भदौ ३ गतेसम्म नाम दर्ता गराएकालाई मतदानको अधिकार

आगामी मङ्सिर १० गतेका लागि तय गरिएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा भदौ ५ गतेसम्म १८ वर्षउमेर पुगेका र फोटो सहितको मतदाता नामावलीमा नाम रहेकाहरूले मात्र मतदान गर्न पाउने भएका छन् । भदौ ८ गते बसेको निर्वाचन आयोगको बैठकले सरकारले निर्वाचनको मिति तोकेको दिन भदौ ५ गतेसम्म १८ वर्षउमेर…

०७४ भदौ ८ गते  
सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेकी छन् । नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उक्त स्वीकृति प्रदान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपतिले यसअघि पनि स्थानीय तहको पहिलो र…

०७४ भदौ ८ गते  
भरतपुरमा आचार्य र काफ्लेको पक्षमा फैसला

उच्च अदालत पाटन अन्तर्गत हेटौँडा इजलासका न्यायाधीश नागेन्द्रलाभ कर्णको इजलासले भरतपुर महानगरपालिका वडा नम्बर ४ र ७ का वडा अध्यक्षका विषयमा परेको निवेदन खारेज गरेको छ । उपेन्द्रराज सापकोटा र श्यामप्रसाद लामिछानेले उच्च अदालतमा पुनः मतगणनाको माग राख्दै वडा अध्यक्षमा विजयी वडा नं ४ का हरि आचार्य र वडा नं…

०७४ भदौ ८ गते  
अज्ञात व्यक्तिद्वारा सशस्त्र प्रहरी बलका सहायक हवल्दारको हत्या

राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीमा कार्यरत सशस्त्र प्रहरी बलका ३३ वर्षीय सहायक हवल्दार नरेन्द्र कुँवरको भदौ ८ गते बिहान भीमदत्त नगरपालिका-६ नहरमा टाउकोमा ढुङगाले हानेर हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । भीमदत्त नगरपालिका-३ का कुँवर भदौ ७ गते राति ड्यूटी सकेर घर गइरहेको अवस्थामा मध्यरातमा…

०७४ भदौ ८ गते  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा शितगङ्गा नपा-५ का ३३ वर्षीय भिमलाल भुसाल र सोही ठाउँकी २६ वर्षीया चेतकला भुसाललाई प्रहरीले भदौ ७ गते गिरफ्तार गरेको छ । पीडित महिला देवकला भुसालले आरोपितद्वयले बहुविवाह गरेको आरोपमा कारबाहीको माग गर्दै भदौ ५ गते इलाका प्रहरी कार्यालय ठाडामा उजुरी दिएकी थिइन् । पीडित महिलाले दिएको…

०७४ भदौ ८ गते  
कथित बोक्सी आरोपमा अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी

कथित बोक्सीको आरोपमा अभद्र ब्यवहार गरेको भन्दै चौतारा साँगाचोकगढी नपा-१ स्थित स्याउलेकी ४२ वर्षीया रसमाया तामाङले सोही ठाउँका ४० वर्षीय तोकबहादुर तामाङविरुद्ध भदौ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित महिलालाई आरोपितले भदौ ६ गते दिउँसो स्थानीय खर्कमा कथित बोक्सीको आरोप लगाउँदै खुर्पा देखाएर ज्यान मार्ने धम्की…

०७४ भदौ ७ गते  
महामारी हुन नदिन २६ ठाउँमा स्वास्थ्य शिविर

बाढीले ठूलो सङ्ख्यामा नागरिकहरू प्रभावित भएपछि महामारी फैलन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय प्रशासन, स्वास्थ्य संस्थाहरू र गैरसरकारी संस्थाहरूको सहयोगमा मन्त्रालयले जिल्लाका ६ ओटा निर्वाचन क्षेत्रका विभिन्न २६ स्थानमा दुई जना विशषेज्ञ डाक्टरसहित ४ सय जना स्वाथ्यकर्मीहरूको टोलीसहित स्वास्थ्य शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला…

०७४ भदौ ७ गते  
कानुनको अभावमा स्थानीय तहमा न्याय सम्पादन अप्ठ्यारो

संविधानले स्थानीय तहमा न्यायिक समिति सम्बन्धी स्पष्ट व्यवस्था गरेपनि यस सम्बन्धी कानुन नबन्दा काममा ढिलाइ भएको राससले जनाएको छ । नेपालको संविधानको धारा २१७ मा कानुन बमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरुपण गर्न गाउँपालिका र नगरपालिकाले  उपाध्यक्ष/उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गर्ने व्यवस्था छ । समितिमा गाउँसभा वा…

०७४ भदौ ७ गते    
माग पुरा नगरेको भन्दै आन्दोलनकारीबाट त्रिविका भीसी, रेक्टर, र रजिष्ट्रार कार्यालयमै थुनिए

आन्दोलनरत आंशिक प्राध्यापक सङ्घले त्रिभुवन विश्वविद्यालयका भीसी, रेक्टर, र रजिष्ट्रारलाई भदौ ६ गते साढे ४ बजेदेखि राति ९ बजेसम्म थुनेका छन् । आन्दोलनरत आंशिक प्राध्यापकहरूले त्रिभुवन विश्वविद्यालयको जनप्रशासन क्याम्पस बल्खुभित्रै थुनेका हुन् । आंशिक प्राध्यापक सङ्घको नेतृत्वमा गत वैशाख १ गतेदेखि आन्दोलनरत आंशिक प्राध्यापकहरूले आंशिक सेवालाई खारेज गर्न र करार…

०७४ भदौ ६ गते  
औषधि अभाव हुँदा बिरामी मर्कामा

रोल्पा जिल्ला अस्पताललगायत जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा औषधिको अभाव भएको छ । सरकारले निःशुल्क दिने भनिएका औषधि पनि स्वास्थ्य संस्थामा छैनन् । केही दिन यता जिल्ला अस्पताललगायत प्रायः सबै स्वास्थ्य संस्थामा ज्वरोका बिरामीको चाप छ । तर, जिल्ला अस्पतालमा नै ज्वरो आएका बिरामीलाई खुवाइने सिटामोलसमेत छैन । बिरामी हुनेमा बालबालिकाको…

०७४ भदौ ६ गते