०७४ साउन १५ गते

 

मिति-२०७४ साउन १५ गते

प्रकाश मानवअधिकार पुरस्कार-२०७३ ज्येष्ठ नागरिक अभियन्ता डा. गौरीशङ्कर लाल दासलाई

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले “२३ औँ प्रकाश मानवअधिकार पुरस्कार”बाट ज्येष्ठ नागरिक अभियन्ता डा. गौरीशङ्कर लाल दासलाई सम्मानDr. Gauri Sankhar Lal Das गर्ने निर्णय गरेको छ । इन्सेक कार्यसमितिको २०७४ साउन ११ गते सम्पन्न बैठकले विगत सात दशकदेखि मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा क्रियाशील डा. दासलाई ‘प्रकाश मानवअधिकार पुरस्कार-२०७३’ बाट सम्मान गर्ने निर्णय गरेको थियो ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा साउन १६ गते ललितपुरमा सम्पन्न हुने एक समारोहकाबीच डा. दासलाई सम्मान ­गरिने कार्यक्रम रहेको छ ।

इन्सेकका संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको स्मृतिमा २०५१ सालमा स्थापित ‘प्रकाश मानवअधिकार पुरस्कार’बाट यसअघि २२ जना सम्मानित भइसक्नु भएको छ । पुरस्कृत व्यक्तित्वलाई सम्मानपत्रसहित ५० हजार रुपियाँ प्रदान गर्ने गरिएको छ ।

Subodh_Nepali_Sign

सुबोधराज प्याकुरेल

अध्यक्ष