बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हलेसी तुवाचुङ नपा-७ का ५६ वर्षीय इवे विश्वकर्माविरूद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा भदौ १ गते उजुरी दर्ता गरिएको छ । पीडित बालिकालाई आरोपितले साउन २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय हलेसीमा सोही दिन उजुरी दिएका थिए । उजुरी दिए लगत्तै…

०७४ भदौ १ गते  
बाढीपीडितको शिविरमै महिलामाथि हिंसा

गरूडा नगरपालिकाकी २५ वर्षीया एक महिलालाई ससुराले कुटपिट गरेको भन्दै पीडितले साउन ३२ गते प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्र गरूडामा उजुरी दिएकी छिन् । त्यस्तै प्रतापपुर पल्टुवाकी २० वर्षीया एक महिलालाई साउन ३२ गते ससुराले कुटपिट गरेको भन्दै पीडितले सोही दिन उजुरी दिएकी छिन् । यी त प्रतिनिधि घटनाहरू…

०७४ भदौ १ गते   
बाढीपीडित आधारभूत आवश्यक्ताबाट वञ्चित

सप्तरीमा बाढीले घरबारविहीन भएका ३ हजार परिवारको अवस्था तनावपूर्ण बनेको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले शिविरमा बसेकाहरूको खानेबस्ने व्यवस्था गरिएको दावी गरे पनि विभिन्न ठाउँमा पाल टांगेर बसेका विस्थापितहरू न्यूनतम आधारभूत सुविधाबाट वञ्चित छन् । गत साउन २६ गतेदेखि पाँच दिनसम्मको अविरल वर्षासँगै आएको बाढीले विस्थापित भएकाहरू…

०७४ साउन ३२ गते  
बाढीप्रभावित जिल्लाका करिब ८० प्रतिशत जनता महामारीको जोखिममा

स्वास्थ्य विभागले बाढी र पहिरो प्रभावित २९ जिल्लाका ७० देखि ८० प्रतिशत जनता महामारीको जोखिममा रहेको हुनसक्ने अनुमान गरेको राससले जनाएको छ । विभागले साउन ३२ गते पत्रकार सम्मेलन गर्दै प्रभावित जिल्लामा पर्याप्त औषधिसहितको स्वास्थ्यकर्मी परिचालन गरिसकेको जानकारी दिएको छ । विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले बाढीग्रस्त जिल्लामा महामारी फैलिएको…

०७४ साउन ३२ गते  
संविधान संशोधन प्रस्ताव सदनमा पेश

सरकारले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७३ व्यवस्थापिका सदनमा साउन ३२ गते पेश गरेको राससले जनाएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले उक्त विधेयकमाथिको दफाबार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । नेपालको संविधान जारी भएपछि संविधानका अन्तरवस्तुमाथि असहमति जनाउँदै राष्ट्रिय जनता पार्टीले विगतमा निकै…

०७४ साउन ३२ गते  
बलात्कार घटनका आरोपितविरूद्ध प्रहरीमा उजुरी

पाँच वर्षीया बालिकालाई साउन ३० गते बलात्कार गरेको आरोपमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका-६ का २४ वर्षीय शम्भुराम शर्माविरूद्ध पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय चितवनमा साउन ३१ गते उजुरी दिएकी छन् । मौखिक उजुरीका आरोपमा आरोपितलाई साउन ३१ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पीडित बालिकाको…

०७४ साउन ३२ गते  
बाढी पीडितको बिजोग

निरन्तर वर्षापछि आएको बाढीले जीउने आधार नै बगाएको बाढी पीडितहरूको दुखेसो छ । 'घर बनाउन वर्षौँ लाग्यो । तर, हेर्दाहेर्दै बाढीले सबै बगाएको बाढी पीडित एकडारा गाउँपालिका-७ कोल्हुवाका ७० वर्षीय राम परीक्षण बताउँछन् । साउन २८ गते मध्यराति १२ बजे सुतिरहेको अवस्थामा घरको पछाडिबाट बाढीको भेल फुट्यो र घरसँगै जम्मा…

०७४ साउन ३२ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रौतहट लक्ष्मीनिया-६ का ५८ वर्षीय नसरूल्लाम मियाँलाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ३१ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाकी आमाले साउन ३१ गते नै जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी थिइन् । पीडित बालिकाको स्वास्थ्य…

०७४ साउन ३२ गते  
इन्सेकको २१ औँ साधारण सभा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को २१ औँ साधारण सभा काठमाडौँमा साउन ३२ गते सम्पन्न भएको छ । साधारण सभामा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले संविधान जारी भएपछि देशमा आमूल परिवर्तन भएको बताउँदै संविधानको भावना अनुरूप संस्थाको विधान संशोधन गर्नुपर्ने औँल्याए । उनले विकसित परिस्थितिमा विभिन्न मुद्दामा बहस तथा पैरवीका कार्यलाई बढाउनु…

०७४ साउन ३२ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई साउन २८ गते सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका-१४ का २४ वर्षीय तिलक डाँगीलाई साउन ३२ गते गिरफ्तार गरेको छ । घटनामा संलग्न सोही ठाउँका २३ वर्षीय सुनील बस्नेत भने फरार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पीडित पक्षले साउन २९ गते प्रहरी चौकी…

०७४ साउन ३२ गते