२०७६ असार ६ गते - इन्सेक र अन्य मानव अधिकार संस्था सर्लाही घटनाको तथ्य संकलनमा
मिति-२०७६ असार ६ गते
इन्सेक र अन्य मानव अधिकार संस्था सर्लाही घटनाको तथ्य संकलनमा
नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज ४७ वर्षीय कुमार पौडेलको असार ५ गते दिउँसो प्रहरी कारबाहीमा मृत्यु भएको भनिएको घटनाको सत्य तथ्य बुझ्न इन्सेक प्रदेश २ कार्यालयका संयोजक राजु पासवानको नेतृत्वमा मानव अधिकार संस्थाका प्रतिनिधि सम्मिलित एक टोली असार ६ गते बिहान घटनास्थल प्रस्थान गरेको छ ।
लालबन्दी नगरपालिका-१ मा रहेको जङ्गलमा दुई ओटा मोटरसाइकलमा रहेका चार जना व्यक्तिले गस्तीमा रहेको प्रहरीमाथि गोली चलाएपछि जबाफी फायर गर्दा पौडलेको मृत्यु भएको र अन्य तीन जना फरार भएको प्रहरीले जनाएको थियो ।
टोलीले विभिन्न माध्यमबाट संकलन गरेको विवरणका आधारमा तयार पारिएको प्रतिवेदन केही समयभित्र सार्वजनिक गरिनेछ ।
विजयराज गौतम
कार्यकारी निर्देशक
सम्बन्धित समाचारहरू
शान्ति सम्झौताका १४ वर्षः द्वन्द्वपीडितमाथि कुठाराघात
संविधानसभामार्फत नेपालको संविधान निर्माण गरी नयाँ राजनीतिक व्यवस्था स्थापना गर्ने, माओवादी लडाकू र हतियार व्यवस्थापन गरी दिगो शान्ति कायम गर्ने र द्वन्द्वपीडितका न्यायसम्बन्धी सवालहरू निरुपण गरी मानव अधिकार र कानुनी…
संविधान प्रदत्त स्वास्थ्य अधिकारको सम्मान गर !
२०७७ कात्तिक ४ गते मन्त्रिपरिषद्को गत असोज १९ गतेको बैठकले कोरोनाका बिरामीहरूको उपचार तथा परीक्षण शुल्क कात्तिक २ गते आइतबारदेखि बिरामी स्वयम्ले गर्नुपर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित…
डा. केसीको जीवन रक्षा गर्न सार्थक वार्ताको आह्वान
मिति–२०७७ असोज १६ गते डा. गोविन्द केसी १९ औँ अनशन बस्नु भएको १८ दिन पूरा भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा एमबीबीएस कार्यक्रम सञ्चालन र विभिन्न भ्रष्टाचार काण्डहरूको…
शोक वक्तव्य
भारतका सामाजिक अभियन्ता स्वामी अग्निवेशको ८१ वर्षको उमेरमा यही भदौ २६ गते निधन भएको खबरले हामीलाई दुःखी तुल्याएको छ । शोकको यस घडीमा हामी उहाँप्रति भावपूृर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछौँ ।…
प्रेस विज्ञप्ति
मितिः २०७७ साउन ३२ गते प्रेस विज्ञप्ति कोरोना भाइरसको सङ्क्रमणका कारण फैलिएको विश्वव्यापी महामारीको असर दिनानुदिन नेपालमा पनि बढ्दै गएको छ । साउन ३१, २०७७ सम्ममा कोरोना सङ्क्रमणका कारण मृत्यु…