अज्ञात समूहद्वारा पत्रकारमाथी खुकुरी प्रहार

कैलालीका पत्रकार लक्ष्मी जैसीमाथी मङ्सिर २ गते राति अज्ञात समूहले खुकुरी प्रहार गरेको पीडित पक्षले जनाएको छ । जनता टेलिभिजिनका सम्वाददातासमेत रहेका नेपाल पत्रकार महासङ्घ कैलाली शाखाका साधारण सदस्य पत्रकार लक्ष्मी जैसी बौनियास्थित घरमा सुतिरहेको समयमा अपरिचित व्यक्तिहरूको समूहले खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते पत्रकार…

०७४ मङ्सिर ३ गते  
बागलुङको निसिखोलामा मतदाता शिक्षा सामग्री लुटियो

बागलुङ जिल्लाको क्षेत्र नं २ अन्तर्गतको निसिखोला गाउँपालिकामा मतदाता शिक्षाका लागि पुगेका स्वयम्सेवकको साथमा रहेका मतदाता शिक्षा सामग्री मङ्सिर २ गते दुई जनाले नियन्त्रणमा लिएर नष्ट गरेका छन् । गाउँमा मतदाता शिक्षाका लागि पुगेका स्वयम्सेवकको साथमा रहेका नमूना मतपत्र, पर्चा, पम्लेट लगायतकासामग्री नियन्त्रणमा लिएर च्यातिदिएको मतदाता शिक्षा कार्यकर्ता राधिका शर्माले…

०७४ मङ्सिर ३ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले हनुमाननगर कङ्कालिनी नपा-३ का २५ वर्षीय मो. जहुरलाई मङ्सिर २ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले कात्तिक २७ गते बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा कात्तिक २९ गते उजुरी दिएकी थिइन् । पीडित युवतीको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा…

०७४ मङ्सिर ३ गते  
हुम्लामा हिमपात सुरू, १० मतदान केन्द्र उच्च जोखिममा

हिमाली जिल्ला हुम्लामा मङ्सिर १ गते बिहानदेखि हिमपात सुरू भएको छ । हिमपातका कारण निर्वाचन प्रभावित हुनसक्ने बताइएको छ । हिमपातका कारण जाडो अत्याधिक बढेको छ । जिल्ला सदरमुकाम सिमिकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्कालगायतका क्षेत्रमा लगातार हिमपात भइरहेको छ । लगातार हिमपात भएपछि हुम्लामा पहिलो चरण…

०७४ मङ्सिर ३ गते  
खुकुरी प्रहार गरेर पत्नीको हत्या, आरोपित गिरफ्तार

रूपाकोट मझुवागढी नगरपालिका-६ नेर्पा घर भई सोही नगरपालिका-७ दोर्पास्थित माइतीघरमा बस्दै आएकी ४२ वर्षीया राजमाया राईलाई ४६ वर्षीय पति राजकुमार राईले मङ्सिर ३ गते खुकुरी प्रहार गरी हत्या गरेको आरोप छ । घरायसी कुरामा भनाभन हुँदा राईले श्रीमतीलाई खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको स्थानीयले बताएका छन् । पत्नीको…

०७४ मङ्सिर ३ गते  
मानव अधिकार र निर्वाचन अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रम मङ्सिर ३ गते धनगढीमा सम्पन्न गरेको छ । कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले स्वच्छ निर्वाचनका लागि नागरिकको भूमिका महत्वपुर्ण रहेको बताए । स्वच्छ निर्वाचनका लागि मानव अधिकार रक्षकहरूले स्थानीय तहमै मानव अधिकार रक्षक सञ्जाल गठन गरेर निर्वाचनको अनुगमन…

०७४ मङ्सिर ३ गते  
ट्राफिक प्रहरीद्वारा एक युवकलाई यातना

लहान नपा-८ का ३० वर्षीय धनन्जय यादवलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका सई लोकबहादुर दियालीले मङ्सिर ३ गते निर्घात कुटपिट गरेका छन् । लहान नपा-१ स्थित जिल्ला ट्राफिक कार्यालयका आरोपित सईको कमाण्डमा रहेको ट्राफिक प्रहरीहरूले पीडितलाई कार्यालय कोठामा लगेर कुटपिट गरेका हुन् । प्र्रहरीको कुटपिटबाट यादवको दाहिने आँखा मुनि काटिएको…

०७४ मङ्सिर ३ गते  
प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रममै आचारसंहिता विपरीत बालबालिकाको प्रयोग

आसन्न निर्वाचनका लागि मत माग्न बाजुरा आएका प्रधनामन्त्री शेरबहादुर देउवाको स्वागतका लागि निर्वाचन आचरसंहिता विपरीत बालबालिकाको प्रयोग गरिएको छ । हेलिकप्टरमा जिल्ला सदरमकाम मार्तडीको जिल्ला स्वास्थ्य कार्यालयमा ल्याण्ड भएपछि बाजागाजाका साथ नाराजुलुस गरेर खुलामञ्च जाने क्रममा बालबालिकाको प्रयोग गरिएको हो । बाजा बजाउनका लागिसमेत बालबालिकाको प्रयोग गरिएका थियो । केन्द्रदेखि…

०७४ मङ्सिर ३ गते  
नेपाली काङ्ग्रेसका कार्यकर्ताद्वारा वडा अध्यक्षमाथि कुटपिट

बडिमालिका नगरपालिका-२ का वडा अध्यक्ष डम्मर महतमाथि अज्ञात समूहले मङ्सिर २ गते आक्रमण गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट घर फर्कने क्रममा जिल्ला खेलकुद विकास समिति नजिकै महतमाथि आक्रमण भएको हो । महतका अनुसार तीन जनाको समूहले उनीमाथि आक्रमण गरेको हो । कुटपिटबाट महतको आँखा र टाउकोमा गम्भीर चोट लागेको…

०७४ मङ्सिर ३ गते  
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी

वाम गठबन्धनका कार्यकर्ताहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालय, बाजुरामा मङ्सिर ३ गते तालाबन्दी गरेका छन् । सबै प्रक्रिया पुरा गरी ५२ ओटा मतदानस्थलका कर्मचारीले नियुक्तिपत्र बुझेर गइसकेको अवस्थामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले एकाएक निर्णय परिवर्तन गरी कर्मचारी फिर्ता बोलाउने भनी गरेको निर्णयको विरोध गर्दै कार्यालयमा तालाबन्दी गरिएको जनाइएको छ । मतदानस्थल…

०७४ मङ्सिर ३ गते