नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा शिक्षक र वडा सदस्यलाई मोसो दलेर दुर्व्यवहार

दुप्चेश्वर गापा-१ घ्याङफेदीस्थित इन्द्रायणी प्राविका प्रधानाध्यापक ४८ वर्षीय रामकृष्ण श्रेष्ठलाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीके विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका कार्यकर्ताले मोसो दलेर दुर्व्यवहार गरेका छन् । सुर्यगढी गापा-५ गणेशस्थान घर भएका शिक्षक श्रेष्ठ भदौ ३० गते विद्यालयबाट घर आउनेक्रममा दुप्चेश्वर गापा-६ रामतीमा ५/६ जनाको समूहमा आएको आफूलाई नेपाल कम्युनिष्ट…

०७३ असोज १ गते  
मौन अवधिमा हतियार सहित गिरफ्तार परेका भारतीयसहित पाँच जना माथि मुद्दा दर्ता

तेश्रो चरणको स्थानीय तहको निर्वाचनको मौन अवधिमा शङ्कास्पद अवस्थामा प्रहरीले सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिकाबाट पाँच जनालाई भदौ ३१ गते गिरफ्तार गरी असोज १ गते अनुसन्धानका लागि मुद्दा दर्ता गरेको छ  । निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर तीन दिनको लागि सीमा नाका बन्द भए पनि भारतको मधुवनी जिल्ला बस्ने राजेशकुमार यादव, अजय…

०७४ असोज १ गते  
जिसस गुल्मीका लेखापाल श्रेष्ठलाई मोसो दलेर दुर्व्यवहार

जिल्ला समन्वय समिति गुल्मीका लेखापाल प्रेमलाल भण्डारीलाई जिल्ला जनपरिषद जनसत्ता गुल्मीका नाममा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले असोज १ गते मोसो दलेर दुर्व्यवहार गरेका छन् । पीडितलाई दिउँसो ४ बजेतिर कार्यालयको कायकक्षमा पुगेर लेखापाल भण्डारीलाई मोसो दलेर दुर्व्यवहार गरेको पीडित पक्षले जनाएको छ । आफूलाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी…

०७४ असोज १ गते  
स्वतन्त्र, विवेकपूर्ण र गोप्यरूपमा मतदान गर्नुस्: निर्वाचन आयोग

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्रदेश नं २ मा सोमबार हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि ज्यादै भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको हुँदा निर्धक्क भएर मतदानमा सहभागी हुन आम मतदातालाई आह्वान गरेका छन् । आयोगको मिडिया सेन्टरमा असोज १ गते आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र…

०७४ असोज १ गते  
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानकर्मीद्वारा निर्वाचन पूर्व अनुगमन

तेस्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा असोज १ गते स्वच्छ निर्वाचनका लागि नागरिक अभियानकर्मीद्वारा धनुषामा निर्वाचन पूर्व अनुगमन गरिएको छ । अभियानकर्ताहरू इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल, नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष ईन्द्रप्रसाद अर्याल, इन्सेक क्षेत्रीय कार्यालय काठमाडौँका संयोजक कृष्ण गौतम र इन्सेक प्रलेख तथा प्रसार विभागका प्रमुख…

०७४ असोज १ गते  
सर्लाहीको बलरामा बम विष्फोट, बालिका घाइते

सर्लाहीको बलरामा असोज १ गते बिहान सुतली बम विष्फोट हुँदा एक बालिका घाइते भएकी छिन् । भारतीय सीमा नजिकै पर्ने बलरा नगरपालिका-२ हथियौल जमुनिया टोलमा भएको बम विष्फोटमा स्थानीय जयप्रकाश सहनीकी १० वर्षीया छोरी रस्मिता सहनी घाइते भएकी हुन् । बमको छर्राले लागेर सामान्य घाइते भएकी बालिकाको उपचार प्राथमिक स्वास्थ्य…

०७४ असोज १ गते  
सीमा नाका सिल, ढुक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्तको आह्वान

स्थानीय तहको तेश्रो चरणको निर्वाचन सुरक्षाका लागि भारतको सितामढी र मधुवनी जिल्लासँगै जोडिएका महोत्तरीका सीमा बन्द गरिएको छ । दुवै देशका सुरक्षा निकायसँगैको समन्वयमा ७२ घण्टा (तीन दिन) का लागि सीमा नाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले जानकारी दिए । महोत्तरीका १५ स्थानीय तहमध्ये पाँच ओटाको सीमा भारतसँगै…

०७४ असोज १ गते  
नेकपाका कार्यकर्ताद्वारा इञ्जिनियरलाई दुर्व्यवहार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले रत्ननगर नगरपालिकाका इञ्जिनियर प्रकाशचन्द्र ढुङ्गानालाई मोविल दलेर दुर्व्यवहार गरेका छन् । असोज १ गते नगरपालिका परिसरभित्रै पसेर कार्यकक्षमा उनलाई माओवादी कार्यकर्ताले मोविल खन्याएका हुन् । ढुङ्गानाले भ्रष्टाचार गरेकाले कारबाही गरिएको कार्यालय परिसरमा छाडिएको पर्चामा उल्लेख गरिएको छ । उनीमाथि परियोजना र संस्थागत बजेट…

०७४ असोज १ गते  
काङ्ग्रेस कार्यकर्ताद्वारा एमाले कार्यकर्तामाथि आक्रमण

नगराइन नपा-८ स्थित अकौरा भन्ने गाउँमा नेपाली काङ्ग्रेस उम्मेदवारले मतदातालाई पैसा बाँड्न नपाएपछि एमाले कार्यकर्तामाथि भदौ ३१ राति ११ बजे आक्रमण गरेको एमालेले आरोप लगाएको छ । नगराइन नपा-८ का १८ वर्षीय इन्द्रकुमार पासवान, ३२ वर्षीय पहलाद पासवान, ३५ वर्षीय अरविन्द पासवान, विरेन्द्र राउत र ललन दासलाई सोही ठाउँका नेपाली…

०७४ असोज १ गते  
वडा अध्यक्षका उम्मेदवारको मृत्यु

राजविराज नपा-१५ का वडा अध्यक्षका उम्मेदवार ६१ वर्षीय महन्थी यादवको भदौ ३१ गते साँझ ५ बजे मृत्यु भएको छ । राष्ट्रिय जनता पार्टीका तर्फबाट वडा अध्यक्षका उम्मेदवार यादवको रक्त क्यान्सरबाट मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् । भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार गराइरहेका उनको मृत्यु भने घरैमा भएको जिल्ला प्रहरी…

०७४ भदौ ३१ गते