरूले सो कुरा....

प्रकाशित मिति:०७४ असोज २४ गते,  
सल्लाहकार समितिसँग समन्वय बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा असोज २४ गते विराटनगरमा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिसँग बैठक सम्पन्न भएको छ । ....

प्रकाशित मिति:०७४ असोज २४ गते,  
जिल्लास्तरीय निगरानी समूहको पुनर्गठन

जिल्लास्तरीय मानव अधिकार निगरानी समूह कास्कीको पुनर्गठन असोज २३ गते पोखरामा आयोजित एक कार्यक्रमका बिच भएको छ । ....

प्रकाशित मिति:०७४ असोज २३ गते,  
राहत वितरणमा बाढी पीडितको व्यापक गुनासो, स्थानीयवासीद्वारा छानबिनको माग

बाढी पीडितको राहत वितरण पारदर्शी नभएको आरोप लगाउँदै तत्काल छानबिन हुनु पर्ने राप्तीसोनारी गाउँपालिकाका बाढी पीडितले माग गरेका छन् । इन्सेक नेपालगञ्ज र भिजन टेलिभिजनद्वारा राप्तीसोनारी गाउँपालिकास्थित भवानीयापुरमा असोज ८ गते आयोजित बाढीपछि शिक्षा, स्वास्थ्य र खाद्यको अवस्था विषयक टेलिभिजन सम्व....

प्रकाशित मिति:०७४ असोज ८ गते,  






Top