बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई सामहिक बलात्कार गरेको आरोपमा प्रहरीले सरुमारानी गाउँपालिका-३ का २३ वर्षीय गनबहादुर गुरुङलाई असार ८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितहरूले जेठ १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असार ६ गते प्रहरी समक्ष उजुरी दिएको थियो । पीडित पक्षले सरुमारानी गाँउपालिका-३ का २३ वर्षीय गनबहादुर…

०७४ असार ८ गते  
निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा कम्यनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई चुनाव विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पौवादुङ गाउँपालिका-३ बाट असार ८ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा माओवादी कार्यकर्ताहरु हतुवागढी गाउँपालिका-३ का ३९ वर्षीय ज्ञानु राई र पौवादुङ-३ का २९ वर्षीय पविन राई रहेका छन् । प्रहरीले माओवादी कार्यकर्ताहरुले…

०७४ असार ८ गते  
चुनावी प्रचारमा प्रयोग गरिएका जीपमा नेकपाका कार्यकर्ताद्वारा तोडफोड

चुनावी प्रचारमा प्रयोग गरिएका चार ओटा जीपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले तोडफोड गरेका छन । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारले चुनावी प्रचारमा प्रयोग गरी पार्किङ गरी राखेका चार ओटा जीपमा ढुङ्गा प्रहार गरी सो पार्टीका कार्यकर्ताले क्षति पुर्‍याएको प्रहरीले बताएको…

०७४ असार ८ गते  
उम्मेदवारमाथि खुकुरी प्रहार गर्नेलाई कारबाहीको माग

राप्रपा सुनसरीले असार ८ गते इटहरीमा पत्रकार सम्मेलन गरी आफ्ना उम्मेदवारमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ । पत्रकार सम्मेलनमा राप्रपा सुनसरीका अध्यक्ष रोहित कार्कीले स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिका-९ बाट वडा अध्यक्ष पदका आफ्ना उम्मेदवार ३५ वर्षीय श्याम पोखरेल र सदस्य पदका उम्मेदवार ३८ वर्षीय खड्गकुमार…

०७४ असार ८ गते  
मानव अधिकारको सम्मान र संरक्षण गर्न सबै पक्षलाई आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले असार १४ गते हुने भनिएको दोस्रो चरणको स्थानीय तह निर्वाचनमा मानव अधिकारको दृष्टिकोणबाट निर्वाचनको समग्र प्रक्रियाको अनुगमन गर्ने भएको छ । प्रदेश नं १, ५ र ७ का ३५ ओटा जिल्लामा मानव अधिकारको सुनिश्चितता सम्बन्धमा अनुगमन गर्नका लागि आयोगका अधिकृत सहितको टोली खटिएको आयोगले जनाएको हो…

०७४ असार ८ गते  
खोटाङ र कैलालीमा सुरक्षा सम्वेदनशील मतदान स्थल पहिचान

खोटाङ र कैलाली जिल्ला सुरक्षा समितिले स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा सम्वेदनशील मतदान केन्द्र पहिचान गरी सोही अनुसार सुरक्षा व्यवस्था मिलाएको जनाएका छन् । इन्सेक खोटाङ जिल्ला प्रतिनिधि सुनिता मगरका अनुसार खोटाङमा स्थानीय तहको निर्वाचनका लागि १ सय ३६ मतदान स्थलमा कुल १ सय ७३ मतदान केन्द्र…

०७४ असार ८ गते  
बिरामीको मृत्युपछि अस्पतालमा तोडफोड

उपचारका लागि आएका बिरामीको मृत्यु भएपछि भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पताल तनावग्रस्त बनेको छ । दोलखा भीमेश्वर नगरपालिका-५ घर भई हाल गठ्ठाघर बस्दै आएकी ३८ वर्षीया उषा बस्नेतको उपचारका क्रममा गएराति मृत्यु भएको विषयलाई लिएर असार ७ गते अस्पतालमा तोडफोड हुँदा अस्पताल क्षेत्र तनावग्रस्त बनेको हो । मृतकका आफन्तले घुम्न…

०७४ असार ७ गते   
छुटेका द्वन्द्वपीडितको उजुरी पुनःलिइने - अध्यक्ष गुरुङ

सत्यनिरुपण तथा मेलमिलाप आयोग नेपालका अध्यक्ष सूर्यकिरण गुरुङले सशस्त्र द्वन्द्वका बेला भएका घटनाको उजुरी पुनःलिइने बताएका छन् । आयोगको प्रदेश नं ४ मुकाम कार्यालयको कास्कीमा असार ७ गते उद्घाटन गर्दै उनले ग्रामीण क्षेत्रका कतिपय पीडित छुटेका हुँदा दोस्रो चरणको स्थानीय तहको निर्वाचनलगत्तै उजुरी लिने गरी आयोगले तयारी गरेको बताएको राससले…

०७४ असार ७ गते  
नवलपरासीमा पिकअपमा आगजनी, अन्यत्र शान्तिपूर्ण प्रचार

स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि प्रदेश नम्बर ५ का ६ ओटै जिल्लामा चुनावी अभियान तीव्र रूपमा सञ्चालन भइरहेको इन्सेक जिल्ला प्रतिनिधिहरूले जनाएका छन् । नवलपरासी जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार असार ६ गते बिहान नेकपा एमालेले चुनाव प्रचारमा प्रयोग गरेको लु १ च ६८४० नम्बरको पिकअप भ्यानमा अज्ञात समूहले…

०७४ असार ७ गते  
शान्तिपूर्ण निर्वाचनका लागि आचारसंहिता पालना गरौः आयुक्त खनाल

निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण बनाउन आचारसंहिताको अक्षरशः पालनाका लागि सबैपक्षलाई आग्रह गरेका छन् । असार ७ गते निर्वाचन अनुगमनका लागि दाङ आइपुगेका पौडेलले प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा निर्वाचन अधिकृतहरूसंग छलफल गर्दै निर्वाचन आचारसंहिता पालना भएनभएको गम्भीरताका साथ अनुगमनसमेत गर्न निर्देशन दिए ।…

०७४ असार ७ गते