निर्वाचन कार्यालयद्वारा ६० प्रतिशत मतदाताले परिचय पत्र लगेको जानकारी

प्रदेश नम्बर २ मा भोलि हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि असोज १ गतेसम्म ६० प्रतिशत मतदाताले परिचय पत्र लगेको निर्वाचन कार्यालयले जनाएको छ । भदौ ३० गतेदेखि सुरू गरिएको परिचय पत्र वितरणको अन्तिम दिन असोज १ गते अन्य दिनभन्दा बढी मतदाताहरूको भीड लागेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ…

०७४ असोज १ गते  
मतदान स्थलको निर्वाचन प्रचार समग्री हटेन

तिलाठी कोईलाडी गापा-६ को मतदान स्थल श्री राधाकृष्ण मन्दिर प्राङ्गण, बभनगामा कट्टीको पूर्व-उत्तरतर्फटाँगिएका चुनावी प्रचार सामग्री असोज १ गते साँझसम्म हटाइएको छैन । भदौ ३० गते मध्य रातिदेखि मौन अवधि सुरू भएको भन्दै सदरमुकाम राजविराजलगायत राजमार्गस्थित मुख्य चोकहरूको सार्वजनिक स्थलबाट तुल, व्यानर, झण्डालगायतका चुनावी प्रचार सामाग्री हटाइए पनि सो मतदान…

०७४ असोज १ गते  
राजविराज नपा-१५ को निर्वाचन स्थगित र नयाँ कार्यक्रम प्रकाशित

वडा अध्यक्ष पदका उम्मेदवारको मृत्यु भएपछि राजविराज नपा-१५ अन्तर्गतको मतदानलगायत अन्य निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम असोज १ गते स्थगित गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयको असोज १ गतेको निर्णय अनुसार सो वडाको मतदान स्थगित गरिएको सूचना कार्यालय र सम्बन्धित मतदान स्थलमा टाँस गरिएको सहायक मतदान अधिकृत किरणकुमार सिंहले जानकारी दिए…

०७४ असोज १ गते  
मतदानमा खटेका कर्मचारीलाई कुटपिट घटनाका आरोपित गिरफ्तार

धनगढीमाई नपा-१ को मतदान केन्द्रमा मतदान अधिकृतले सहयोगको लागि खटाएको कर्मचारीलाई कुटपिट गरेको आरोपमा प्रहरीले धनगढीमाई नपा-१ का २४ वर्षीय दिनेशकुमार महतो र वडा नम्बर-२ का २५ वर्षीय रामशरण चौधरीलाई भदौ ३१ गते गिरफ्तार गरेको छ । धनगढीमाइ नपा-५ का विक्रम यादवलाई भदौ ३१ गते आरोपितहरूले कुटपिट गरेको भन्दै इलाका…

०७४ असोज १ गते  
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा शिक्षक र वडा सदस्यलाई मोसो दलेर दुर्व्यवहार

दुप्चेश्वर गापा-१ घ्याङफेदीस्थित इन्द्रायणी प्राविका प्रधानाध्यापक ४८ वर्षीय रामकृष्ण श्रेष्ठलाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीके विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका कार्यकर्ताले मोसो दलेर दुर्व्यवहार गरेका छन् । सुर्यगढी गापा-५ गणेशस्थान घर भएका शिक्षक श्रेष्ठ भदौ ३० गते विद्यालयबाट घर आउनेक्रममा दुप्चेश्वर गापा-६ रामतीमा ५/६ जनाको समूहमा आएको आफूलाई नेपाल कम्युनिष्ट…

०७३ असोज १ गते  
मौन अवधिमा हतियार सहित गिरफ्तार परेका भारतीयसहित पाँच जना माथि मुद्दा दर्ता

तेश्रो चरणको स्थानीय तहको निर्वाचनको मौन अवधिमा शङ्कास्पद अवस्थामा प्रहरीले सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिकाबाट पाँच जनालाई भदौ ३१ गते गिरफ्तार गरी असोज १ गते अनुसन्धानका लागि मुद्दा दर्ता गरेको छ  । निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर तीन दिनको लागि सीमा नाका बन्द भए पनि भारतको मधुवनी जिल्ला बस्ने राजेशकुमार यादव, अजय…

०७४ असोज १ गते  
जिसस गुल्मीका लेखापाल श्रेष्ठलाई मोसो दलेर दुर्व्यवहार

जिल्ला समन्वय समिति गुल्मीका लेखापाल प्रेमलाल भण्डारीलाई जिल्ला जनपरिषद जनसत्ता गुल्मीका नाममा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले असोज १ गते मोसो दलेर दुर्व्यवहार गरेका छन् । पीडितलाई दिउँसो ४ बजेतिर कार्यालयको कायकक्षमा पुगेर लेखापाल भण्डारीलाई मोसो दलेर दुर्व्यवहार गरेको पीडित पक्षले जनाएको छ । आफूलाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी…

०७४ असोज १ गते  
स्वतन्त्र, विवेकपूर्ण र गोप्यरूपमा मतदान गर्नुस्: निर्वाचन आयोग

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्रदेश नं २ मा सोमबार हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि ज्यादै भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको हुँदा निर्धक्क भएर मतदानमा सहभागी हुन आम मतदातालाई आह्वान गरेका छन् । आयोगको मिडिया सेन्टरमा असोज १ गते आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र…

०७४ असोज १ गते  
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानकर्मीद्वारा निर्वाचन पूर्व अनुगमन

तेस्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा असोज १ गते स्वच्छ निर्वाचनका लागि नागरिक अभियानकर्मीद्वारा धनुषामा निर्वाचन पूर्व अनुगमन गरिएको छ । अभियानकर्ताहरू इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल, नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष ईन्द्रप्रसाद अर्याल, इन्सेक क्षेत्रीय कार्यालय काठमाडौँका संयोजक कृष्ण गौतम र इन्सेक प्रलेख तथा प्रसार विभागका प्रमुख…

०७४ असोज १ गते  
सर्लाहीको बलरामा बम विष्फोट, बालिका घाइते

सर्लाहीको बलरामा असोज १ गते बिहान सुतली बम विष्फोट हुँदा एक बालिका घाइते भएकी छिन् । भारतीय सीमा नजिकै पर्ने बलरा नगरपालिका-२ हथियौल जमुनिया टोलमा भएको बम विष्फोटमा स्थानीय जयप्रकाश सहनीकी १० वर्षीया छोरी रस्मिता सहनी घाइते भएकी हुन् । बमको छर्राले लागेर सामान्य घाइते भएकी बालिकाको उपचार प्राथमिक स्वास्थ्य…

०७४ असोज १ गते