२०७३ चैत ७ गते
२०७३ चैत ७ गते
प्रेस विज्ञप्ति
मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल, दोलखाको कार्यालयमा योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालका कार्यकर्ताले २०७३ चैत ६ गते तालाबन्दी गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामी घटनाको निन्दा र भत्सर्ना गर्दछौँ ।
निर्वाचन आचारसंहिता विपरीत काम गरेको, जवाफदेहिता र पारदर्शिता कायम गर्न भनी २०७३ चैत ४ गते वाईसीएलले संस्थालाई दिएको पत्रको बेवास्ता गरेको भन्दै दोलखा जिल्ला कार्यसमितिका अध्यक्ष सन्तोष केसीको नेतृत्वमा आएको समूहले कार्यालयमा काम गरिरहेका सबै कर्मचारीलाई बाहिर निकाली तालाबन्दी गरेको घटना विवरणमा जनाइएको छ ।
कुनै संस्थाका क्रियाकलाप मन परेनन्, सञ्चालित कार्यक्रम पारदर्शी भएनन् भने तिनका बारेमा जिल्ला प्रशासन कार्यालय, समाज कल्याण परिषद्मा उजुरी गर्न सकिने व्यवस्था हुँदाहुँदै आफैँ 'न्यायाधीश' भई न्याय निरूपण गर्न खोज्ने वाईसीएल दोलखाको यो तरिका अलोकतान्त्रिक मात्रै होइन अपराधसमेत हो ।
कानुन र संविधानले दिएको अधिकार कुण्ठित गर्ने वाईसीएलको दुष्प्रयासको भत्सर्ना गर्दै संस्थामा लगाइएको ताला अविलम्ब खुला गरी संस्थाको दैनिक कार्य सुचारु गर्ने वातावरण मिलाउन स्थानीय प्रशासनसँग माग गर्दछौँ ।
सुबोधराज प्याकुरेल
अध्यक्ष
सम्बन्धित समाचारहरू
शान्ति सम्झौताका १४ वर्षः द्वन्द्वपीडितमाथि कुठाराघात
संविधानसभामार्फत नेपालको संविधान निर्माण गरी नयाँ राजनीतिक व्यवस्था स्थापना गर्ने, माओवादी लडाकू र हतियार व्यवस्थापन गरी दिगो शान्ति कायम गर्ने र द्वन्द्वपीडितका न्यायसम्बन्धी सवालहरू निरुपण गरी मानव अधिकार र कानुनी…
संविधान प्रदत्त स्वास्थ्य अधिकारको सम्मान गर !
२०७७ कात्तिक ४ गते मन्त्रिपरिषद्को गत असोज १९ गतेको बैठकले कोरोनाका बिरामीहरूको उपचार तथा परीक्षण शुल्क कात्तिक २ गते आइतबारदेखि बिरामी स्वयम्ले गर्नुपर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित…
डा. केसीको जीवन रक्षा गर्न सार्थक वार्ताको आह्वान
मिति–२०७७ असोज १६ गते डा. गोविन्द केसी १९ औँ अनशन बस्नु भएको १८ दिन पूरा भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा एमबीबीएस कार्यक्रम सञ्चालन र विभिन्न भ्रष्टाचार काण्डहरूको…
शोक वक्तव्य
भारतका सामाजिक अभियन्ता स्वामी अग्निवेशको ८१ वर्षको उमेरमा यही भदौ २६ गते निधन भएको खबरले हामीलाई दुःखी तुल्याएको छ । शोकको यस घडीमा हामी उहाँप्रति भावपूृर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछौँ ।…
प्रेस विज्ञप्ति
मितिः २०७७ साउन ३२ गते प्रेस विज्ञप्ति कोरोना भाइरसको सङ्क्रमणका कारण फैलिएको विश्वव्यापी महामारीको असर दिनानुदिन नेपालमा पनि बढ्दै गएको छ । साउन ३१, २०७७ सम्ममा कोरोना सङ्क्रमणका कारण मृत्यु…