०६२ साउन १० गते
०६२ साउन १० गते
प्रेस विज्ञप्ति
आजदेखि आम नागरिकको भद्र अवज्ञा आन्दोलनको शुरुवात लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलन संयोजन समितिको आयोजनामा आज अपरान्ह काठमाडौंको भोटाहिटीमा आयोजित शान्तिपूर्ण विरोध प्रदर्शनमा भएको प्रहरी हस्तक्षेप, धरपकड र लाठीचार्जको घटनाप्रति हामी कडा विरोध जनाउँछौं।
नेपाल अधिराज्यको संविधान २०४७ ले दिएको संगठित हुने, भेला हुने, आमसभा गर्नेजस्ता जनताका नैर्सर्गिक मौलिक हकविरुद्ध गएर,शान्तिपूर्ण जुलुशमा सहभागी भएको अवस्थामा गिरफ्तार गरिएका मानवअधिकारकर्मी, पत्रकारलगायत नागरिक समाजका सदस्यहरुको तत्काल रिहाइको माग गर्दछौं।
आजदेखि नेपालमा विधिवतरुपमा आम नागरिकको भद्र अवज्ञा आन्दोलनको प्रारम्भ भएको छ । यो क्रम नागरिक अधिकारहरु पूर्ण बहाली नभएसम्म जारी रहनेछ।
सुबोधराज प्याकुरेल
अध्यक्ष
सम्बन्धित समाचारहरू
शान्ति सम्झौताका १४ वर्षः द्वन्द्वपीडितमाथि कुठाराघात
संविधानसभामार्फत नेपालको संविधान निर्माण गरी नयाँ राजनीतिक व्यवस्था स्थापना गर्ने, माओवादी लडाकू र हतियार व्यवस्थापन गरी दिगो शान्ति कायम गर्ने र द्वन्द्वपीडितका न्यायसम्बन्धी सवालहरू निरुपण गरी मानव अधिकार र कानुनी…
संविधान प्रदत्त स्वास्थ्य अधिकारको सम्मान गर !
२०७७ कात्तिक ४ गते मन्त्रिपरिषद्को गत असोज १९ गतेको बैठकले कोरोनाका बिरामीहरूको उपचार तथा परीक्षण शुल्क कात्तिक २ गते आइतबारदेखि बिरामी स्वयम्ले गर्नुपर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित…
डा. केसीको जीवन रक्षा गर्न सार्थक वार्ताको आह्वान
मिति–२०७७ असोज १६ गते डा. गोविन्द केसी १९ औँ अनशन बस्नु भएको १८ दिन पूरा भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा एमबीबीएस कार्यक्रम सञ्चालन र विभिन्न भ्रष्टाचार काण्डहरूको…
शोक वक्तव्य
भारतका सामाजिक अभियन्ता स्वामी अग्निवेशको ८१ वर्षको उमेरमा यही भदौ २६ गते निधन भएको खबरले हामीलाई दुःखी तुल्याएको छ । शोकको यस घडीमा हामी उहाँप्रति भावपूृर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछौँ ।…
प्रेस विज्ञप्ति
मितिः २०७७ साउन ३२ गते प्रेस विज्ञप्ति कोरोना भाइरसको सङ्क्रमणका कारण फैलिएको विश्वव्यापी महामारीको असर दिनानुदिन नेपालमा पनि बढ्दै गएको छ । साउन ३१, २०७७ सम्ममा कोरोना सङ्क्रमणका कारण मृत्यु…