२०७४ साउन १८ गते
२०७४ साउन १८ गते
हार्दिक श्रद्धाञ्जलि
सिनो बहिष्कार र भूमिहीन हरूवा चरुवा आन्दोलनका अगुवा नेता सुरुङ्गा नपा-४ मधुपट्टि कनकपुर, सप्तरीका ६७ वर्षीय बलदेव रामको साउन १७ गते विहान निधन भएको खबरले हामीलाई दुःखी तुल्याएको छ । दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ ।
सप्तरीको दौलतपुर गाविसमा २०५६ सालमा कथित दलितहरूले सिनो फाल्नै पर्ने सामाजिक बाध्यताका विरुद्ध आन्दोलनको अगुवाइ गरेका रामले तराईका जिल्लामा सिनो फाल्नुपर्ने कुरीतिजन्य प्रथाविरुद्ध जेहाद छेड्नुभएको थियो । राष्ट्रिय भूमि अधिकार मञ्च, जनचेतना दलित सङ्गम मधुपट्टि र हरूवा चरुवा अधिकार मञ्चको संस्थापक अध्यक्ष राम उच्च स्तरिय भूमिसुधार आयोग २०६५ को सदस्यसमेत रहनुभएको थियो ।
रामको निधनले नेपालको दलित आन्दोलनलाई अपुरणीय क्षति पुगेको छ । उहाँले देखाउनुभएको बाटोमा हिँड्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जलि हुनेछ ।
सुबोधराज प्याकुरेल
अध्यक्ष
सम्बन्धित समाचारहरू
शान्ति सम्झौताका १४ वर्षः द्वन्द्वपीडितमाथि कुठाराघात
संविधानसभामार्फत नेपालको संविधान निर्माण गरी नयाँ राजनीतिक व्यवस्था स्थापना गर्ने, माओवादी लडाकू र हतियार व्यवस्थापन गरी दिगो शान्ति कायम गर्ने र द्वन्द्वपीडितका न्यायसम्बन्धी सवालहरू निरुपण गरी मानव अधिकार र कानुनी…
संविधान प्रदत्त स्वास्थ्य अधिकारको सम्मान गर !
२०७७ कात्तिक ४ गते मन्त्रिपरिषद्को गत असोज १९ गतेको बैठकले कोरोनाका बिरामीहरूको उपचार तथा परीक्षण शुल्क कात्तिक २ गते आइतबारदेखि बिरामी स्वयम्ले गर्नुपर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित…
डा. केसीको जीवन रक्षा गर्न सार्थक वार्ताको आह्वान
मिति–२०७७ असोज १६ गते डा. गोविन्द केसी १९ औँ अनशन बस्नु भएको १८ दिन पूरा भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा एमबीबीएस कार्यक्रम सञ्चालन र विभिन्न भ्रष्टाचार काण्डहरूको…
शोक वक्तव्य
भारतका सामाजिक अभियन्ता स्वामी अग्निवेशको ८१ वर्षको उमेरमा यही भदौ २६ गते निधन भएको खबरले हामीलाई दुःखी तुल्याएको छ । शोकको यस घडीमा हामी उहाँप्रति भावपूृर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछौँ ।…
प्रेस विज्ञप्ति
मितिः २०७७ साउन ३२ गते प्रेस विज्ञप्ति कोरोना भाइरसको सङ्क्रमणका कारण फैलिएको विश्वव्यापी महामारीको असर दिनानुदिन नेपालमा पनि बढ्दै गएको छ । साउन ३१, २०७७ सम्ममा कोरोना सङ्क्रमणका कारण मृत्यु…