जिल्ला समन्वय समितिका संयोजक र पुर्व राजदुत दिपकुमार उपाध्यायविरूद्ध उजुरी

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै जिल्ला समन्वय समितका संयोजक नारायण खनाल र पुर्व राजदुत एवम् नेपाली काङ्ग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार दिपकुमार उपाध्यायविरूद्ध कात्तिक २६ गते जिल्ला निर्वाचन कार्यालयमा उजुरी दर्ता भएको छ । प्रतिनिधि सभा क्षेत्र नं १ का लागि नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवार दिपकुमार उपाध्यायविरूद्ध निर्वाचन आयोगले…

०७४ कात्तिक २७ गते  
गाउँपालिका अध्यक्ष पीडित बालबालिकाको घरमै पुगे (अनलाइन प्रभाव)

इन्सेक अनलाइनसहित स्थानीय सञ्चार माध्यमहरूमा समाचार प्रकाशन भएपछि अभिभावकको मृत्यु पश्चात् सहाराविहीन बगनासकाली गाउँपालिका-७ खानीगाउँका दुई बोटे बालबालिकाको सहयोगका लागि सहयोगी हातहरू अगाडि बढेका छन् । १४ वर्षीया हेमा बोटे र उनका १० वर्षीय भाइ सन्तबीर (बुद्ध) बोटेले कष्टकर रूपमा दैनिकी गुजार्दै आएको इन्सेक जिल्ला प्रतिनिधिले जानकारी पाएपछि सोसम्बन्धी समाचार…

०७४ कात्तिक २७ गते  
राहतका लागि पहल गरिदिन द्वन्द्व पीडितद्धारा इन्सेकलाई अनुरोध

विस्तृत शान्ति सम्झौता भएको ११ वर्षहुँदासम्म राहत पाउन नसकेको भन्दै छाँयानाथ रारा नपा-९ का ३७ वर्षीय विजलाल रोकाया, सोही ठाउँका ३१ वर्षीय सतसिंङ रोकाया, ३३ वर्षीय दङल्या रोकाया र ४५ वर्षीय सुकलाल रोकायाले कात्तिक २६ गते सम्बन्धित निकायमा आवश्यक पहल गरिदिन इन्सेकलाई अनुरोध गरेका छन् । तत्कालीन विद्रोही पक्ष नेकपा…

०७४ कात्तिक २७ गते  
गुल्मीका ४८ मतदानस्थल सम्वेदनशील

गुल्मीका १ सय ३८ मतदानस्थल मध्ये ४८ ओटा सम्वेदनशील रहेका छन् । ९० ओटा सामान्य रहेका छन् । सुरक्षा, सडकको पहुँच, राजनीतिक प्रतिस्पर्धा, अघिल्ला चुनावहरूका गतिविधिलगायतका आधारमा मतदानस्थललको बर्गिकरण गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी गङ्गाबहादुर थापाले बताए । आगामी मङ्सिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि गुल्मीमा १…

०७४ कात्तिक २७ गते  
फोरम-राजापका लागि मत माग्दै सरकारी कर्मचारी

राजविराज नपा-१६ बोरियामा कात्तिक २७ गते आयोजित फोरम र राजपाको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै जिल्ला वन कार्यालय, सप्तरीका नायव सुब्बा अजयकुमार झाले मत मागेर आचारसंहिता उल्लङ्घन गरेका छन् । वडा नम्बर १६ का अध्यक्ष बुचाई दासको अध्यक्षतामा वडा कार्यालय अगाडि भएको चुनावी सभामा निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड यूनियन सप्तरीका…

सप्तरी । ०७४ कात्तिक २७ गते  
अदालतदेखि कार्यालयहरूमा आचारसंहिता विपरीत छ्यापछ्याप्ती चुनावी पोस्टर

आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि फोरम-राजपा गठबन्धनका उम्मेदवारहरू तथा स्वतन्त्र उम्मेदवारले राजविराजस्थित अदालत तथा सरकारी कार्यालय एवम् र्सार्वजनिक संस्थाहरूमा कात्तिक २७ गते चुनावी पोस्टर टाँसेर आचारसंहिता उल्लङ्घन गरेका छन् । प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार बनेका नेसपा (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारी तथा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष…

०७४ कात्तिक २७ गते  
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई प्रहरीले कात्तिक २६ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा राष्ट्रिय युवा जनस्वयम्सेवकका केन्द्रीय सदस्य तथा प्यूठान/रोल्पा इञ्चार्ज हरि बस्नेत, अनेरास्ववियु (क्रा.) का केन्द्रीय सदस्य पदमप्रसाद पोखरेल र भिग्री गाँउ जनसरकार प्रमुख गिरुप्रसाद भुसाल रहेका छन् । बस्नेत र…

०७४ कात्तिक २७ गते  
माओवादी केन्द्रका उम्मेदवार चढेको गाडीमा गोली प्रहार

माओवादी केन्द्रका नेता एवम् रोल्पाबाट प्रतिनिधि सभाका लागि उम्मेदवार वर्षमान पुन 'अनन्त' चढेको गाडीलाई लक्षित गरी अज्ञात समूहले कात्तिक २६ गते दुईखोली गाउँपालिका-३ स्थित तेवरी खोलामा गोली प्रहार गरेको छ । उक्त घटनामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुदर्शन पन्थले बताए । घटनामा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको संलग्नता…

०७४ कात्तिक २७ गते  
निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य ३० वर्षीय योगेन्द्र चौहान सहित चारजनालाई कात्तिक २६ गते गिरफ्तार गरेको इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालले जनाएका छन् । प्रहरीले चौहान बाहेक अन्य तीन जनाको नाम भने सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार…

०७४ कात्तिक २७ गते  
मानव अधिकार रक्षकको दोस्रो राष्ट्रिय सम्मेलन सुरू

'सबैका लागि घरघरमा मानव अधिकारः शान्ति र विकासको आधार' भन्ने मुल नाराका साथ दुई दिने मानव अधिकार रक्षकको दोस्रो राष्ट्रिय सम्मेलन कात्तिक २६ गते ललितपुरको जावालाखेलमा सुरू भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा सुरू भएको सो सम्मेलनमा मानव अधिकारको अवस्था र चुनौती, मानव अधिकार रक्षकको वर्तमान अवस्था, चुनौती…

०७४ कात्तिक २६ गते