मेयर पदका उम्मेदवारको घरमा अज्ञात समूहद्वारा प्रेसर कुकर बम प्रहार

गोदावरी नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार रहेका गोकर्ण भट्टको अत्तरिया बजारमा रहेको घरमा असार ९ गते बिहान ३ बजे अज्ञात समूहले प्रेसर कुकर बम विष्फोट गराएको छ । भट्टको घरमा खासै क्षति नभएको र अहिले सो ठाँउको सुरक्षा व्यवस्था कडा पारेको प्रहरीले जनाएको छ । निर्वाचन नजिकिएको समयमा…

०७४ असार ९ गते  
पत्रकारमाथि भएको दुर्व्यवहारको महासङ्घद्वारा भत्सर्ना

त्रियुगा नपा-११ का २५ वर्षीय पत्रकार देवराज राईमाथि जिल्ला प्रहरी कार्यालय बोक्सेका इन्स्पेक्टर उमाशङ्करप्रसाद साहले दुर्व्यवहार गरेको जनाउँदै नेपाल पत्रकार महासङ्घ उदयपुरले असार ८ गते एक प्रेस विज्ञप्तिमार्फत भत्सर्ना गरेको छ । नेकपा माओवादी केन्द्र उदयपुरले असार ७ गते निर्वाचनलाई लक्षित गरी गाईघाटमा आयोजना गरेको चुनावी सभाको समाचार सङ्कलन गर्न…

०७४ असार ९ गते  
चुनाव प्रचारप्रसारमा सरकारी मोटरसाइकल प्रयोग गरेको आरोपमा निर्वाचन कार्यालयमा उजुरी

स्थानीय तहको निर्वाचनका क्रममा चुनाव प्रचारप्रसारमा सरकारी मोटरसाइकल प्रयोग गरिएको जनाउँदै असार ९ गते जिल्ला निर्वाचन कार्यालयमा उजुरी परेको छ । नेकपा एमालेले बा.२ ख ४००१ नम्बरको मोटरसाइकल प्रयोग गरेर चुनाव प्रचारप्रसार गरिरहेको आरोप लगाउँदै नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले निर्वाचन कार्यालयमा कारबाहीको माग गर्दै उजुरी दिएको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले…

०७४ असार ९ गते  
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा पाँच जना गिरफ्तार

स्थानीय तहको निर्वाचनलाई बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्तालाई असार ८ गते प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा फाल्गुनन्द गाउँपालिका-४ का विजय नेम्वाङ, सोही गाउँपालिका-५ का जितबहादुर चेम्जोङ र कविराज चेम्जोङ रहेका छन् । यसैगरी, ताप्लेजुङ जिल्ला सिदिङबा गाउँपालिका-३ का मुस्कान…

०७४ असार ९ गते  
इन्सेकको पहलमा सातजना अपाङ्गता भएका व्यक्तिले परिचय पत्र पाए

इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलयको पहलमा अपाङ्गता भएका सात जनाले असार ८ गते अपाङ्गताको परिचय पत्र पाएका छन् । इन्सेकको सहजीकरणमा अन्नपुर्ण गाउँपालिका-६ र ७ लुम्लेका सात जना अपाङ्गता भएका व्यक्तिले परिचय पत्र पाएका हुन् । इन्सेकको पहलमा रातो परिचय पत्र पाउनेमा ३२ वर्षीया सिता बिक, ६६ वर्षीया खगेश्वरी देवकोटा, २२…

०७४ असार ९ गते  
अज्ञात समूहले ढुङ्गा प्रहार गरी एक महिलाको हत्या

लहान नपा-१ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयको अगाडि रहेको मोटरसाइकल ट्रायल सेन्टर नजिक अन्दाजी २५/२६ वर्षीया एक महिलाको असार ९ गते बिहान हत्या गरिएको अवस्थामा शव फेला परेको छ । स्थानीयले बिहान नाम नखुलेकी महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । नाम ठेगाना नखुलेको महिलाको टाउको, कञ्चटमा ढुङ्गा प्रहार…

०७४ असार ९ गते  
सामूहिक बलात्कार घटनाका फरार तीन जना आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई जेठ २८ गते सामूहिक बलात्कार घटनाका फारार आरोपित औरही गाउँपालिका-२ का २० वर्षीय अनिकेत यादव, २१ वर्षीय रमेश पञ्जियार र २० वर्षीय सुरेश यादवलाई प्रहरीले असार ८ गते गिरफ्तार गरेको छ । एसपी राजकुमार लम्सालले दिएको जानकारी अनुसार इलाका प्रहरी कार्यालय गौशालामा पीडितले जेठ २८ गते दिएको…

०७४ असार ९ गते  
प्रधानाध्यापकलाई दुर्व्यवहार गरेको आरोपमा तीनजना गिरफ्तार

महदेवा गापा-१ पकरीस्थित नरबहादुर थापा मा. वि. सोनराका प्रधानाध्यापक प्रदिपकुमार चौधरीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५२ वर्षीय हरिनारायण यादव, ३७ वर्षीया राखी यादव र ३० वर्षीया निशा यादवलाई असार ८ गते गिरफ्तार गरेको छ । प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै मोसो दल्ने र जुत्ताको माला लगाउने प्रयास गरेको…

०७४ असार ९ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महदेवा गापा-१ पकरीका ३८ वर्षीया रामनारायण यादवलाई असार ७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ २२ गते बलात्कार गरेको आरोप लगाउँदै पीडितले जिल्ला प्रहरी कार्यालयमा जेठ ३१ गते उजुरी दिएकी थिइन् । पीडित महिलाको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल…

०७४ असार ८ गते  
सेनाका क्याप्टेन र सशस्त्रका इन्स्पेक्टरद्वारा उम्मेदवारलाई धम्की

डोटीको वडीकेदार गाउँपालिकामा खटिएका नेपाली सेनाका क्याप्टेन र सशस्त्र प्रहरीका इन्स्पेक्टरले नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई धम्की दिएको पीडित पक्षले आरोप लगाएका छन् । असार ६ गते साँझ नेपाली सेनाका क्याप्टेन धु्रवबहादुर राणा र सशस्त्र प्रहरीका इन्स्पेक्टर धनसिं महराले माओवादी केन्द्रका वडी केदार गाउँपालिका अध्यक्षका उम्मेदवार जङ्ग बिकलाई धम्क्याएको माओवादीले आरोप…

०७४ असार ८ गते