इन्सेक अध्यक्ष प्याकुरेलद्वारा निर्वाचन सुरक्षाबारे छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले मोरङमा निर्वाचन सुरक्षा र तयारीबारे मोरङका सरकारी निकायसँग जानकारी लिएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य र प्रमुख निर्वाचन अधिकृत राजुकुमार खतिवडासँग छुट्टाछुट्टै भेटघाट गरी निर्वाचन तयारीबारे जानकारी लिएका हुन् । भेटघाटका क्रममा प्रमुख जिल्ला अधिकारी आचार्यले जिल्लामा सुरक्षा अवस्था…

०७४ मङ्सिर १९ गते  
वाम गठबन्धनका उम्मेदवारलाई लक्षित गरी बम विष्फोट

वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार खगराज भट्टलाई लक्षित गरी बम विष्फोट गराइएको समाचार इन्सेक डडेल्धुरा जिल्ला प्रतिनिधि भुपेन्द्र विष्टले पठाएका छन् । मङ्सिर १८ गते परशुराम नगरापालिकामा आयोजित चुनावी सभा कार्यक्रम सकेर जिल्ला सदरमुकाम फर्किने क्रममा आलिताल गाउँपालिका-८ बाख्खोली भन्ने ठाउँमा राति ८ः३० बजे विष्फोट गराइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले…

०७४ मङ्सिर १९ गते  
पाल्पामा १८ ओटा मतदानस्थल अति सम्वेदनशील

दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पाल्पा जिल्लामा १८ ओटा मतदान स्थल अति सम्वेदनशील स्थलको रूपमा सूचीकृत गरिएको छ । बाँकी ४० मतदानस्थल सम्वेदनशील र ६० मतदानस्थल समान्य स्थलमा सूचीकृत गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बताए । पाल्पा जिल्लामा १ सय १८ मतदानस्थल र २…

०७४ मङ्सिर १८ गते  
निर्वाचन आचारसंहिता उल्लङघन् गर्दै दलहरू

मौन अवधि सुरू हुन केही समय मात्र बाँकी हुँदा पनि मोरङमा राजनितिक दलहरूले आचारसंहिता विपरीत प्रचारप्रसार गरिरहेका छन् । क्षेत्रीय निर्वाचन कार्यालयमा भएको सर्वदलीय बैठकमा आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएर हस्ताक्षर गरेका उनीहरूले आफैँ आचारसंहिता उल्लङघन् गरेका छन् । सबै जसो दलहरूले सवारी साधनमा साउण्ड सिष्टम राखेर ठूलाठूला ब्यानर टाँसेर…

०७४ मङ्सिर १८ गते  
राजनीतिक दलद्वारा आचारसंहिता उल्लङ्घन्, निर्वाचन अधिकारी बेखबर

दोस्रो चरण अन्तर्गत मङ्सिर २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन यहाँ क्रियाशील राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता विपरीत चोकचोकमा नाराजुलुस गर्नुका साथै गाडीमा माइकिङ गरेका छन् । आज राति १२ बजेदेखि मौन समय सुरू हुँदैछ । राति आठ बजेपछि प्रचारका कुनै पनि कार्यक्रम…

०७४ मङ्सिर १८ गते  
मौन अवधि सुरू हुनु अगाडि मोटरसाइकल र्‍याली !

राजविराजमा नेपाली काङ्ग्रेस, सङ्घीय समाजवादी फोरम नेपाल, राजपा नेपाल र स्वतन्त्र उम्मेदवारले मङ्सिर १८ गते मोटरसाइकल र्‍याली निकालेका छन् । मध्य रातिदेखि मौन अवधि सुरू हुने भएपछि अन्तिम पटक शक्ति प्रदर्शन गर्दै ती पार्टीका उम्मेदवारहरू, नेता-कार्यकर्ताहरू सम्मिलित दर्जनौ संख्यामा रहेको झण्डासहितको मोटरसाइकल, जीपसहितको जुलुसले लाउडस्पिकर र माइकमा नाराबाजी गर्दै नगर…

०७४ मङ्सिर १८ गते  
निर्वाचन आचारसंहिता विपरीत सोलार वितरण

माण्डवी गाँउपालिका-५ तिग्रा र प्यूठान नपा-१ को सालघारीमा नेपाली काङ्ग्रेसका कार्यकर्ताले मङ्सिर १६ गते निर्वाचन आचारसंहिता विपरीत सोलार बत्ति वितरण गरेको स्थानीयबासीले आरोप लगाएका छन् । माण्डवी गाँउपालिका-५ तिग्राकी स्थानीय कौशिल्या गिरीले भनिन्-'रूखमा भोट हाल्नु भन्दै' वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कर्मचारी एवम् स्थानीय राजन आचार्यले नौ घर परिवारमा सोलार जडान…

०७४ मङ्सिर १८ गते  
काठमाडौँमै बम विष्फोट, उम्मेदवार थापासहित ११ जना घाइते

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् काठमाडौँ क्षेत्र नं. ४ का उम्मेदवार गगन थापालाई लक्षित गरी मङ्सिर १८ गते बम विष्फोट भएको छ । अज्ञात समूहले गराएको बम विष्फोटमा परी थापासहित ११ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । काठमाडौँको बुढानिलकण्ठ नगरपालिका-२ चपलीको…

०७४ मङ्सिर १८ गते  
निर्वाचन सुरक्षा व्यवस्था कडा बनाऊः रामा आयोग

प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको दोश्रो चरणको दिन नजिकिँदै गर्दा तेह्रथुम, स्याङ्जा, र्सलाही, पाल्पा, डडेल्धुरा, कैलाली जिल्लालगायत राजधानी मै उम्मेदवार तथा दलका चुनावी कार्यक्रमलाई लक्षित गरी बम आक्रमण भई उम्मेदवार तथा दर्जनौँ सर्वसाधारण व्यक्तिहरू घाइते भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बम विष्फोटबाट…

०७४ मङ्सिर १८ गते  
नयाँ शक्ति पार्टीका उम्मेदवारको गाडीमा तोडफोड

कैलाली निर्वाचन क्षेत्र नम्बर- ३ (ख) प्रदेश सभाका उम्मेदवार कृष्णकुमार चौधरीले चुनावी प्रचारप्रसारमा प्रयोग गर्दै आएका बा ११ च ५२८८ नम्बरको गाडीमा मङ्सिर १७ गते राति तोडफोड भएको प्रहरीले जनाएको छ । घोडघोडी नपा-७ का वडा सदस्य नवीन विष्टको नेतृत्वमा रहेको टोलीले गाडीको अगाडि र पछाडिको सिसा फुटाएको र आफूले…

०७४ मङ्सिर १८ गते