०६२ साउन १६ गते
०६२ साउन १६ गते
प्रेस विज्ञप्ति
पत्रकार र मानवअधिकारकर्मीलाई धम्क्याउने कार्य बन्द गरियोस
आज अपरान्ह पौने ६ बजे नारायण नगरपालिका, दैलेख जिल्लास्थित शाही नेपाली सेनाको भवानी बक्स गणबाट आएका सुरक्षाकर्मीहरूले इन्सेक मानवअधिकार वर्षपुस्तक प्रतिनिधि नमनकुमार शाही र नेपाल समाचारपत्रका प्रतिनिधि कमल न्यौपानेलाई गिरफ्तार गरेको घटनाप्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ ।
गिरफ्तारी पछि नमन र कमललाई क्रमशः इन्सेक अनलाइन र नेपाल समाचारपत्रमा प्रकाशित सामग्रीको प्रतिलिपीमा दुईतर्फल्याप्चे लगाउन लगाई धम्कीपूर्ण भाषा प्रयोग गर्दै रिहा गरिएको थियो । तर दुवैलाई भोलि पुनः बोलाइएको छ । दैलेखमा केही दिन यता पत्रकार र मानवअधिकारकर्मीलाई सुरक्षाकर्मीहरुले छापिएका सामग्रीका आधारमा धम्क्याउने क्रम जारी छ। कान्तिपुर प्रतिनिधि हरिहर सिंह राठौर र स्थानीय पत्रकार पुष्कर थापालाई पनि यसै गरी व्यारेकमा पुर्याइ धम्क्याइएको थियो। यो घटनाक्रमलाई हामीले मानवअधिकार रक्षकहरूलाई हतोत्साही तुल्याउने दुष्प्रयासका रुपमा ग्रहण गरेका छौं । हामी पत्रकार एवं मानवअधिकारकर्मीलाई धम्क्याउने र व्यावसायिक धर्म निर्वाह गर्नबाट रोक्ने कार्य तत्काल बन्द गर्न माग गर्दछौं ।
सुबोधराज प्याकुरेल
अध्यक्ष
सम्बन्धित समाचारहरू
शान्ति सम्झौताका १४ वर्षः द्वन्द्वपीडितमाथि कुठाराघात
संविधानसभामार्फत नेपालको संविधान निर्माण गरी नयाँ राजनीतिक व्यवस्था स्थापना गर्ने, माओवादी लडाकू र हतियार व्यवस्थापन गरी दिगो शान्ति कायम गर्ने र द्वन्द्वपीडितका न्यायसम्बन्धी सवालहरू निरुपण गरी मानव अधिकार र कानुनी…
संविधान प्रदत्त स्वास्थ्य अधिकारको सम्मान गर !
२०७७ कात्तिक ४ गते मन्त्रिपरिषद्को गत असोज १९ गतेको बैठकले कोरोनाका बिरामीहरूको उपचार तथा परीक्षण शुल्क कात्तिक २ गते आइतबारदेखि बिरामी स्वयम्ले गर्नुपर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित…
डा. केसीको जीवन रक्षा गर्न सार्थक वार्ताको आह्वान
मिति–२०७७ असोज १६ गते डा. गोविन्द केसी १९ औँ अनशन बस्नु भएको १८ दिन पूरा भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा एमबीबीएस कार्यक्रम सञ्चालन र विभिन्न भ्रष्टाचार काण्डहरूको…
शोक वक्तव्य
भारतका सामाजिक अभियन्ता स्वामी अग्निवेशको ८१ वर्षको उमेरमा यही भदौ २६ गते निधन भएको खबरले हामीलाई दुःखी तुल्याएको छ । शोकको यस घडीमा हामी उहाँप्रति भावपूृर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछौँ ।…
प्रेस विज्ञप्ति
मितिः २०७७ साउन ३२ गते प्रेस विज्ञप्ति कोरोना भाइरसको सङ्क्रमणका कारण फैलिएको विश्वव्यापी महामारीको असर दिनानुदिन नेपालमा पनि बढ्दै गएको छ । साउन ३१, २०७७ सम्ममा कोरोना सङ्क्रमणका कारण मृत्यु…