वडा अध्यक्षद्वारा सुरक्षाको माग

खत्याड गाउँपालिका-८ का नवनिर्वाचित वडाध्यक्ष रामबहादुर रावतले प्रहरी चौकी सुकाढिकमा असार १० गते सुरक्षाको माग गरेका छन् । अज्ञात व्यक्तिको समूहले असार ९ गते राति मार्ने धम्की दिएको भन्दै उनले प्रहरी समक्ष सुरक्षाको माग गरेका हुन । वडा कार्यालयको भवन भाडामा लिई कार्यालय सञ्चालन गरेका रावतलाई सोही भवनमा सुतिरहेको अवस्थामा…

०७४ असार १० गते  
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले बढैयाताल गाउँपालिका-४ खैरेनीबाट असार ९ गते गिरफ्तार गरेको छ । बढैयाताल गाउँपालिका-४ निवासी नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता ३१ वर्षीय खुमबहादुर गिरी र सोही ठाउँका ४६ वर्षीय चन्द्रबीर बिकलाई प्रहरीले गिरफ्तार गरेको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय मैनापोखरको गस्ती टोलीले…

०७४ असार १० गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा केपीलासगढी गाउँपालिका-४ स्थित बाक्सिलाका ४७ वर्षीय देउकुमार राईलाई असार ९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो । उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका इन्स्पेक्टर…

०७४ असार १० गते  
गाउँगाउँमा बिरामीको सङ्ख्या बढ्दै, स्वास्थ्य संस्थामा औषधिको अभाव

'घरमा पत्नी, छोरी र आमा बिरामी भएको नौ दिन भयो । बिरामीमा घाँटी दुख्ने, ज्वरो आउने, फुट्ला जस्तो गरेर टाउको दुख्ने, पखाला लाग्ने समस्या छ । घरबाट झण्डै आधा घण्टा लाग्ने बारीगाउँमा भएको लौठी स्वास्थ्य चौकीमा लगातार तीन दिन गएँ । तर, त्यहाँ सिटामोलसमेत छैन भनेर स्वास्थ्यकर्मीले रित्तो हात घर…

०७४ असार १० गते  
शिक्षा स्वास्थ्य र खाद्य अधिकार सवालमा उम्मेदवारसँग सम्वाद

इन्सेक नेपालगञ्जको आयोजना तथा भिजन टेलिभिजनको सहकार्यमा नेपालगञ्ज उप महानगरपालिकाका उपप्रमुखका उम्मेदारबिच शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा असार ९ गते टेलिभिजन सम्वाद सम्पन्न भएको छ । सम्वादमा उममेयरका उम्मेदवार क्रमशः नेपाली काङ्ग्रेसकी उमा थापा, नेकपा एमालेकी शान्ति ढकाल र राष्ट्रिय जनमोर्चाकी माला केसी सहभागी थिए । कार्यक्रममा नेपाली काङ्ग्रेसकी…

०७४ असार १० गते  
अपाङगमैत्री मतदान केन्द्र बनाउन अपाङ्गता भएका मतदाताहरूको माग

असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा अपाङ्गता भएका मतदाताहरूले सबै मतदान केन्द्रहरूलाई अपाङ्गमैत्री बनाउन माग गरेका छन् । अपाङगता भएका मतदाताले असार ९ गते एक अन्तरक्रिया कार्यक्रममा मतदान केन्द्रमा पुग्न, मतपत्रमा छाप लगाउन र मतपेटिकमा भोट हाल्न सहज हुने ढङ्गबाट अपाङ्गमैत्री मतदान केन्द्र बनाउन माग गरेका थिए । २०७०…

०७४ असार ९ गते  
उम्मेदवारदेखि मतदाता सम्मको सुरक्षामा ध्यान दिन निर्वाचन आयुक्तको निर्देशन

निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले इलामस्थित सुरक्षा समितिलाई उम्मेदवारदेखि मतदाता सम्मको सुरक्षा दिन निर्देशन दिएका छन् । जिल्लाको निर्वाचन सुरक्षा व्यवस्था, निर्वाचन आचारसंहिता पालना, निर्वाचनको व्यवस्थापकीय पक्षको अनुगमन गर्न असार ९ गते सदरमुकाम आइपुगेका आयुक्त दाहालले मतदाता समेतले सुरक्षाको प्रत्याभूति गर्ने वातावरण तयार गर्न जिल्लास्थित सुरक्षा समितिलाई निर्देशन दिएका हुन्…

०७४ असार ९ गते  
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा एक जना गिरफ्तार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा सङ्गठनका जिल्ला उपाध्यक्ष ३१ वर्षीय कर्णबहादुर ज्ञावालीलाई असार ९ गते प्रहरीले गिरफ्तार गरेको छ । धनकुटाको हिलेबजारबाट निर्वाचन विरोधी गतिविधी गरेको आरोपमा ज्ञावालीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी सुदिप राजभण्डारीले बताए । निर्वाचन विरोधी गतिविधी गरेको आरोपमा यसअघि सो पार्टीका जिल्ला…

०७४ असार ९ गते  
इँटा भट्टामा बन्धब बनाइएका ४५ जना मजदुरको उद्धार

डाक्नेश्वरी नपा-८ पत्थरगाढास्थित बीडीआर इँटा उद्योगमा बन्धक जीवन बिताइरहेका ४५ जना भारतीय मजदुरको उद्धार गरी प्रहरीले असार ९ गते घर फर्काएको छ । भारतीय विदेश मन्त्रालयको आग्रह र परराष्ट्र मन्त्रालयको पहलमा भारत बिहारको नालंदा र नावदा जिल्लाका भारतीय मजदुरहरूलाई इँटा भट्टाबाट उद्धार गरी घर फर्काइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी यादवराज…

०७४ असार ९ गते  
इमान्दारीताका साथ जिम्मेवारी पुरा गर्न निर्वाचन आयोगको आग्रह

दोस्रो चरणमा हुन गइरहेको असार १४ गतेको निर्वाचनलाई इमान्दारीका साथ जिम्मेवारी पूरा गर्न निर्वाचन आयुक्त सुधीरकुमार शाहले आग्रह गरेका छन् । असार ९ गते दार्चुला जिल्लाको निर्वाचनको गतिविधि, सुरक्षा अवस्थाको समग्र जानकारी लिन दार्चुला पुगेका शाहले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न आग्रह गरेका हुन् । अनुगमनको सिलसिलामा पुगेको आयोगको टोलीले…

०७४ असार ९ गते