०७४ असोज २४ गते

 

२०७४ असोज २४ गते

शान्ति सुरक्षाको प्रत्याभूति गर !

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको हिजो असोज २३ गते काठमाडौँमा आपराधिक समूहले गोली हानी हत्या गरेको घटनाले हामीलाई दुःखी तुल्याएको छ । दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ ।

राजधानीमा भएको यो घटनाले हाम्रो देशको शान्ति सुरक्षाको अवस्था उजागर गरेको छ । देशमा व्याप्त दण्डहीनता र राजनीतिमा भएको अपराधिकरणका कारण यस्ता प्रकृतिका अन्य घटनाहरू हुने गरेको हामीले पटकपटक बताउँदै आएका छौँ । साना हतियारको बिगबिगी हुनु, अपराधमा संलग्नलाई राजनीतिक संरक्षण दिइनु, यस्ता घटनाहरूको प्रभावकारी अनुसन्धान र प्राप्त निष्कर्षको कार्यान्वन्यन नगरिनु जस्ता कारण अपराध कर्ममा संलग्नहरूले सजिलै उन्मुक्ति पाउने गरेका छन् ।

अपराध गरेपछि कुनै राजनीतिक दलमा प्रवेश गर्ने र सम्बन्धित दलले अपराधको ढाकछोप गरिदिने कुसंस्कार आमरूपमा मौलाउँदै जानु लोकतान्त्रिक शासन व्यवस्थाका लागि लज्जाको विषय हुनुपर्ने हो ।

गौचन हत्याको घटनामा संलग्नहरूको पहिचान तथा अनुसन्धान गर्ने कार्यमा नेपाल प्रहरीलाई आवश्यक सम्पूर्ण सहयोग गर्न तथा आगामी दिनमा यसप्रकारका घटना हुन नदिन विशेष कदम चाल्न हामी नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहान्छौँ ।

Subodh_Nepali_Sign

सुबोधराज प्याकुरेल

अध्यक्ष







Top