बैतडीका तीन मतदानकेन्द्र अति सम्वेदनशील

जिल्ला सुरक्षा समितिले बैतडीका १ सय ८२ मतदान केन्द्रमध्ये तीन मतदानकेन्द्रहरू अति सम्वेदनशील भएको जनाएको छ । समितिले प्रतिनिधि र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्नको लागि अन्य ३८ ओटा निर्वाचन केन्द्रलाई पनि सम्वेदनशील भनी पहिचान गरेको जनाएको छ । उक्त तीन मतदानकेन्द्रहरू पुचौडी नगरपालिकामा पर्दछन् । "पुचौडीका तीनओटा…

०७४ कात्तिक २३ गते  
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्ज ४५ वर्षीय दलबहादुर खत्री 'जागृति' र जिल्ला सेक्रेटरी ३३ वर्षीय सन्तोष सुवेदी 'प्रयास' लाई कात्तिक २२ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाले विशेष सुरक्षा निगरानीको क्रममा जिल्ला इञ्चार्ज खत्रीलाई सदरमुकाम लिबाङ र सेक्रटेरी सुवेदीलाई सुवर्णावती गाउँपालिका-३…

०७४ कात्तिक २३ गते  
विवाद मिलाउन पुगेका समन्वयकर्ता प्रहरीको लाठीचार्जबाट घाइते

सन्धिखर्क नपा -२ स्थित चुत्रावेशी बजारमा स्थानीय युवाबिच विवाद भएपछि प्रहरीले कात्तिक २२ गते बेलुकी ९ बजे लाठीचार्ज गर्दा सन्धिखर्क नपा-२ का ३४ वर्षीय दामोदर केसी गम्भीर घाइते भएका छन् । बेलुकी करिब ९ बजे स्थानीय पसले छिमेकीहरूको झगडा मिलाउन समन्वय गरिरहेका केसीलाई प्रहरीले एक्कासी कुटपिट गरेको स्थानीयको आरोप छ…

०७४ कात्तिक २३ गते  
निर्वाचन पर्यवेक्षणलाई हलुका र रहरका रुपमा नलिनुस्ः डा यादव

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले हलुका र रहरका रुपमा नलिई स्वतन्त्र र निष्पक्ष भएर निर्वाचन पर्यवेक्षण गर्न पर्यवेक्षकलाई आग्रह गरेको राससले जनाएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि निर्वाचन आयोगबाट अनुमतिप्राप्त राष्ट्रिय सङ्घसंस्थाका प्रमुख एवम् प्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उनले यस्तो आग्रह गरेका…

०७४ कात्तिक २३ गते  
इलाममा ७२ मतदान केन्द्र संवेदनशील

आगामी मङ्सिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि निर्धारण गरिएका १ सय ४४ ओटा मतदान केन्द्रहरूमध्ये ७२ ओटा मतदान केन्द्र सम्वेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । सम्वेदनशील मानिएका मतदान केन्द्रहरूमा नेपाली सेना र सशस्त्र प्रहरीलाई विशेष सुरक्षाको जिम्मेवारी दिइएको जिल्ला प्रशासन कार्यालय इलामका प्रमुख…

०७४ कात्तिक २३ गते  
निर्वाचनमा रकम बाँडेको आरोपमा २४ घण्टे स्पष्टीकरण पेश गर्न निर्देशन

निर्वाचन आयोगले नेकपा एमालेका तर्फबाट डोटी जिल्लाको प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेमगरसँग २४ घण्टाभित्र स्पष्टीकारण पेश गर्न निर्देशन दिएको छ । 'प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा तपाइँ प्रतिनिधिसभा सदस्यको उम्मेदवारले मतदातालाई रकम बाँडेको विषय निर्वाचन आचारसंहिता विपरीत देखिएको हुँदा उक्त क्रियाकलापमा…

०७४ कात्तिक २२ गते  
उम्मेदवारको घरमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा कालोझण्डा

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले प्रदेशसभा (ख) का बामगठबन्धन (नेकपा माओवादी केन्द्र) का उम्मेदवार आठराई त्रिवेणी गाउँपालिका-५ का टङ्क आङबुहाङ लिम्बुको घरमा ०७४ कात्तिक २२ गते कालो झण्डा गाडेर निर्वाचनको बिरोध जनाएका छन् । नेकपाका कार्यकर्ताले गाडेको कालोझण्डा सुरक्षाकर्मीले कात्तिक २२ गते नै हटाएको छ । जिल्ला प्रहरी…

०७४ कात्तिक २२ गते  
रामेछापमा राजनीतिक दलहरूद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घन

जिल्लाको सदरमुका मन्थलीदेखि जिल्लाको सबै गाउँपालिका र नगरपालिकाका प्रमुख राजनीतिक दलहरूले सार्वजनिक स्थलहरूमा पोष्टर तथा पर्चा टाँसेर निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका छन् । दलहरूले निर्वाचन आचारसंहिता विपरीत राजनीतिक पार्टीका झण्डा र ठूला-ठूला पोष्टर समेत प्रकाशन र प्रदर्शन गरिरहँदा पनि सरोकारवाला निकाय मौन छन् । निर्वाचन आचारसंहिता २०७२ को तेस्रो संशोधनले…

०७४ कात्तिक २२ गते  
म्याग्दीका २२ मतदानस्थल सम्वेदनशील

मङ्सिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले २२ मतदानस्थाललाई सम्वेदनशील मतदानस्थल मान्दै विशेष सुरक्षा योजना तयार पारेको जनाएको छ । यसभन्दा पहिलाको निर्वाचनको अवस्था केलाउँदा, भौगोलिक विकटता, सञ्चार, यातायात सुविधाको पहुँचलगायतका आधारमा सम्वेदनशील मतदानस्थलको पहिचान गरी आवश्यक सुरक्षा योजना तयार पारिएको हो…

०७४ कात्तिक २२ गते  
निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै उजुरी

भिमसेन गाउँपालिका-३ धावामा उम्मेदवार सवार मोटरसाइकलमा पेस्तोल भेटिनु निर्वाचन आचारसंहिताको ठाडो उल्लङ्घन भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेपाली काङ्ग्रेस, नयाँ शक्ति पार्टी, राप्रपा र राप्रपा प्रजातान्त्रिकले कात्तिक २२ गते उजुरी दर्ता गरएका छन् । 'पेस्तोल बरामद गर्ने, पेस्तोल लिने मान्छे किन पक्राउ परेनन् ? भन्दै उजुरी आएको छ ।'-मुख्य…

०७४ कात्तिक २२ गते