२०७४ जेठ १ गते
मिति–२०७४ जेठ १ गते
मतगणना स्थलको सङ्ख्या थप्न अनुरोध
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को निर्वाचन पर्यवेक्षण टोलीले जेठ १ गते काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिकाका साथै विभिन्न नगरपालिकाको मतगणनास्थलको अनुगमन गरेको छ । ठूलो सङ्ख्यामा मत खसेको यी महानगरलगायत देशका अन्य जिल्लामा जारी रहेको मतगणना प्रकृया असाध्यै सुस्त रहेको पाइयो । मतगणना प्रकृया यही गतिमा जारी राखिने हो भने सम्पूर्ण मतपरिणाम घोषणा हुन महिनौँ लाग्नसक्छ । निर्वाचन सकिएको चौबीस घण्टामा भएको मतगणनाको प्रगतिले यही कुरालाई सङ्केत गर्छ ।
मतगणना छिटो छरितोरुपमा सम्पन्न गर्न वार्डअनुसारका मत बाकसको गणना गर्ने व्यवस्था मिलाउन जरुरी हुन्छ । सफलतापूर्वक निर्वाचन सम्पन्न गर्नसक्ने क्षमता राखेको निर्वाचन आयोगले मतगणना प्रकृयालाई पनि सहज बनाउन तथा यथाशक्य छिटो मत परिणाम घोषणा गर्नेतर्फ ध्यान केन्द्रित गर्न अनुरोध छ । साथै मतगणना प्रकृया सहज बनाउन निर्वाचन आयोगसँग सहकार्य गर्न राजनीतिक दलहरुलाई अनुरोध गर्दछौँ ।
सुबोधराज प्याकुरेल
अध्यक्ष
सम्बन्धित समाचारहरू
शान्ति सम्झौताका १४ वर्षः द्वन्द्वपीडितमाथि कुठाराघात
संविधानसभामार्फत नेपालको संविधान निर्माण गरी नयाँ राजनीतिक व्यवस्था स्थापना गर्ने, माओवादी लडाकू र हतियार व्यवस्थापन गरी दिगो शान्ति कायम गर्ने र द्वन्द्वपीडितका न्यायसम्बन्धी सवालहरू निरुपण गरी मानव अधिकार र कानुनी…
संविधान प्रदत्त स्वास्थ्य अधिकारको सम्मान गर !
२०७७ कात्तिक ४ गते मन्त्रिपरिषद्को गत असोज १९ गतेको बैठकले कोरोनाका बिरामीहरूको उपचार तथा परीक्षण शुल्क कात्तिक २ गते आइतबारदेखि बिरामी स्वयम्ले गर्नुपर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित…
डा. केसीको जीवन रक्षा गर्न सार्थक वार्ताको आह्वान
मिति–२०७७ असोज १६ गते डा. गोविन्द केसी १९ औँ अनशन बस्नु भएको १८ दिन पूरा भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा एमबीबीएस कार्यक्रम सञ्चालन र विभिन्न भ्रष्टाचार काण्डहरूको…
शोक वक्तव्य
भारतका सामाजिक अभियन्ता स्वामी अग्निवेशको ८१ वर्षको उमेरमा यही भदौ २६ गते निधन भएको खबरले हामीलाई दुःखी तुल्याएको छ । शोकको यस घडीमा हामी उहाँप्रति भावपूृर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछौँ ।…
प्रेस विज्ञप्ति
मितिः २०७७ साउन ३२ गते प्रेस विज्ञप्ति कोरोना भाइरसको सङ्क्रमणका कारण फैलिएको विश्वव्यापी महामारीको असर दिनानुदिन नेपालमा पनि बढ्दै गएको छ । साउन ३१, २०७७ सम्ममा कोरोना सङ्क्रमणका कारण मृत्यु…