नेपाल–भारत सीमामा अलपत्र नेपालीको उचित व्यवस्थापन गर्न माग
नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण आफ्नो मातृभूमि फर्कन चाहने नेपाली नागरिकहरू सीमानाका विभिन्न भारतीय शहर तथा बस्तीहरूमा क्वारेन्टाइनमा रहेको, सयौँ नेपाली नागरिकहरू अलपत्र परेका र समस्या भोग्नुपरेको जानकारीमा आएको छ । दार्चुला जिल्लाको सीमाना धारचुलामा ६ सयभन्दा बढी, बैतडीको झुलाघाट नाकामा २ सय २७ जना, कञ्चनपुरको सीमा नाका बनवासामा १ सय १४ जना, भैरहवा सीमानाका बेलहियास्थित नौतुहवा इन्टरकलेजमा ३ सय ५ जना नेपाली क्वारेन्टाइनमा भएको पाइएको छ । नेपालको सीमानामा रहेका भारतीय नागरिकहरूलाई नेपाल सरकारले र भारतमा अलपत्र रहेका नेपाली नागरिकहरूलाई भारत सरकारले क्वारेन्टाइनमा राख्ने सहमति दुई देशबीच भए पनि भारतीय सीमानामा नेपाली नागरिकहरूको दैनिकी कष्टकर हुनु दुःखद् पक्षका रूपमा लिइनु पर्दछ ।
धारचुलाको क्वारेन्टाइनमा राखिएका नेपाली नागरिकहरूले आफूहरूलाई विद्यालयको ग्यालरीमा सामूहिक रूपमा सुताउने गरेको र खानाको प्रबन्धमा समेत समस्या रहेको गुनासो गरेका छन् । बनवासाको क्वारेन्टाइनमा खानाको समस्या नभए पनि सुत्न समस्या छ । प्राप्त जानकारी अनुसार सीमा क्षेत्रमा व्यवस्था गरिएका हरेक क्वारेन्टाइनमा सङ्क्रमण रोकथामका लागि आवश्यक न्यूनतम प्रबन्ध पनि नभएको देखिन्छ । उनीहरूबीच उचित दूरी कायम गर्न पनि समस्या भएको बुझिन्छ । बाँकेको जमुनाह नाकामा भारतीय क्वारेन्टाइनमा राखिएका करिब २ सय नेपाली त्यहाँ बस्न नमानेपछि चैत २१ गते बिहानदेखि नेपाली सेनाले दशगजा क्षेत्रमा क्वारेन्टाइनको व्यवस्था गरेको छ, जुन नेपाल सरकारका तर्फबाट चालिएको कदम स्वागतयोग्य छ ।
यस विषम परिस्थितिमा नेपाल भारत सीमा क्षेत्रका क्वारेन्टाइनमा राखिएका र अलपत्र परेका नेपालीको उचित व्यवस्थापन गर्न र आवश्यकता अनुसार भारत सरकारसमक्ष पनि आवश्यक पहलकदमी लिन हामी नेपाल सरकारसँग आग्रह गर्दछौँ ।
डा. इन्दिरा श्रेष्ठ
अध्यक्ष
सम्बन्धित समाचारहरू
शान्ति सम्झौताका १४ वर्षः द्वन्द्वपीडितमाथि कुठाराघात
संविधानसभामार्फत नेपालको संविधान निर्माण गरी नयाँ राजनीतिक व्यवस्था स्थापना गर्ने, माओवादी लडाकू र हतियार व्यवस्थापन गरी दिगो शान्ति कायम गर्ने र द्वन्द्वपीडितका न्यायसम्बन्धी सवालहरू निरुपण गरी मानव अधिकार र कानुनी…
संविधान प्रदत्त स्वास्थ्य अधिकारको सम्मान गर !
२०७७ कात्तिक ४ गते मन्त्रिपरिषद्को गत असोज १९ गतेको बैठकले कोरोनाका बिरामीहरूको उपचार तथा परीक्षण शुल्क कात्तिक २ गते आइतबारदेखि बिरामी स्वयम्ले गर्नुपर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित…
डा. केसीको जीवन रक्षा गर्न सार्थक वार्ताको आह्वान
मिति–२०७७ असोज १६ गते डा. गोविन्द केसी १९ औँ अनशन बस्नु भएको १८ दिन पूरा भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा एमबीबीएस कार्यक्रम सञ्चालन र विभिन्न भ्रष्टाचार काण्डहरूको…
शोक वक्तव्य
भारतका सामाजिक अभियन्ता स्वामी अग्निवेशको ८१ वर्षको उमेरमा यही भदौ २६ गते निधन भएको खबरले हामीलाई दुःखी तुल्याएको छ । शोकको यस घडीमा हामी उहाँप्रति भावपूृर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछौँ ।…
प्रेस विज्ञप्ति
मितिः २०७७ साउन ३२ गते प्रेस विज्ञप्ति कोरोना भाइरसको सङ्क्रमणका कारण फैलिएको विश्वव्यापी महामारीको असर दिनानुदिन नेपालमा पनि बढ्दै गएको छ । साउन ३१, २०७७ सम्ममा कोरोना सङ्क्रमणका कारण मृत्यु…