इन्सेक गतिविधि

स्वरोजगार मूलक कार्यक्रम बनाउन आग्रह

जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख बालकृष्ण केसीले सशस्त्र द्वन्द्वको क्रममा घाइते तथा अपाङ्गता भएकाहरूका लागि आयमूलक तथा स्वरोजगारमूलक कार्यक्रमहरू बनाउन आग्रह गरेका छन् । ....

प्रकाशित मिति:०७४ चैत १२ गते,  
सरकारी निकायको ढिलासुस्तीका कारण दोस्रो किस्ता राहत नपाएको भूकम्प पीडितको गुनासो

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकद्वारा जुगल गाउँपालिका-१ मा चैत ७ गते आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सरकारी निकायको ढिलासुस्तीका कारण दोस्रो किस्ता राहत नपाएको भूकम्प पीडितले गुनासो गरेका छन् । जुगल गाउँपालिका-१ का एकबहादुर सिल्वालले गएको भदौमा घर बनाएर सम्पन्न गरेक....

प्रकाशित मिति:०७४ चैत ८ गते,  
सरकारको झन्झटिलो प्रक्रिया एवं नीतिले क्षतिपूर्ति पाउँनमा समस्या-भूकम्प पीडित

भूकम्प पीडितले सरकारको झञ्झटिलो प्रक्रिया एवम् अस्पष्ट नीतिका कारण क्षतिपूर्ति पाउन समस्या झेल्नुपरेको गुनासो गरेका छन् । भूकम्पबाट पीडित भएका सर्वसधारणले क्षतिपूर्ति पाउन प्रक्रिया एवम् नीतिहरू सजिलो बनाउन आग्रह समेत गरेका छन् । काठमाडौँ महानगरपालिका वडा नं. १७ को समन्वय एवम् अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा क....

प्रकाशित मिति:०७४ चैत ८ गते,  
भूकम्प पीडितलाई दोश्रो किस्ता लिनै सास्ती !

घर निर्माणका लागि अनुदानको पहिलो किस्ता लिएका भूकम्प पीडितले दोश्रो किस्ता लिन निकै सास्ती भोग्नु परेको पीडितहरूले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार सञ्जाल भक्तपुरले सूर्यविनायक नपा-९ नङ्खेलमा चैत १ गत "भूकम्प पीडितका राहत तथा पुनर्निर्माणको सवाल" विषयक ....

प्रकाशित मिति:०७४ चैत २ गते,  
भूकम्प पछिको पूनर्निर्माणको विषयमा सार्वजनिक सुनुवाइ

भूकम्पपछिको पुनर्निर्माणको अवस्थाबारे सार्वजनिक सुनुवाइ कार्यक्रम चैत २ गते मन्थली नपा-८ गाईखुरामा सम्पन्न भयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सान नेपाल रामेछापको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो । ....

प्रकाशित मिति:०७४ चैत २ गते,  
बेलकोटमा सार्वजनिक सुनुवाइ सम्पन्न

बेलकोटगढी नपा-११ का बासिन्दाहरूले निर्माण सामग्रीको महङ्गीले गर्दा भूकम्पपछिको पुनर्निर्माणमा समस्या भएको बताएका छन् । बेलकोटगढी नपा-११ को वडा कार्यालय अमारेमा इन्सेकको आयोजनामा चैत १ गते भएको भूकम्प पछिको पुनर्निर्माणको सवाल विषयक कार्यक्रममा बोल्दै वडा अध्यक्ष रामहरी पाण्डेले निर्माण सामग्रीको महङ्गीको कारण भूकम्प पीडितहरूलाई समस्या परेको बताए । ....

प्रकाशित मिति:०७४ चैत २ गते,  
पहिलो किस्ताको रकम नपाएको भूकम्पप्रभावितहरुले गुनासो

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र गजुरी गाउँपालिकाको आयोजनामा फागुन २९ गते राईगाउँमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा भूकम्पप्रभावितहरूले पहिलो किस्ताको रकम नपाएको गुनासो गरेका छन् । कार्यक्रममा गजुरी गाउँपालिका-५, राइगाउँका विजय राईले लाभग्राही सूचीमा परेर पनि हालसम्म पहिलो किस्त....

प्रकाशित मिति:०७४ फागुन ३० गते,  
लाभग्राहीको प्रश्न-ऐलानीमा घर भएका पीडितले के गर्ने?

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जिल्लास्तरीय मानव अधिकार सञ्जाल सिन्धुलीको आयोजनामा फागुन २८ गते मरिण गाउँपालिकाको कपिलाकोटमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा लाभग्राही र जनप्रतिनिधि दुवै पक्षबाट एउटै खालका समस्या सार्वजनिक भए-'ऐलानीका भूकम्प पीडितले के गर्ने ?' ....

प्रकाशित मिति:०७४ फागुन २९ गते,  
स्थानीय कानुन मिडियामैत्री हुनुपर्छः सरोकारवाला

अब बन्ने स्थानीय कानुन मिडियामैत्री हुनुपर्नेमा एक कार्यक्रममा सरोकारवालाहरूले जोड दिएका छन् । इन्सेक पोखरा कार्यालय र नेपाल पत्रकार महासङ्घ गोरखा शाखाको आयोजनामा फागुन २९ गते गोरखाको सदरमुकाम गोरखा बजारमा आयोजना गरिएको मिडिया साझेदारी कार्यक्रममा सरोकारवालाहरूले सो कुरामा जोड दिएका हुन् । ने....

प्रकाशित मिति:०७४ फागुन २९ गते,  
मकैसिङमा इन्सेकको सार्वजनिक सुनुवाई

गण्डकी गाउँपालिका-१ मकैसिङका भूकम्प पीडितले प्राविधिकको झन्झटिलो प्रक्रियाले निकै सास्ती खेप्नुपरेको गुनासो गरेका छन् । फागुन २६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठन गरिएको मानव अधिकार सञ्जालको आयोजनामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भूकम्प पीडितले प्राविधिकबाट नि....

प्रकाशित मिति:०७४ फागुन २६ गते,  






Top