साढे चार महिनादेखि जिल्ला अस्पतालमा चिकित्सक नहुँदा सेवाग्राही प्रभावित
जिल्ला अस्पतालका प्रमुख डेन्टल सर्जन डा. चाँदनी जैसवाल साढे चार महिनादेखि नहुँदा सेवाग्राही प्रभावित भएका छन् । स्वास्थ्य सेवा विभागमा काजमा रहेकी जैयसवाल हाल वैदेशिक भ्रमणमा गएकी छन् । अस्पतालमा प्रमुख नहुँदा अस्पतालको प्रशासनिक कामकारवाहीमा समेत समस्या आएको जिल्ला अस्पतालले जनाएको छ । कार्यालय प्रमुख मात्र होइन अस्पतालमा कार्यरत मेडिकल…
चेतनाको कमीले बालविवाह बढेको बढ्यै
दिप्रुङ चुईचुम्मा गाउँपालिका-१ याम्खाकी कक्षा ९ मा अध्ययनरत १७ वर्षीया बालिकाको विवाह फागुन २६ गते भयो । विद्यार्थीबाटै विरोध आएपछि छात्राको पढाइलाई निरन्तरता दिने र उमेर नपुगेसम्म बच्चा नजन्माउने शर्तमा वैवाहिक कार्यक्रम अघि बढेको थियो । दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुख भूपेन्द्र राईले भने-'अभिभावकले पढाइलाई निरन्तरता दिने, तत्काल बच्चा नजन्माउनेलगायतका शर्त…
बलात्कार घटनाका आरोपित गिरफ्तार
चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई चैत १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ५ गते बलात्कार गरेको भएपनि कसैलाई नभनेको र पीडित बालिका बिरामी भएपछि सो घटनाको बारेमा खुलेको इलाका प्रहरी कार्यालय, ठाडाका इन्स्पेक्टर कमल परियारले बताए । घटनाको जानकारी पाएपछि पीडितका…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितविरुद्ध पीडित पक्षले चैत १५ गते इलाका प्रहरी कार्यालय यदुकुहामा उजुरी दिएको छ । पीडित बालिकालाई सहिदनगर नगरपालिका-८ का ३० वर्षीय मनोजकुमार नरसरिया यादव र ३२ वर्षीय दिपेश विराजी यादवले चैत १४ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडित बालिकाको स्वास्थ्य…
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई ढाँटेर विवाह गरेर भारत घुम्न जाउँ भनी लगेर भारतको बाटो हुँदै कुवेतमा ४ लाख रुपियाँमा बेचेको आरोपमा प्रहरीले ओमसतिया गाउँपालिका-५ लखनचोकका ४२ वर्षीय भुवन बिकलाई चैत १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भारतको बाटो हुँदै घरको कामका लागि कुवेत पठाएको र कुवेत पुगेको एक…
बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला
बहुविवाह गरेको घटनाका आरोपित महावै गाउँपालिका-६ का २९ वर्षीय भिमवहादुर शाही र सुर्खेत वीरेन्द्रनगर नपा-८ की २२ वर्षीया निर्मला केसीलाई जिल्ला अदालत कालीकोटले कसुरदार ठहर गर्दै एक/एक वर्षकैद र ५ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले वैशाख १४ गते उक्त फैसला गरेको जिल्ला अदालत कालिकोटले…
बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका चौदण्डीगढी नपा-८ का २२ वर्षीय श्रीलाल बिकलाई जिल्ला अदालतले चैत १४ गते बलात्कार गरेको ठहर गर्दै १० वर्षकैद र क्षतिपुर्तिबापत ३० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश तिर्थराज केसीको इजलासले यस्तो फैसला सुनाएको हो । ०७३ माघ २७…
गोरीकला हत्या घटनाको अधिकारकर्मीद्वारा स्थलगत अनुगमन
पञ्चपुरी नपा-३ निवासी एसर्इई परीक्षार्थी गोरीकला रोकायको हत्याको घटना सम्बन्धमा इन्सेकसहितको अधिकारकर्मीको टोलीले चैत १५ गते स्थलगत अनुगमन गरेको छ । घटनाको सत्यतथ्य पत्ता लगाई पीडितलाई न्याय र पीडकलाई कारवाहीको दायरामा ल्याउन सहयोग पुर्याउने उद्धेश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतको अगुवाईमा दलित महिला सङ्घ, मानव अधिकार तथा शान्ति समाज…
२५ जनाको क्षमतामा १ सय १७ जना कैदीबन्दी, व्यवस्थापनमा समस्या
रसुवा कारागारमा क्षमता भन्दा चौबर बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा कठिनाइ भएको कारागार प्रशासनले जनाएको छ । २५ जनाको क्षमता रहेको यो कारागारमा अहिले १ सय १७ जना कैदीबन्दी रहेका छन् । कारागारमा १ सय १२ जना नेपाली र पाँच जना विदेशी नागरिक (भारतीय तीन, नाइजेरियन र चिनियाँ एक/एक जना) रहेका…
बानेश्वरमा आन्दोलनकारी र प्रहरीबिच झडप (फोटोफिचर)
नयाँ बानेश्वरमा प्रहरी र आन्दोलनकारीबिच चैत १४ गते झडप भएको छ । अवैज्ञानिक रूपमा सडक विस्तार गरेको भन्दै काठमाडौँ उपत्यकाव्यापी सडक विस्तार पीडित सङ्घर्ष समितिले आन्दोलन गर्ने क्रममा झडप भएको हो । आन्दोलनकारीले प्रहरीलाई लक्षित गरी ढुङ्गामुढा प्रहार गरेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ ।