०७४ असोज ३० गते
मिति- २०७४ असोज ३० गते
प्रेस विज्ञप्ति
संयुक्त राष्ट्रसङ्घको ७२ औँ महासभाले नेपाललाई मानव अधिकार परिषद्मा निर्वाचित गरेको छ । यस सफलताका लागि हामी नेपाल सरकार र सम्पूर्ण नेपालीमा हार्दिक बधाई ज्ञापन गर्दछौँ । संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रमध्ये कुल ४७ देशका प्रतिनिधि रहने मानव अधिकार परिषद्मा नेपाललगायत १५ नयाँ देशले प्रतिनिधित्व गर्ने अवसर पाएका छन् । मानव अधिकार परिषद् विश्वभरको मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने संयुक्त राष्ट्रसङ्घीय निकाय हो । नेपाल सन् २०१८ देखि २०२० कार्यकालका लागि एशियाली समूहबाट निर्वाचित भएको हो ।
नेपालले अन्तर्राष्ट्रियस्तरमा मानव अधिकारको क्षेत्रमा गरेको प्रतिबद्धता नै निर्वाचित परिषद्मा निर्वाचित हुने अवसर भएको हामीले ठानेका छौँ । नेपालको छवि अन्तर्राष्ट्रिय मञ्चमा बढाउन यसले भूमिका निर्वाह गर्नेछ ।
नेपाल संयुक्त राष्ट्रसङ्घद्वारा पारित गरिएका मानव अधिकारसँगसम्बन्धी महत्वपूर्ण सन्धि। महासन्धिको पक्षराष्ट्र हुनुका साथै यसले मानव अधिकारप्रतिको सम्मान र प्रतिबद्धता जाहेर गर्दै आएको छ । नेपाल सरकारले अन्तर्राष्ट्रियस्तरमा मानव अधिकारप्रति जनाएको प्रतिबद्धताहरूको पालना तथा राष्ट्रिय जिम्मेवारीका बारेमा नेपाल सरकार अझ जागरुक हुनसके यो सफलताको महत्व प्रगाढ हुनेमा हामी विश्वस्त छौँ ।
सुबोधराज प्याकुरेल
अध्यक्ष
सम्बन्धित समाचारहरू
शोक वक्तव्य
विगत दुई दशकभन्दा बढी समयदेखि इन्सेक अभियानमा आवद्ध कपिलवस्तु जिल्ला बुद्धभूमि नगरपालिका-४ निवासी हाल इन्सेक कपिलवस्तु जिल्ला सहजकर्ताको रुपमा कार्यरत नन्दराम पौडेलको २०७७ चैत ३१ गते साँझ सडक दुर्घटनामा परी…
नेपाल सरकार र विप्लव नेतृत्वको नेकपाबिच भएको सहमतिको इन्सेकद्वारा स्वागत
नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबिच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमतिको इन्सेक स्वागत तथा प्रशंसा गर्दछ । शान्तिपूर्ण राजनीतिक क्रियाकलाप तथा संवादमार्फत राजनीतिको…
शान्ति सम्झौताका १४ वर्षः द्वन्द्वपीडितमाथि कुठाराघात
संविधानसभामार्फत नेपालको संविधान निर्माण गरी नयाँ राजनीतिक व्यवस्था स्थापना गर्ने, माओवादी लडाकू र हतियार व्यवस्थापन गरी दिगो शान्ति कायम गर्ने र द्वन्द्वपीडितका न्यायसम्बन्धी सवालहरू निरुपण गरी मानव अधिकार र कानुनी…
संविधान प्रदत्त स्वास्थ्य अधिकारको सम्मान गर !
२०७७ कात्तिक ४ गते मन्त्रिपरिषद्को गत असोज १९ गतेको बैठकले कोरोनाका बिरामीहरूको उपचार तथा परीक्षण शुल्क कात्तिक २ गते आइतबारदेखि बिरामी स्वयम्ले गर्नुपर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित…
डा. केसीको जीवन रक्षा गर्न सार्थक वार्ताको आह्वान
मिति–२०७७ असोज १६ गते डा. गोविन्द केसी १९ औँ अनशन बस्नु भएको १८ दिन पूरा भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा एमबीबीएस कार्यक्रम सञ्चालन र विभिन्न भ्रष्टाचार काण्डहरूको…