सुपारी बाँडेको र भोज खुवाएको आरोप

आगामी स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट राजविराज नपा-५ का उम्मेदवारहरूले आचारसंहिता उल्लङ्घन गरी सुपारी बाँडेको राजपाका केन्द्रीय सदस्य विशेश्वर रजक र शिक्षक कैलाशप्रसाद यादवले आरोप लगाएका छन् । प्रचारप्रसारका क्रममा घरदैलो गर्दै उनीहरूले उम्मेदवारको तस्विर र चुनाव चिन्हको पर्चा बेरिएको सुपारीको प्याकेट वितरण गरेको शिक्षक यादवले आरोप लगाए…

०७४ भदौ २८ गते  
आचारसंहिता विपरीत माइकिङ

लहान नपामा भदौ २६ गतेदेखि विभिन्न दलले चुनावी प्रसारमा गरेको माइकिङ्गलाई भदौ २८ गते सम्म पनि निरन्तरता दिएका छन् । चुनाव चिन्ह र उम्म्मेदवारको पक्षमा मत माग्दै सिटी रिक्सा र कारमा व्यानरसहित नेकपा एमाले, नेपाली काङ्ग्रेस, सङ्घीय समाजवादी फोरम, राजपा, राप्रपालगायतका दलहरूले माइकिङ् गर्दै सिटी रिक्सालाई दिनभरी लहान नपाका विभिन्न…

०७४ भदौ २८ गते  
मतदाता शिक्षा प्रभावकारी भएनः सदस्य पाठक

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले बदर मत घटाउने उद्देश्यले निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम प्रदेश नम्बर २ मा प्रभावकारी रूपमा नभएको बताए । दुई नम्बर प्रदेशको सिरहा, सप्तरी, धनुषा र महोत्तरी जिल्लाको निर्वाचन सुरक्षाको अवस्था स्थलगत अवलोकन गरेर सिरहा आइपुगेका पाठकले भदौ २८ गते पत्रकार सम्मेलन…

०७४ भदौ २८ गते  
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा भदौ २८ गते गौरमा नागरिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक अध्यक्ष सुबोधराज प्याकुरेलले स्वच्छ निर्वाचनका लागि चेतनशील मतदाता र स्वच्छ उम्मेदवार अपरिहार्य कुरा भएकोमा नेपालको परिप्रेक्ष्यमा मतदाताहरू चेतनशील भएपनि उम्मेदवारहरू स्वच्छ हुन नसकेको बताए । अध्यक्ष प्याकुरेलले संसारमा सबैभन्दा नजिकको नाता…

०७४ भदौ २८ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माडी नगरपालिका-८ का ५६ वर्षीय चोकनारायण श्रेष्ठलाई प्रहरीले भदौ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७३ माघ ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले माघ १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । घटनापछि फरार रहेका आरोपित श्रेष्ठलाई भदौ २७…

०७४ भदौ २८ गते  
फुजेल काण्डको मुद्दा काठमाडौँमा सार्न माग गर्दै पाटन उच्च अदालतमा निवेदन

गोरखा जिल्ला फुजेलकी गङ्गामाया अधिकारीले चितवन जिल्ला अदालतमा चलिरहेको छोरा कृष्णप्रसा अधिकारीको हत्यासम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालतमा सार्ने आदेश गरी पाउँ भनी उच्च अदालत पाटनमा भदौ २८ गते निवेदन दिएकी छन् । नेपालको संविधानको धारा २० को उपधारा (९), धारा २१ को उपधारा (२), धारा १४५ को उपधारा (२) तथा…

०७४ भदौ २८ गते   
प्रहरी हिरासतमै थुनुवा मृत्युसम्बन्धी घटनाको इन्सेकद्वारा अनुगमन

घोराही उपमनपा-१४ का ३९ वर्षीय गङ्गटे भनिने देवबहादुर बिकको प्रहरी हिरासतमै मृत्यु सम्वन्धि घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को एक टोलीले भदौ २८ गते प्रहरी हिरासत तथा सम्वन्धित प्रहरी निकाय एवं थुनुवासंग भेटघाट गरी जानकारी लिएको छ । इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख भोला महतको नेतृत्वमा आएको पाँच जना…

०७४ भदौ २८ गते   
निर्वाचन आचारसंहिता विपरीत राति चुनावी सभा

पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आचारसंहिता उल्लङ्घन गर्दै सप्तरीको रूपनी गाउँपालिका-१ मा भदौ २७ गते राति चुनावी सभालाई सम्बोधन गरेका छन् । रूपनी गाउँपालिका-१ रूपनी चोकस्थित पार्टीको चुनाव प्रचारप्रसार कार्यालय अगाडि राति ७ बजेर ५५ मिनेटमा सम्बोधन सुरू गरेका दाहालले चुनावी सभामा २० मिनेटसम्म मन्तव्य राखेका…

०७४ भदौ २८ गते  
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा छलफल

स्वच्छ निर्वाचन नागरिक अभियानद्वारा निष्पक्ष र भयरहित निर्वाचनका लागि भन्दै कलैयामा भदौ २७ गते सर्वपक्षीय छलफल गरेको छ । छलफल कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले सुशासनको लागि जनप्रतिनिधि आवश्यक भएकाले स्थानीय तहको चुनाव भयरहित र निष्पक्ष गराउन सबैको सहयोग हुनुपर्ने बताए । 'असल समाज निर्माणको लागि…

०७४ भदौ २७ गते  
आचारसंहिता विपरीत टाँगिएका तुल र व्यानर हटाइयो

निर्वाचन आचारसंहिता विपरीत सार्वजनिक स्थलहरूमा चुनाव प्रचारका लागि झुण्ड्याइएका तुल व्यानर, झण्डालगायतका प्रचार सामग्रीहरू भदौ २७ गते प्रहरीले हटाएको छ । गृह मन्त्रालय र निर्वाचन आयोगकको कडा निर्देशनपछि यहाँका ५ हजार भन्दा बढी तुल, व्यानर हटाइएको जिल्ला प्रहरी कार्यालयका एसपी राजकुमार वैद्वारले बताए । राजनीतिक दल र तिनका उम्मेदवारसित समन्वय…

०७४ भदौ २७ गते