भारतीय अधिकारकर्मी इरोम शर्मिलाले १६ वर्षलामो अनसन तोडिन् 

भारतीय अधिकारकर्मी इरोम शर्मिलाद्वारा १६ वर्षलामो अनसन साउन २५ गते तोडेकी छन् । विशेष शक्तिसहित सेना परिचालन गर्ने ऐनविरुद्ध अनसनमा उत्रेकी शर्मिलाले आज अनसन तोडेको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरूले जनाएका छन् । द्वन्द्वमा पिल्सिएको भारतको उत्तर-पूर्वी राज्य मणिपुर निवासी ४४ वर्षीया शर्मिलाले आजै अदालतसामु उपस्थित भएर अनसन तोड्ने घोषणा गरेसँगै…

०७३ साउन २५ गते  
बलात्कार घटनाका आरोपित बालकलाई दुई महिना कैदको फैसला

६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित १२ वर्षीय बालकलाई दोषी ठहर गर्दै जिल्ला अदालत दाङले दुई महिना कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश बलभद्र बास्तोलाको साउन २३ गतेको इजलासले बलात्कार घटनाका आरोपित बालकलाई सजाय स्वरुप दुई महिना सुधार केन्द्रमा राख्न र दुई महिनापछि बालकको आमाको रोहवरमा थप…

०७३ साउन २५ गते  
जातीय विभेद गरेको आरोपमा गिरफ्तार

भदौरेतामागी-४ हर्पन घर भई पोखरा उमनपा-५ शान्तिनगरकी ४६ वर्षीया सुष्मा खनालको घरमा कोठा भाडामा बस्दै आएका ३१ वर्षीय प्रकाश परियारलाई जातीय विभेद तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले खनाललाइ साउन २४ गते गिरफ्तार गरेको छ । पीडित परियारले आफूमाथि घरधनी खनालले साउन १२ गते जातीय विभेद र दुर्व्यवहार गरेको भन्दै  साउन…

०७३ साउन २५ गते  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

पोखरा उमनपा-२ घर भई पोखरा उमनपा-११ मा बस्ने २८ वर्षीय रतन गुरुङलाई बहुविवाह गरेको आरोपमा साउन २४ गते प्रहरीले गिरफ्तार गरेको छ ।   पोखरा उमनपा-५ की २२ वर्षीया तारा गुरुङसँग असार २८ गते विवाह गरेको आरोपमा रतनकी पत्नी ममीला गुरुङले साउन २४ गते उजुरी दिएकी थिइन् ।   पीडितको…

०७३ साउन २५ गते  
त्रैमासिक परीक्षा सुरु हुँदासम्म पाठ्यपुस्तकको अभाव कायमै

यस वर्षको त्रैमासिक परीक्षा सुरु हुँदासम्म सदरमुकाम नजिकका विद्यालयमासमेत पाठ्यपुस्तक नआइपुगेको स्थानीय विद्यार्थीहरूले गुनासो गरेका छन् । शारदा नपा मार्केस्थित श्री त्रिभुवन जनता उच्च माविमा अध्ययनरत ९ कक्षाका विद्यार्थीले अनिवार्य विषयतर्फ विज्ञान र नेपाली तथा ऐच्छिक विषयतर्फ अर्थशास्त्र र शिक्षा विषयका पुस्तक नपाएको गुनासो गरेका हुन् । त्रिभुवन जनता उमावि…

०७३ साउन २५ गते  
क्षमता भन्दा बढी कैदिबन्दी हुँदा व्यवस्थापनमा कठिनाइ

क्षमता भन्दा बढी कैदीबन्दी राख्नु परेकाले अधिकांश कारागारमा व्यवस्थापकीय कठिनाइ भएको सम्बन्धित कारागार प्रशासनले जनाएका छन् । जीर्ण र पुरानो भएको कास्की कारागारमा ६० जनाको क्षमता रहेको भएपनि यतिबेला ६ सय जना कैदीबन्दी रहेकाले व्यवस्थापनमा कठिनाइ भएको कारागार प्रशासनले जनाएको छ । इन्सेक कास्की जिल्ला प्रतिनिधि विष्णुप्रसाद अधिकारीका अनुसार ४६…

०७३ साउन २५ गते  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

थुमाकोडाँडा गाविस-५ घर भई पोखरा उमनपा-१४ चाउथेमा बस्ने २५ वर्षीय केशव विकलाई बहुविवाह गरेको आरोपमा साउन २३ गते प्रहरीले गिरफ्तार गरेको छ ।   गत असार २७ गते घाचोक गाविस-१ की २२ वर्षीया शान्ति परियारसँग विवाह गरेको आरोपमा केशवकी पत्नी २४ वर्षीया लक्ष्मी विकले साउन २३ गते प्रहरीमा उजुरी दिएकी…

०७३ साउन २५ गते  
बलात्कार गरेको ठहरमा २१ वर्षकैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहरमा पोखरा उमनपा-८, सिमलचौरका ३८ वर्षीय कविराज आचार्यलाई जिल्ला अदालत कास्कीले साउन २४ गते २१ वर्षकैदको फैसला सुनाएको छ  ।   गत फागुन महिनामा पटकपटक बलात्कार गरेको र अन्तिम पटक फागुनको २५ गते पीडित बालिकालाई बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले फागुन २८ गते जिल्ला…

०७३ साउन २५ गते  
अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासन्धि १६९ कार्यान्वयन गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले आइएलओ महासन्धि १६९ सम्बन्धी राष्ट्रिय कार्ययोजनाको मस्यौदालाई स्वीकृत गरी तत्काल कार्यान्वयनमा ल्याउन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । नेपालले आइएलओ महासन्धि-१६९ लाई ०६४ भदौ २८ गते अनुमोदन गरेको थियो । यो सन्धि अनुमोदनको एक दशक बित्दासमेत कार्ययोजना मस्यौदा स्वीकृत हुन नसक्दा आदिवासी जनजातिहरूको मानव अधिकार संरक्षण…

०७३ साउन २४ गते  
स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिला चौरमा सुत्केरी

तातोपानी गाविस-५ डाँगीवाडाकी ३२ वर्षीया विनासी डाँगीलाई सुरक्षित प्रसुति सेवाका लागि साउन २३ गते स्वास्थ्य चौकीमा पुर्‍याइएपनि तातोपानी गाविसस्थित स्वास्थ्य चौकी र उक्त स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी नहुँदा बर्थिङ सेन्टर बाहिर खुलाचौरमा सुत्केरी भएकी छन् । सुत्केरी ब्यथाले च्यापेपछि डिाँगीका आफन्तले घरदेखि करिब एक किलोमिटर टाढा रहेको स्वास्थ्य…

०७३ साउन २४ गते