बृद्धाश्रम र दिवा सेवा केन्द्रको वर्गीकरण गर्न आवश्यकः वस्ती

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाशचन्द्र वस्तीले राज्यले वृद्धाश्रम र दिवा सेवा केन्द्रको वर्गीकरण गर्न आवश्यक रहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले जेठ २९ गते पोखरामा आयोजना गरेको बृद्धाश्रम/ज्येष्ठ नागरिक हेरचाह केन्द्रमा आश्रति ज्येष्ठ नागरिकहरूको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वस्तीले सो कुरा बताएका हुन् । वस्तीले ज्येष्ठ…

०७५ जेठ २९ गते  
बलात्कार गरेको कसुरमा पाँच वर्षको कैद फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा हलेसी तुवाचुङ नगरपालिका-७ का ५६ वर्षीय इवे विश्वकर्मालाई खोटाङ जिल्ला अदालतले जेठ २८ गते पाँच वर्षको कैद फैसला सुनाएको छ । न्यायाधीश किशोर घिमिरेको इजालसले पुर्पक्षमा रहेका आरोपितलाई सो फैलसा सुनाएको जिल्ला अदालतका श्रेस्तेदार प्रदिपकुमार उपाध्यायले जानकारी दिए । आरोपितले ०७४ साउन २८ गते…

०७५ जेठ २९ गते  
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सार्वजनिक स्थानमै नाङगो बनाएर ३९ वर्षीया महिलालाई निर्घात कुटपिट गरेको भन्दै प्रहरीले राप्ती गाउँपालिका-१ की ३९ वर्षीया रेखा गुप्ता र २९ वर्षीया अनीता गुप्तालाई प्रहरीले गिरफ्तार गरेको छ । भालुवाङमा रहेको घडेरी ५० हजार रुपियाँमा दिन जबरजस्ती गर्दै सीतगङ्गा नगरपालिका-९ की ३९ वर्षीया महिलालाई गुप्ताद्वयले जेठ २५ गते कुटपिट गरेका…

०७५ जेठ २९ गते  
फिरौतीका लागि बालकको अपहरण, पछि गोली प्रहार गरी हत्या

कटहरीया नपा-९ का १२ वर्षीय युवराज साहलाई अपहरणपछि गोली प्रहार गरी हत्या गरेको अवस्थामा ०७५ जेठ २८ गते प्रहरीले शव फेला पारेको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा ०७५ जेठ २६ गते राति अपहरणमा परेका बालकको शव गढीमाई नपा-५ स्थित वलुवा मदनपुर टोल निजक रहेको बागमती नदीको तटबन्धमा फेला परेको…

०७५ जेठ २९ गते  
बालविवाहका घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकाको विवाह गराएको आरोपमा प्रहरीले फालेलुङ गाउँपालिका-२ का ६४ वर्षीय चन्द्रबहादुर खत्री र उनकी ६१ वर्षीया पत्नी देवीमाया खत्रीलाई जेठ २७ गते गिरफ्तार गरेको छ । जिल्ला अदालतको फैसला अनुसार कैद तथा जरिबाना तोकिएका फरार प्रतिवादीहरूलाई खोजी गर्ने क्रममा कसुरदारहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बामदेव गौतमले…

०७५ जेठ २९ गते  
बराहापोखरी र ऐसेलुखर्कमा इञ्जिनियर नजाँदा भूकम्प पीडित मारमा

भूकम्प गएको लामो समय बितिसक्दा पनि खोटाङको दुई स्थानीय तहमा अहिलेसम्म पनि इञ्जिनियर पुगेका छैनन् । जिल्लाका अन्य स्थानीय तहमा दोस्रो किस्ता बापतको रकम वितरण गर्न थालिसक्दा पनि बराहपोखरी र ऐसेलुखर्क गाउँपालिकामा अहिलेसम्म इञ्जिनियर नपुगेका हुन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दुई महिनाअघि इञ्जिनियर खटाए पनि विभिन्न बहाना देखाएर आउन नमानेको…

०७५ जेठ २८ गते  
यौन दुर्व्यव्यहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा रामेछाप जिल्ला लिखु गाउँपालिका-२ घर भई हाल रावाबेंशी गाउँपालिका-६ दुधकोशी हाईड्रोपावरमा कार्यारत ३२ वर्षीय चिनकाजी बर्देवा (दमाई) विरुद्ध पीडित पक्षले जेठ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले जेठ १२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जिल्ला…

०७५ जेठ २८ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रिवेणी नगरपालिका-६ का २५ वर्षीय मीन मिजारलाई जेठ २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २७ गते बलात्कार गरेको भन्दै बालिकाका आफन्तले जेठ २८ गते प्रहरीमा उजुरी दिएका छन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २८ गते जिल्ला स्वास्थ्य कार्यलय…

०७५ जेठ २८ गते  
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

६० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा राइनास नपा-१० का ५१ वर्षीय काशीनाथ न्यौपाने विरूद्ध जेठ २७ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यलय, लमजुङमा उजुरी दर्ता गराएको छ । पीडित महिलालाई आरोपितले जेठ १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, लमजुङका डिएसपी यादव ढकालले जानकारी दिए…

०७५ जेठ २८ गते  
छुरा प्रहार गरी छोराको हत्या, आरोपित गिरफ्तार

चाँगुनारायण नपा-५ खरिपाटी घर भई भक्तपुर नपा-१० कमलविनायक बस्ने १२ वर्षीय प्रतिक गिरीलाई छुरा प्रहार गरी ३५ वर्षीय बावु पलमान गिरीले जेठ २७ गते हत्या गरेको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट घाइते भएका प्रतिकको उपचारको क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गल काठमाडौँमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी हिमालयकुमार…

०७५ जेठ २८ गते