०७४ माघ २४ गते

 

मिति-२०७४ माघ २४ गते

प्रेस विज्ञप्ति

राष्ट्रिय सभा सदस्यका लागि २०७४ माघ २४ गते प्रदेश नम्बर २ बाहेकका ६ ओटै प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । स्थानीय तहका १ हजार २ सय ३४ र प्रदेश सभाका ४ सय ४३ गरी कूल १ हजार ६ सय ७७ मतदातामध्ये मतदानमा आठ जना अनुपस्थित रहेको पर्यवेक्षणका क्रममा पाइयो ।

प्रदेश नम्बर ३ को निर्वाचनस्थल ललितपुरको जावलाखेलमा मतदान गर्न आएकी चार दिनकी सुत्केरी सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाकी उपाध्यक्ष कमला श्रेष्ठलाई मतदानमा भाग लिन कठिनाइ भएको पाइयो । असक्त मतदाताको सुविधाका लागि न्यूनतम प्रयास नगरिँदा मतदान प्रकृया असहज भयो । मतदान गर्ने आफ्नो अधिकार प्रयोग गर्न आउँदा उनले सास्ती व्यहोर्नुपर्‍यो । उनलाई मतसङ्केत गर्ने स्थानसम्म आउजाउको व्यवस्था गरिनुपथ्र्यो ।

असक्त अवस्थामा रहेका आफ्ना मतदाताप्रति निर्वाचन आयोगले गरेको बेवास्ताले आयोगको संवेदनहीनतालाई उजागर गरेको छ । मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले यस सम्बन्धमा जानकारी नभएको प्रतिक्रिया दिए । उनी मतदान गर्न जाँदा थाहा नभए पनि मतदान गरिसकेपछि फर्कने वातावरण सहज बनाउन सकिन्थ्यो ।  मतदातालाई सहज पहुँच पुर्‍याउनुपर्ने दायित्व निर्वाचन आयोगको हुन्छ । आयोगको दायित्व पूरा गर्ने जिम्मेवारी आयोगका कर्मचारीको पनि हो यससन्दर्भमा आगामी दिनमा आयोगले ख्याल गर्नुपर्ने देखिन्छ ।

Subodh_Nepali_Sign

सुबोधराज प्याकुरेल

अध्यक्ष