नेपाली काङ्ग्रेसका कार्यकर्ताको आक्रमणबाट एमालेका दुई जना कार्यकर्ता घाइते

नेकपा एमालेका कार्यकर्ता श्रीनगर गाविस-१ का ३० वर्षीय धने सुनार र सोही गाविस-३ का ३५ वर्षीय प्रकाश बोगटीलाई फागुन १९ गते नेपाली काङ्ग्रेसका कार्यकर्ताले आक्रमण गरी घाइते बनाएको पीडित पक्षको आरोप छ । श्रीनगर गाविसमा नेकपा एमालेको वृहद आमसभा लगत्तै नेपाली काङ्ग्रेसका कार्यकर्ताले बाहिरबाट ढुङ्गा प्रहार गर्दा उनीहरू घाइते भएको…

०७३ फागुन २० गते  
जातीय भेदभाव तथा छुवाछुत सम्बन्धमा अन्तरक्रिया

राष्ट्रिय मानव अधिकार आयोगले जातीय भेदभाव तथा छुवाछुतको अवस्था विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम फागुन १९ गते चौतारामा सम्पन्न गरेको छ । आयोगले दुई दिनसम्म विभिन्न गाउँ स्तरमा जातीय भेदभावको अवस्था अनुगमन गरेर जिल्लामा रहेका सरोकारवालाहरूबिच अन्तरक्रिया गरेको आयोगका अधिकृत सोमराज सुवेदीले बताए । अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिल्वालले मानवले…

०७३ फागुन २० गते  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

गराइला गाविस-९ का १९ वर्षीय रोशन बिक र सोही ठाउँकी २० वर्षीया कविता बिकलाई बहुविवाह गरेको आरोपमा प्रहरीले फागुन १९ गते साँझ घरैबाट गिरफ्तार गरेको छ । आरोपित रोशनकी १८ वर्षीया जेठी पत्नी कमला पुन बिकले आरोपितद्वय विरुद्ध फागुन १७ गते जिल्ला प्रकरी कार्यालय रुकुममा उजुरी दिएकी थिइन् । आरोपितद्वयले…

०७३ फागुन २० गते  
निर्वाचनको कार्ययोजना पेस गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले तीनै निकायको निर्वाचनसम्बन्धी भएको प्रगति र कार्ययोजना बारे १० दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीलाई आदेश दिएको राससले जनाएको छ । न्यायाधीश हरिकृष्ण कार्की र अनिलकुमार सिन्हाको संयुक्त इजलासले फागुन १९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलगायतलाई आगामी २०७४ माघ ७…

०७३ फागुन १९ गते  
अज्ञात समूहद्वारा नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा आगजनी

नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा फागुन १८ गते राति अज्ञात समूहले आगजनी गरेको छ । पेट्रेल प्रयोग गरेर आगजनी गर्दा पार्टी कार्यालयको झ्याल डढेको तरूण दलका जिल्ला अध्यक्ष लक्ष्मण शाहीले बताए । उनले भने-'पेट्रोल प्रयोग गरेर आगजनी गर्दा पार्टी कार्यालयमा क्षति पुगेको छ ।' आगजनी भएको खबर प्राप्त भएपछि नेविसङ्घमा आवद्ध…

०७३ फागुन १९ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई फागुन १८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नवलपरासी गैँडाकोट-२ का २३ वर्षीय नरेन्द्र खनाललाई सोही दिन गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित खनालले यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय चितवनमा फागुन १८ गते नै उजुरी दिएकी थिइन् । आरोपित खनालविरुद्ध उजुरी परेकाले…

०७३ फागुन १९ गते  
एक महिनादेखि औषधि नभएपछि बिरामी उपचारबाट वञ्चित

स्याँडा गाविसको स्वास्थ्य चौकीमा माघको १५ गतेबाट औषधि नभएपछि औषधि उपचारमा पुगेकाहरू रित्तो हात घर फर्कन बाध्य भएको स्याँडा गाविस-६ की प्रेमकला बुढाले गुनासो गरिन् । सो स्वास्थ्य चौकीमा सिटामोल बाहेक अन्य कुनै पनि औषधि नहुँदा यतिखेर स्याँडा गाविसका कम्तीमा पनि दिनको ३० देखि ४० जना बिरामी औषधि उपचारबाट वञ्चित…

०७३ फागुन १९ गते  
स्वास्थ्य सेवा नपाएको ज्येष्ठ नागरिकको गुनासो

राज्यले दिएको सुविधा अनुसारको स्वास्थ्य सेवा नपाएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जले फागुन १८ गते बिजुवारमा गरेको ज्येष्ठ नागरिकहरूको अधिकार विषयक छलफल कार्याक्रममा उनीहरूले यस्तो गुनासो गरेका हुन् । उनीहरूले जिल्ला स्वास्थ्य कार्यालयबाट पाउने सेवासुविधा अनुसारको ज्येष्ठ नागरिक उपचार कक्ष नभएको र…

०७३ फागुन १९ गते  
बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई फागुन १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन १८ बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले उजुरी गरेपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर उत्तमप्रकाश बरालले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन…

०७३ फागुन १९ गते  
जनस्वास्थ्य कार्यालयमा मानव अधिकारकर्मीलाई प्रवेशमा रोक

सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका सम्बन्धमा जिल्ला जनस्वास्थ्य कार्यालयमा राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई फागुन १८ गते कार्यालय प्रवेशमा रोक लगाएको छ । हुम्लाका सरकारी अधिकारीहरूसँग छलफल गर्दै मानव अधिकारमैत्री काम गर्न अनुरोध गर्ने क्रममा जिल्ला जन स्वास्थ्य कार्यलय हुम्लाको फार्मेसीमा पुगेको टोलीलाई निरीक्षण गर्नबाट…

०७३ फागुन १९ गते