कर्तव्यबोध सहितको माग दावी गर्नु पर्नेमा सरोकारवालाहरूको जोड (फोटोसहित)

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले भदौ १४ गते ललितपुरमा आयोजना गरेको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई जावफदेही बनाउन इन्सेकले सञ्चालन गरेको परियोजनाको अनुभव आदान प्रदान गोष्ठीका सहभागीहरूले कर्तव्यबोध सहितको माग दावी गर्नु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले कार्यक्रमबाट प्राप्त ज्ञान र सीपलाई…

०७३ भदौ १४ गते  
द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको अवस्था तत्काल सार्वजनिक गर्न आफन्तजनको माग

सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्याक्तिका परिवारका सदस्य तथा आफन्तजनले उनीहरूको अवस्था तत्काल सार्वजनिक गर्न माग गरेका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी), नेपाल रेडक्रस सोसाइटी, र बेपत्ता परिवार समाज नेपालले सशस्त्र द्वन्द्वका बेला बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा भदौ १३ गते ललितपुरमा संयुक्त रूपमा आयोजना गरेको कार्यक्रमका सहभागीहरूले यस्तो…

०७३ भदौ १४ गते   
आयोगको काम कारबाहीबारे अनभिज्ञ छौं: द्वन्द्वपीडित

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको काम कारबाहीबारे नेपालगञ्जमा आयोजित एक कार्यक्रममा सहभागी द्वन्द्व पीडितहरूले अनभिज्ञता प्रकट गरेका छन् । बलपूर्वक बेपत्ता बनाउने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग र न्यायका लागि द्वन्द्व पीडित समाज बाँकेको आयोजना तथा इन्सेक, आइसीजे, एडभोकेसी फोरम, हरप्लेस, मानव अधिकार एलाइन्स लगायतका संस्थाको…

०७३ भदौ १३ गते  
बलात्कार गरेको ठहर गर्दै १६ वर्षकैदको सजाय

१२ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका सुलुबुङ् गाविस-२ का २२ वर्षीय सुरेन भन्ने सुरेन्द्र राईलाई जिल्ला अदालतले १६ वर्षकैद सजायको फैसला सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले मुलुकी ऐन जबरजस्ती करणी महलको १, ३ (२) र ३ (क) नम्बर बमोजिम कसुर गरेको ठहर गर्दै…

०७३ भदौ १३ गते  
औषधिको अभावका सम्बन्धमा मानव अधिकार आयोगको चासो

बाँके जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा भएको औषधि अभाव सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जले चासो देखाएको छ । आयोगका नेपालगञ्जस्थित कार्यालय प्रमुख मुरारीप्रसाद खरेलले भदौ ७ गते जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुखलाई औषधि अभावका सम्बन्धमा लिखित जवाफ पेश गर्न अनुरोध गरेका थिए । औषधि अभावका कारण सेवाग्राहीले गुणस्तरीय…

०७३ भदौ १३ गते  
बहुविवाह घटनाका आरोपित गिरफ्तार 

पोखरा उमनपा-२६ की ३६ वर्षीया कुमारी गुरुङले बहुविवाह गरेको आरोपमा दिएको उजुरीका आधारमा प्रहरीले पीडितका ३५ वर्षीय पति श्यामकुमार गुरुङ र विमला गुरुङलाई भदौ १२ गते गिरफ्तार गरेको छ । पीडितले उजुरीमा घान्द्रुक गाविसमा माइती घर भई पोखरा उमनपा-२६ सराङकोट बस्ने २२ वर्षीया विमला गुरुङसँग भदौ ५ गते श्यामकुमारले बहुविवाह…

०७३ भदौ १३ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

एक २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धरान उमनपा-१५ का ३६ वर्षीय धनबहादुर दमाईलाई भदौ १० गते इलाका प्रहरी कार्यालय धरानले गिरफ्तार गरेको छ । एक महिनाकी सुत्केरीसमेत रहेकी पीडित महिलालाई भदौ ९ गते राति आरोपितले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी आएपछि भदौ १० गते नै आरोपितलाई गिरफ्तार गरिएको इलाका…

०७३ भदौ १२ गते  
क्षमता भन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या

जिल्ला कारागार इलाममा क्षमता भन्दा बढी कैदीबन्दी भएपछि सरसफाई, खानेपानी तथा स्वास्थ्य उपचारमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । १ सय जना पुरुष र २५ जना महिला गरी १ सय २५ जनाको क्षमता रहेको कारागारमा हाल २ सय ६८ जना कैदी बन्दी रहेका छन् । जसमध्ये २ सय ४०…

०७३ भदौ १२ गते  
स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नआउँदा सेवाग्राही मारमा

जिल्लाको पूर्वी श्यामशिला गाविसमा रहेको स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नबस्दा यस क्षेत्रका सर्वसाधारण मारमा परेका छन् । ६ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको स्वास्थ्यचौकीमा दुई जनाको दरबन्दी खाली रहेको भएपनि कार्यालय सहयोगीको भरमा मात्रै खुल्ने गरेको स्थानीयले गुनासो गरेका छन् । स्वास्थ्य चौकीका प्रमुख मधु सुब्बा, अहेव सजिना राई र अनमी ममता राईसमेत…

०७३ भदौ १२ गते  
स्वास्थ्यचौकीमा औषधि अभाव हुँदा सेवाग्राही मर्कामा

पश्चिम रोल्पाको राँक स्वास्थ्यचौकीमा दुई हप्तादेखि औषधि अभाव हुँदा बिरामीहरू मर्कामा परेका छन् । उक्त स्वास्थ्यचौकीमा सिटामोल र ब्रुफिन ट्याबलेट बाहेक अन्य औषधि नपाइएको स्थानीय दुर्गेश ओलीले बताए । भाइरल ज्वरोले थलिए पनि स्वास्थ्य संस्थामा सिटामोल मात्र दिएकाले बिरामी निको नभएको उनले गुनासो गरे । स्वास्थ्यचौकीमा औषधि अभाव हुँदा गाउँमा…

०७३ भदौ १२ गते