२०७६ जेठ २३ गते - बाँदरमुढे घटनाको १४ वर्ष
२०७६ जेठ २३ गते
बाँदरमुढे घटनाको १४ वर्ष
तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले चितवन जिल्लाको माडी क्षेत्रमा पर्ने कल्याणपुर गाविसको बाँदरमुढे खोलामा यात्रुबाहक बसमा विद्युतीय धराप विष्फोट गराएको आज १४ वर्ष पूरा भएको छ । विस्तृत शान्ति सम्झौतालगायत अन्य कैयौँ राजनीतिक सहमतिहरूमा बाँदरमुढेलगायत घटनाका द्वन्द्व पीडितहरूको न्यायका सम्बन्धमा चर्चा गरिएको भए पनि न्याय र परिपूरणबिना यी १४ वर्षहरू बितेका छन् ।
साबिकको कल्याणपुर गाविस-१ र ४ को सीमानामा पर्ने बाँदरमुडे खोलामा ना १ ख ३२४५ नं. को बसमा २०६२ साल जेठ २३ गते नेकपा माओवादीका कार्यकर्ताले विद्युतीय धराप विष्फोट गराउँदा ३५ जना सर्वसाधारण र तीन जना सुरक्षाकर्मीसहित ३८ जनाको मृत्यु भएको थियो । घटनामा ७२ जना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये चार जनाको घटनाको केही समयपछि मृत्यु भएको थियो । यसरी घटनामा मृत्यु हुनेको सङ्ख्या ४२ रहेको छ । घाइतेमध्ये १० जना अहिले पनि नियमित औषधी सेवन गर्नुपर्ने अवस्थामा छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार र मानवीय कानुनको पूर्णरूपमा उल्लङ्घन भएका यस्ता घटनाहरूको सत्यतथ्य सार्वजनिक गरी पीडितलाई शीघ्र न्याय दिने विषयमा सङ्क्रमणकालीन न्यायका संयन्त्रले तदारुकता देखाएको पाइन्छ न त सरकारले नै !
यहाँ स्मरण गर्नुपर्ने विषय के हो भने घटनालगत्तै २०६२ जेठ २३ गते नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालद्वारा जारी विज्ञप्तिमा घटनामा गल्ती भएको स्वीकार गर्दै घटनाको छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्ने उल्लेख थियो ।
द्वन्द्वकालीन समयमा भएका यस्ता जघन्य अपराधका घटनामा न्याय निरूपणको कुनै विकल्प छैन । तर यस्ता सवालमा राजनीतिक नेतृत्वको अडान क्रमशः क्षयिकरण हुँदै गरेको हामीले महसुस गरेका छौँ ।
डा. इन्दिरा श्रेष्ठ
अध्यक्ष
सम्बन्धित समाचारहरू
शान्ति सम्झौताका १४ वर्षः द्वन्द्वपीडितमाथि कुठाराघात
संविधानसभामार्फत नेपालको संविधान निर्माण गरी नयाँ राजनीतिक व्यवस्था स्थापना गर्ने, माओवादी लडाकू र हतियार व्यवस्थापन गरी दिगो शान्ति कायम गर्ने र द्वन्द्वपीडितका न्यायसम्बन्धी सवालहरू निरुपण गरी मानव अधिकार र कानुनी…
संविधान प्रदत्त स्वास्थ्य अधिकारको सम्मान गर !
२०७७ कात्तिक ४ गते मन्त्रिपरिषद्को गत असोज १९ गतेको बैठकले कोरोनाका बिरामीहरूको उपचार तथा परीक्षण शुल्क कात्तिक २ गते आइतबारदेखि बिरामी स्वयम्ले गर्नुपर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित…
डा. केसीको जीवन रक्षा गर्न सार्थक वार्ताको आह्वान
मिति–२०७७ असोज १६ गते डा. गोविन्द केसी १९ औँ अनशन बस्नु भएको १८ दिन पूरा भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा एमबीबीएस कार्यक्रम सञ्चालन र विभिन्न भ्रष्टाचार काण्डहरूको…
शोक वक्तव्य
भारतका सामाजिक अभियन्ता स्वामी अग्निवेशको ८१ वर्षको उमेरमा यही भदौ २६ गते निधन भएको खबरले हामीलाई दुःखी तुल्याएको छ । शोकको यस घडीमा हामी उहाँप्रति भावपूृर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछौँ ।…
प्रेस विज्ञप्ति
मितिः २०७७ साउन ३२ गते प्रेस विज्ञप्ति कोरोना भाइरसको सङ्क्रमणका कारण फैलिएको विश्वव्यापी महामारीको असर दिनानुदिन नेपालमा पनि बढ्दै गएको छ । साउन ३१, २०७७ सम्ममा कोरोना सङ्क्रमणका कारण मृत्यु…