दुर्व्यवहारमा पर्ने बालबालिकामध्ये बालिकाको सङ्ख्या दोब्बर

छैठौँ अन्तर्राष्ट्रिय बालिका दिवस मनाइरहँदा खोटाङमा हिंसा तथा दुर्व्यवहारमा पर्ने बालबालिकामध्ये बालिकाको सङ्ख्या दोब्बर बढी रहेको उल्लेख गरिएको छ । महिला तथा बालबालिका कार्यालयमा गत वर्ष आएका १९ ओटा सोसम्बन्धी घटनामध्ये १३ जना बालिका र ६ जना बालक तथा यो वर्षको हालसम्म आएका चार घटनामध्ये चार ओटै बालिका हिंसा तथा…

०७४ असोज २५ गते  
बलात्कारपछि हत्या गरेको घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

ठोरी गाउँपालिका-५ सुवर्णपुरकी ५० वर्षीया सानीलक्ष्मी बम्जनको असोज १९ गते बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३२ वर्षीय उमेश हजराविरुद्ध असोज २० गते उजुरी दर्ता गरी अनुसन्धान सुरू गरेको असोज २४ गते पत्रकार सम्मेलनको आयोजना गरी जनाएको छ । सानीलक्ष्मीलाई असोज १९ गते बलात्कारपछि हत्या गरेको आरोपमा हजरालाई असोज…

०७४ असोज २५ गते  
गोली प्रहारबाट सुन व्यापारीको हत्या

सर्लाहीमा पहिचान हुन नसकेका मानिसको गोली प्रहारबाट एक सुन व्यापारीको हत्या भएको राससले जनाएको छ । असोज २४ गते साँझ ७ बजे हरिपुर नगरपालिकास्थित पिडारीबाट पसल बन्द गरेर घर फर्कँदै गरेका कविलासी गाउँपालिका-३ पिपरियाका २७ वर्षीय सुनिल साहको अज्ञात समूहले गोली हानी हत्या गरेको हो । मृतकका पिता नागेन्दर साहका…

०७४ असोज २५ गते  
सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

सर्वोच्च अदालतले केन्द्र र प्रदेशको निर्वाचनमा समावेशी र समानुपातिक संवैधानिक व्यवस्थाअनुसार अपाङ्गता भएका व्यक्तिका लागि अनुसूचीको व्यवस्था नगरिएको विषयमा कारण देखाउ आदेश जारी गरेको राससले जनाएको छ । न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले आज सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि यही असोज २६ गते छलफलका बोलाउने…

०७४ असोज २४ गते  
गौचन हत्याका आरोपितलाई कारबाहीको माग

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको हत्याको विरोध गर्दै उक्त आपराधमा संलग्नलाई कारबाही गर्न माग गरिएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घले गौचनको हत्यारालाई गिरफ्तार गरी कडाभन्दा कडा कारबाही गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेको हो । असोज २४ गते प्रधानमन्त्री निवास बालुवाटारमा महासङ्घको टोलीले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउँदै…

०७४ असोज २४ गते  
अपि हिमाल गाउँपालिकामा तिहारमा खाद्यान्न अभाव

दार्चुलाको अपि हिमाल गाउँपालिकामा तिहारको मुखमा खाद्यान्न अभाव भएको छ । यो क्रम तिहारसम्मै लम्बिने पक्कापक्की रहेको बताइएको छ । नेपाल खाद्य संस्थान अञ्चल कार्यालय धनगढीले समयमै खाद्यान्न ढुवानी गर्न नसक्दा अपि हिमाल गाउँपालिकामा खाद्यान्न अभाव हुने भएको हो । दसैँमा समेत चामल नपाएका अपि हिमाल गाउँपालिकाबासीले तिहारमा झनै अभाव…

०७४ असोज २४ गते  
स्वास्थ्यचौकीबाट 'म्याद' गुज्रेका औषधि वितरण

स्थानीय स्वास्थ्य संस्थामा खटाइएका स्वास्थ्यकर्मी नहुँदा जिल्लाको उत्तरी क्षेत्रको दुर्गम गाउँपालिका स्थित लिमीका स्थानीय बासिन्दाले लामो समयदेखि म्याद सकिएको औषधि प्रयोग गरिरहेको फेला परेको छ । चीनको स्वःशासित क्षेत्र तिब्बतसँग जोडिएको नाम्खा गाउँपालिका-६ मा पर्ने तिल, हल्जी र जाङ्ग गरी तीन गाउँको बीचमा भएको लिमी स्वास्थ्यचौकीबाट 'म्याद' सकिएका औषधीहरू बिक्री…

०७४ असोज २४ गते  
एक महिनादेखि स्वास्थ्य चौकीमा औषधिको अभाव

एक महिनादेखि जिल्लाका स्वास्थ्य संस्थामा औषधिको अभाव देखिएको छ । सरकारले औषधि खरिद गर्न स्थानीय तहमा रकम पठाए पनि समयमा औषधि खरिद नहुँदा यहाँका स्वास्थ्य संस्थामा औषधि अभाव भएको हो । स्थानीय तहका स्वास्थ्य चौकीमा सिटामोलसमेत छैन । स्वास्थ्य चौकीमा औषधि नहुँदा बिरामीहरूलाई बिना औषधि फर्काउनु परेको पाँखा स्वास्थ्य चौकीका…

०७४ असोज २४ गते  
लैङ्गिक र जातीय विभेद हटाउन माग गर्दै ज्ञापनपत्र

मेलौली नगरपालिका-९ का स्थानीयले लैङ्गिक र जातीय विभेद हटाउन माग गर्दै असोज २४ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । स्थानीय क्षेत्रमा तिहारको समयमा लैङ्गिक र जातीय विभेद हुने गरेको भन्दै स्थानीय ६९ जनाको हस्ताक्षरसहित मेलौली नगरपालिका-९ का वडा सदस्य भिमदत्त भट्टले प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीलाई ज्ञापनपत्र बुझाएका…

०७४ असोज २४ गते  
बलात्कार गरेको आरोपमा उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लहान नपा-१८ का ५० वर्षीय दोरिक ठाकुरविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा असोज २४ गते उजुरी दिएको छ । पीडित पक्षका अनुसार आरोपितले असोज २३ गते शौचालय गएकी बालिकालाई बलात्कार गरेकोले कारबाहीका लागि उजुरी हालेको बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार…

०७४ असोज २४ गते