कञ्चनपुरमा ९२ ओटा मतदानस्थल सुरक्षा सम्वेदनशील  

कञ्चनपुर जिल्लामा स्थानीय तहको निर्वाचनका लागि  १ सय ३२ मतदान स्थल र २९३ मतदान केन्द्र रहेका छन् । १ सय ३२ ओटा मतदान स्थलमा ६६ ओटा अति सम्वेदनशील, २६ ओटा सम्वेदनशील र ४० ओटा सामान्य रहेको विश्लेषण गरी सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भीम दाहालले बताए…

०७४ असार ७ गते  
मानव अधिकारको अवस्था सम्बन्धमा पत्रकारसँग समन्वय वैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा असार ७ गते मानव अधिकारको अवस्था सम्बन्धमा पत्रकारसँग समन्वय बैठक धनगढीमा सम्पन्न गरिएको छ । कार्यक्रममा मानव अधिकारको अवस्थाको बारेमा छलफल गरिएको थियो । इन्सेक क्षेत्रीय कार्यालय धनगढीका संयोजक खडकराज जोशीले पत्रकार अग्रपङ्क्तिको मानव अधिकार रक्षक भएकोले मानव अधिकारको संरक्षणमा पत्रकारहरूको…

०७४ असार ७ गते  
निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सदस्य ५० वर्षीय पुर्णबहादुर कटुवाललाई असार ६ गते गिरफ्तार गरेको छ । स्थानीय तहको निर्वाचन विथोल्ने तयारी गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले उनलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमबहादुर रानाले…

०७४ असार ७ गते  
कुटपिटमा संलग्न प्रहरीलाई कारबाही गर्न पीडित पक्षको माग

जुनीचाँदे गाउँपालिका-४ का ३८ वर्षीय जयलाल खड्का र उनकी ३७ वर्षीया पत्नी लाला खड्काले कुटपिटमा संलग्न प्रहरीलाई कारबाहीको माग गरेका छन् । जग्गासम्बन्धी विवाद मिलाउन इलाका प्रहरी कार्यालय गर्खाकोटबाट असार २ गते खटिएका प्रहरी हवल्दार धनबहादुर वलीले जयलाल र लालालाई कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका छन् । घटनाका सम्बन्धमा…

०७४ असार ७ गते  
चार ओटा गाउँपालिकामा सञ्चार समस्या

दार्चुलाका चार ओटा स्थानीय तहमा अझै सञ्चार सेवा प्रभावकारी भएको छैन । जिल्लाको अपि हिमाल गाउँपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका र व्यास गाउँपालिकामा टेलिफोनले काम नगर्ने भएकाले निर्वाचनका बेला थप समस्या हुने भएको हो । यी क्षेत्रमा मोवाइल टावर स्थापना गरिएको भएपनि घाम नलागेसम्म टावरले काम नगर्ने गरेको स्थानीयले गुनासो…

०७४ असार ७ गते  
एमाले वडाध्यक्ष उम्मेदवारको घरमा बम विष्फोट, एक घाइते

अज्ञात समूहले एमाले वडाध्यक्षका उम्मेदवारको घरमा सुतली बम विष्फोट गराएको छ । सो समूहले रुपाकोट मझुवागढी नगरपालिका-८ का वडाध्यक्षका उम्मेदवार ३२ वर्षीय लिला चौहानको घरमा असार ६ गते राति बम विष्फोट गराएको हो । विष्फोटमा वडाध्यक्षका प्रत्यासी चौहानकी बुहारी २२ वर्षीया शकुन्तला चौहान घाइते भएकी प्रहरीले जनाएको छ । बम…

०७४ असार ७ गते  
स्थानीय तहको अधिकार खोसिँदै गरेको सरोकारवालाको आरोप

स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने भनिएपनि नजानिँदो तरिकाले अधिकार खोसिँदै आएको काठमाडौँमा आयोजित एक कार्यक्रमका सरोकारवालाहरूले आरोप लगाएका छन् । इन्सेकद्वारा असार ६ गते काठमाडौँमा आयोजित स्थानीय तहको शासन सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७३ र स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश, २०७४, अभिव्यक्ति स्वतन्त्रता तथा सङ्गठित हुने स्वतन्त्रता…

०७४ असार ६ गते  
आचारसंहिता विपरीत गृहमन्त्रीले पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै हिँडेको आरोप

दोस्रो चरणको स्थानीय तह निर्वाचन सुरक्षा रणनीति बारे छलफल गर्ने उद्देश्यले गृह मन्त्रालयद्वारा नेपालगञ्जमा आयोजित सुरक्षा गोष्ठीमा सहभागी हुन आएका गृहमन्त्री जनार्दन शर्मा आचारसंहिता विपरीत माओवादी केन्द्रको चुनावी सभालाई सम्बोधन गर्दै हिँडेको नेकपा एमालेले आरोप लगाएको छ । जेठ ५ गते नेपालगञ्जमा प्रदेश नं. ५ का केही जिल्लाको सुरक्षा अवस्थाको…

०७४ असार ६ गते  
विभिन्न जिल्लामा सुरक्षा सम्वेदनशील मतदान केन्द्रको पहिचान

दोस्रो चरणमा स्थानीय तहको निर्वाचन गर्न लागिएको विभिन्न जिल्लामा जिल्ला सुरक्षा समितिले सम्वेदनशील मतदान केन्द्रको पहिचान गरिएको इन्सेकका जिल्ला प्रतिनिधिहरूले जनाएका छन् । इन्सेक बाजुरा जिल्ला प्रतिनिधि पदम सिंहका अनुसार ७० मतदान स्थल र ९२ मतदान केन्द्र तोकिएको बाजुरा जिल्लाका मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले जानकारी दिए । यसमा ३३…

०७४ असार ६ गते  
निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा विभिन्न जिल्लामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार भएका छन् । इन्सेक धनकुटा जिल्ला प्रतिनिधि सन्तोष रुचालका अनुसार धनकुटामा जिल्ला अध्यक्षसहित तीन जनालाई गिरफ्तार गरेको छ । स्थानीय तहको निर्वाचनलाई बहिष्कार गर्दै आएको सो पार्टीले निर्वाचन विरोधी गतिविधि गरी शान्ति सुरक्षामा खलल…

०७४ असार ६ गते