यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कुश्मा नगरपालिका–१ का २३ वर्षीय रामबहादुर किसानलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीमा मौखिक उजुरी दिएलगत्तै आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर सुरज खत्रीले जानकारी दिए । पीडित बालिकाको…

 ०७५ भदौ ३० गते  
कपिलवस्तु घटना भएको ११ वर्ष पुरा, पीडितले अझै न्याय पाएनन्

कपिलवस्तु घटना भएको ११ वर्ष पुरा भएको छ । तर, कपिलवस्तु घटनामा ज्यान गुमाएका, घर सम्पति आगो लगाई क्षति गरिएको, लुटपाट गएिको, बलात्कृत भएका एवम् विस्थापित जीवन बिताइरहेका घटनाका पीडितहरूले अझै क्षतिपुर्ति तथा न्याय पाएका छैनन् । ०६४ भदौ ३० गतेका दिन अज्ञात समूहको गोली प्रहारबाट स्थानीय समाजसेवी अब्दुल मोइद…

०७५ भदौ ३० गते  
सङ्क्रमणकालीन न्यायका संयन्त्रले प्रभावकारी काम काम गर्न नसकेको द्वन्द्वपीडितको गुनासो

सशस्त्र द्वन्द्वकालका भएका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनाका दोषीलाई कारवाही, पीडितलाइ न्याय, परिपूर्ण मेलमिलापमार्फत द्वन्द्वकालिन समयका घटनाहरू निरूपण गर्न बनेका सङ्क्रमणकालीन न्यायका संयन्त्र सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्याक्तिहरूको छानविन आयोगले प्रभावकारी काम गर्न नसकको पीडितहरूले गुनासो गरेका छन् । न्यायका लागि द्वन्द्वपीडित समाजका उपाध्यक्ष हेमन्त बेल्वासेले भने…

०७५ भदौ ३० गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले भदौ ३० गते गिरफ्तार गरेको छ । अभिभावकको उक्साहटमा साउन ५ गते १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रेमबहादुर क्षेत्रीले जानकारी दिए । पीडित बालिकालाई आरोपितले बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन ६…

०७५ भदौ ३० गते  
धाराको पानी खाएको भन्दै कुटपिट गरेको घटनाका आरोपितविरूद्ध उजुरी

परवानीपुर गाउँपालिका–३ का १२ वर्षीय राकेश रामले सोही ठाउँमा रहेको राधाकृष्ण मन्दिरको धारा (चापाकल) मा भदौ २४ गते पानी खाएको आरोपमा मन्दिरका पुजारी सोही ठाउँका ४५ वर्षीय रामदयाल यादवलगायतले कुटपिट गरेको भन्दै पीडित पक्षले भदौ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी रञ्जितसिंह…

०७५ भदौ ३० गते  
जन्मदर्ता गर्न वडा अध्यक्षद्वारा अनाकानी गरेको आरोप

सवैला नपा–१२ का ठकाई चमारले चार वर्षीय नाती डेविसकुमार चमारको जन्मदर्ता बनाउन सिफारिस लिन भदौ २९ गते जाँदा वडा अध्यक्ष प्रदिप महतोले आनाकानी गरेको भन्दै पीडितले इन्सेक प्रतिनिधिसँग न्यायका लागि पहल गरिदिन अनुरोध गरेका छन् । बालकका हजुरबुवा ठकाइ चमार वडा कार्यालय पुगी नातिको जन्म दर्ता बनाउन वडा अध्यक्षलाई अनुरोध…

०७५ भदौ ३० गते   
बेचबिखन प्रयास घटनाकी पीडितको उद्धार

कपिलवस्तुबाट भदौ २१ गतेदेखि हराएकी १६ वर्षीया बालिका भदौ २८ गते बिहान महेन्द्रनगरको सिमाक्षेत्रबाट बेचबिखनका लागि भारततर्फ लगिँदै गरेको अवस्थामा माइती नेपाल नेपालगञ्जको टोलीले सकुशल उद्धार गरेपछि उनी बेचिनबाट जोगिएको बताइएको छ । पीडित बालिकालाई माइती नेपाल नेपालगञ्जमा सुरक्षित अवस्थामा राखिएको छ । बिहान नेपालगञ्ज हुदै महेन्द्रनगरको सिमाक्षेत्रबाट भारततर्फ लैजान…

०७५ भदौ ३० गते  
यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १५ वर्षीय बालक मेलम्ची नगरपालिका–११ का २५ वर्षीय दिपक दुलाल र सोही नगरपालिका–१० का २४ वर्षीय श्यामसुन्दर कडेलविरूद्घ भदौ २९ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकालाई आरोपितले भदौ १७ गते मेलम्ची बजारको एक होटलमा यौन…

०७५ भदौ ३० गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

र सात वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेल्डाडी गाँउपालिका–२ का ५७ वर्षीय राजेन्द्र विष्टलाई भदौ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकाहरूले घटनाबारे अविभावकलाई बताएपछि पीडित बालिकाका अविभावकहरूले इलाका प्रहरी कार्यालय बेल्डाडीमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरेको हो । पीडितद्वयको स्वास्थ्य परीक्षण भदौ ३० गते महाकाली…

०७५ भदौ ३० गते  
घरेलु हिंसापीडित महिलासँग उपचारपछि घर जाने रकमको अभाव

लमजुङ जिल्ला मध्यनेपाल नगरपालिका-४ की ३० वर्षीया सेती गुरुङ भन्ने उज्याली गुरुङलाई अस्पतालले डिस्चार्ज गरेपछि घर कसोगरि जाने भन्ने पिरलोले सताएको छ । भदौ १३ गते पीडितका पती सिताराम दासले खुर्पाले हिर्काएपछि दायाँ हात भाच्चिएर साथीको सहयोगमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा भदौ १३ गते भर्ना भएर हातको अप्रेशन गराएकी थिइन्।…

०७५ भदौ ३० गते