अनुदानको खाद्यान्न बाटैमा विक्री

नेपाल खाद्य संस्थानको वितरण केन्द्रबाट जिल्लाको पूर्वी क्षेत्रमा बसोबास गर्ने लामा समुदायका लागि करानक भेगका पाँच गाविसमा पठाइएको खाद्यान्न ठेकेदारले संस्थानको मुल्यभन्दा बढी मुल्य असुलेर बाटोमा नै विक्री गरेको पाइएको छ । सदरमुकामदेखि पुलु डिपोसम्म ठेकेदार पक्षले ढुवानी गरेर लैजानु पर्ने खाद्यान्न डिपोसम्म नपुर्‍याइ  ढुवानी गर्ने जिम्मा लिएको ठेकदारले सदरमुकाम…

०७३ पुस १८ गते  
बालबालिकाहरू खोपबाट वञ्चित

कैलालीको गोदावरी गाविसस्थित स्वास्थ्य चौकीमा असोज महिनादेखि वालबालिकाले जन्मने बित्तिकै पाउनु पर्ने बिसिजी खोप, निःशुल्क रूपमा पाउने अत्यावश्यक औषधिहरू (सिटामोल, एमजिट, डाइजिङलगायत) अभाव भएको छ । औषधिको अभाव भएपछि सेवाग्राही मार्कामा परेको स्थानीय महिला स्वयम्सेविका राधिका जोशीले बताइन् । जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीसमक्ष औषधिको माग गरेपनि स्वास्थ्यचौकीबाट वितरण हुने औषधिमध्ये…

०७३ पुस १८ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले थालाजुङ गाविस-२ का नेत्रबहादुर भण्डारीलाई पुस १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित भण्डारीले पुस १७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितका अभिभावकले फोनमार्फ मौखिक उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलय गोरखाका डिएसपी विरेन्द्र थापाले जानकारी दिए ।…

०७३ पुस १८ गते  
डाक्टरहरू बिरामी जाँच्न छाडेर तलवका लागि आन्दोलित

भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक र अन्य कर्मचारीहरू साउन महिनादेखि बढेको तलव र ग्रेड खान नपाएको भन्दै काम नै ठप्प पारेर बसेपछि पुस १८ गते अस्पतालको सेवा प्रभावित बनेको छ । विरोधका कारण सबैभन्दा बढी अप्रेशन सेवाका बिरामीहरू प्रभावित बनेका थिए । पुस महिनाको १५ गते सम्म तलव…

०७३ पुस १८ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुपाकोट गाविस-२ का १९ वर्षीय दिपक थापालाई पुस १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस १४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले पुस १७ गते इलाका प्रहरी कार्यलय डाडाँकोनामा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण पश्चिामाञ्चल क्षेत्रीय अस्पताल…

०७३ पुस १८ गते  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा चितवन जिल्लाको राप्ती नपा-४ का ३२ वर्षीय सुर्यबहादुर राई र सोही ठाउँका २७ वर्षीय कमलबहादुर राईलाई प्रहरीले पुस १६ गते साँझ गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितहरूले पुस १५ गते बलात्कार प्रयास गरेको भन्दै पीडतका आफन्तले पुस १६ गते प्रहरीमा उजुरी दिएपछि…

०७३ पुस १८ गते  
बुहारी हत्या घटनाका आरोपित गिरफ्तार

लाली गाविस-२ की ३३ वर्षीय सिद्ध सार्कीको हत्या गरेको आरोपमा ४६ वर्षीया सासू जाल्की कामी र जाल्कीकी छोरी १८ वर्षीया गेडी सार्कीलाई प्रहरीले पुस १६ गते गिरफ्तार गरेको छ । पुस १३ गते राति खाना खाएर घरमा एक्लै सुतिरहेकी सार्कीको लाश पुस १४ गते बिहान फेला परेकोले पुस १५ गते…

०७३ पुस १७ गते  
संविधान संशोधन विधेयकमाथि बहस सुरु

सर्वोच्च अदालतमा व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक रोक्न माग गर्दै दायर गरिएको रिट निवेदनमाथि आजदेखि बहस सुरु भएको राससले जनाएको छ । प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश इश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा बहस सुरु भएको हो । निवेदक अधिवक्ता टीकाध्वज खड्काका तर्फबाट अधिवक्ताहरु शम्भु थापा, डा चन्द्रकान्त ज्ञवाली, टीकाराम भट्टराईलगायतले बहस गरे…

०७३ पुस १७ गते  
बेचविखन गरेको कसुरमा २० वर्षकैदको फैसला

२४ वर्षीया महिलालाई बेचविखन गरेको कसुरमा जिल्ला अदालतले तनहुँ जिल्ला पूर्कोट-६ की ३७ वर्षीया शोभा सापकोटालाई २० वर्षकैद हुने फैसला गरेको छ । पुस १७ गते आइतबार भएको फैसलामा अतिरिक्त जिल्ला न्यायाधीश नारायण सुवेदीले २० वर्षकैदका साथै २ लाख जरिबाना र पीडितलाई १ लाख रुपियाँ पुनःस्थापना कोषबाट भराउने फैसला गरिएको…

०७३ पुस १७ गते  
उत्तरी गोरखामा हिमपात, भूकम्प पीडितको बिजोग

उत्तरी गोरखामा पुस १६ गते साँझबाट हिमपात भएको छ । पुस १७ गते दिनभर हिउँ परिरहेको सामागाउँ-५ का मिङमार लामाले जानकारी दिए । आज साँझ सम्म एक इञ्च हिउँ जमिसकेको उनले बताए । 'आगो तापेर घर भित्रै बसेका छौँ ।'-उनले टेलिफोनमा भने । छेकम्पार गाविसमा पनि पुस १६ गते साँझदेखि…

०७३ पुस १७ गते