एक हप्तादेखि विद्यालयमा तालाबन्दी पठनपाठन प्रभावित
प्रक्रिया नपुर्याइकन शिक्षक तथा कर्मचारी नियुक्ति गरेको भन्दै त्रिवेणी गाउँपालिका–६ बाँठाकोटस्थित भीमकल्याण आधारभूत विद्यालयमा एक हप्तादेखि तालाबन्दी हुँदा पठनपाठन प्रभावित भएको छ । त्रिवेणी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाबाट अनुदानबापत प्राप्त कोटामा मनोमानी ढङ्गबाट शिक्षक तथा कर्मचारी भर्ना गरेको भन्दै अभिभावकले भदौ १९ गतेदेखि तालाबन्दी गरेका हुन् । एक…
जिल्ला अस्पतालमा दुई महिनादेखि नाभी मल्हम अभाव
जिल्ला अस्पताल खाँदबारीमा भदौ २४ गते चैनपुर–४ की ३२ वर्षीया शर्मिला राई सुत्केरी भइन् । तर, दुई दिन बितिसक्दा समेत बच्चालाई नाभी मल्हम नलगाइएको उनका पति मनकुमार लिम्बूले बताए । लिम्बूले नाभी मल्हमका विषयमा अस्पतालका चिकित्सकसँग बुझ्दा नाभी मल्हम नभएकाले प्रयोग नगरेको जबाफ दिए । सोही दिन सुत्केरी भएकी सभापोखरी–१…
मापदण्ड पूरा नगरी सञ्चालित औषधि पसललाई बन्द गर्न स्थानीय प्रशासनको चेतावनी
मापदण्ड पूरा नगरी सञ्चालित भएका औषधि पसललाई तत्काल बन्द गर्न स्थानीय प्रशासनले चेतावनी दिएको छ । जिल्ला सदरमुकाम, नलगाड नपास्थित कालिमाटी, छेडागाड नपास्थित थलह बजार र कुशे गाउँपालिकाको पाँचकाटियामा सञ्चालनमा रहेका अधिकांश औषधि पसल मापदण्ड पूरा नगरी सञ्चालन भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । जाजरकोट सदरमुकाम भित्र रहेका…
विद्यार्थीलाई शारीरिक दण्ड दिएको आरोपमा शिक्षक निलम्बन
सुनवल नगरपालिकास्थित महाकवि देवकोटा मावि कक्षा १० मा अध्यनरत १६ वर्षीय प्रदिप कहारलाई शारीरिक दण्ड दिएको आरोपमा भदौ २५ गते विद्यालय व्यवस्थापन समितिले ४८ वर्षीय शिक्षक कौशलराज तिवारी र प्रधानाध्यापक ४२ वर्षीय बाबुराम पाण्डेलाई १० दिनका लागि निलम्बन गरेको छ । पीडित कहारले भदौ १९ गते राम्रो पढाइ नभएको भनेपछि…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकाको बलात्कारपछि फरार रहेको आरोपमा प्रहरीले तादी गाउँपालिका-१ उर्लेनीका १८ वर्षीय विनोद तामाङलाई तीन महिनापछि गिरफ्तार गरेको छ । पीडित बालिकालाई ०७५ असार २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई काठमाडौँको भृकुटीमण्डपबाट भदौ २५ गते गिरफ्तार गरी नुवाकोट ल्याएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भीमलाल भट्टराईले…
समाचार प्रकाशन गरेकै आरोपमा एक पत्रकार गिरफ्तार
खोजतलास मिडिया प्रालिद्वारा सञ्चालित खोजतलास साप्ताहिक तथा खोजतलास न्युज डटकमका अध्यक्ष तथा प्रधान सम्पादक राजु बस्नेतलाई समाचार प्रकाशन गरेको आरोपमा प्रहरीले भदौ २४ गते गिरफ्तार गरेको छ । गोदावरी नगरपालिका-१२, ठेचोस्थित निवासबाटै बस्नेतलाई गिरफ्तार गरिएको जनाइएको छ । बस्नेतले दृष्टिन्युज डटकममा प्रकाशित समाचार आफ्नो पत्रिका तथा अनलाइनमा साभार गरेका थिए…
बलात्कार घटनाका आरोपित पाँच वर्षपछि गिरफ्तार
एक महिलालाई बलात्कार गरी फरार भएका घटनाका आरोपित कन्काई नगरपालिका-३ का ४१ वर्षीय नेत्र तिम्सिनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले भदौ २५ गते इलाम सदरमुकामबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७० असोज १५ गते बलात्कार गरेको ठहर गर्दै झापा जिल्ला अदालतले ०७२ मङ्सिर १२ मा पाँच वर्षकैदको…
तीन महिनादेखि सडक अबरूद्ध भएपछि मुगुमा खाद्यान्न अभाव
जिल्ला सदरमुकाम गमगढी जोडने सडकखण्डमा लगातारको वर्षाले विभिन्न स्थानमा गएको पहिरोको कारण यातायात अबरूद्ध भएपछि जिल्लामा खाद्यान्न अभाव भएको छ । जेठको अन्तिम हप्तादेखि लगातार परेको वर्षाले गमगढी नाग्मा सडक खण्डको विभिन्न भागमा गएको पहिरोले सडक अबरुद्ध भएपछि व्यापारीले स्टोर गरेको खाद्यान्न सकिएको र खाद्य संस्थानमा गएको आर्थिक वर्षचार स्थानीय…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चापाकोट नपा-८ का २१ वर्षीय मनोज परियारलाई गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले भदौ २३ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले भदौ २४ गते प्रहरीमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई भदौ २४ गते नै गिरफ्तार गरी अनुसन्धान कार्य…
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया पत्नीलाई बेचबिखन गरेको आरोपमा प्रहरीले २४ वर्षीय पतिलाई भदौ २५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७४ जेठमा भारतको सिमलामा मजदुरी गर्न जाउँ भनी लगेको एक महिनामा भारतको बैङ्गलोर पुर्याई त्यहाँ २ लाख २० हजार भारतीय रूपियाँमा बेचेको लिखित उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी…