बालात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चाँगुनारायण  नगरपालिका–३ बागेश्वरी घर भई हाल सुर्यविनायक नपा–२ बालकोट रागिनीहाईट बस्ने १९ वर्षीय रञ्जित परियारलाई प्रहरीले भदौ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २७ गते बलात्कार गरेको भनी पीडितका आफन्तले सोही दिन  महानगगरीय प्रहरी वृत्त ठिमीमा उजुरी दिएका थिए…

०७५ भदौ २९ गते  
अपहरणपछि हत्या गरिएको अवस्थामा शव फेला

देवानगञ्ज गाउँपालिका–५ साहेवगञ्जका २५ वर्षीय सन्दीप यादवको अपहरणपछि भदौ २७ गते हत्या भएको छ । यादवको शव भारतको फारविसगञ्जमा २७ गते फेला परेको हो । २५ गते राति घरमा सुतिरहेका यादवलाई अज्ञात समूहले अपहरणको शैलीमा लगेको मृतकका दाजु अशोक यादवले बताए । २६ गते बिहान नेपाल प्रहरीलाई भाइ हराएको खबर…

०७५ भदौ २९ गते  
विद्यार्थीसँग वार्ता भइरहेको समयमा उपमेयरमाथि दुर्व्यवहार 

महागढीमाई नगरपालिकाकी उपमेयर तारादेवी कानुलाई एक समूहले भदौ २८ गते दुव्र्यहार गरेको छ । गढीमाई महेन्द्र प्राविधिक नमूना माध्यमिक विद्यालयका विद्यार्थीहरूसँग वार्ता गरिरहेको अवस्थामा केही व्याक्तिहरूको समूहले उनीमाथि दुर्व्यवहार गरेको पीडितले बताएकी छन् । उपमेयर कानुमाथि दुर्व्यवहार भएको महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवले जानकारी गराएको बाराका प्रमुख जिल्ला अधिकारी गणेश…

०७५ भदौ २९ गते  
सामाजिक सुरक्षा भत्ता नपाएको ज्येष्ठ नागरिकको गुनासो

पोखरिया नगरपालिका–३ का ३० जना ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता बापतको रकम नपाएको गुनासो गरेका छन् । यहाँ १ सय २५ जना ज्येष्ठ नागरिक रहेका छन् । त्यसमध्ये ९५ जनाले सामाजिक सुरक्षा भत्ता बापतको रकम पाएका छन् । तर, ३० जनाले भने सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका हुन् ।…

०७४ भदौ २९ गते  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२४ वर्षीया अपाङ्गता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा उनका आफन्तले भदौ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडित युवतीलाई भदौ २६ गते सिरानचोक गाउँपालिका–८ ब्याखर्कका २१ वर्षीय चन्द्रबहादुर परियारले बलात्कार गरेको उनको आफन्तले दिएको उजुरीमा उल्लेख छ । मौखिक उजुरीकै आधारमा भदौ २८ गते परियारलाई प्रहरीले गिरफ्तार…

०७५ भदौ २९ गते  
उपचारमा लापरवाही गरेको आरोपमा स्वास्थ्यकर्मी गिरफ्तार

छेडागाड नपा–१० की ३८ वर्षीया पञ्चकला नाथ योगीको उपचारका क्रममा स्वास्थ्यकर्मीको लापरवाहीबाट मृत्यु भएको भन्दै स्थानीयबासी र आफन्तले कारबाहीको माग गरेपछि घटनाका आरोपित सोही नपा–५ थलहबजारस्थित जयलक्ष्मी मेडिकल फर्मका सञ्चालक तिलकबहादुर बोहोरालाई प्रहरीले भदौ २९ गते गिरफ्तार गरेको छ । ज्वरो आउने गरेपछि उपचारका लागि जयलक्ष्मी मेडिकल फर्म गएकी योगीको…

०७५ भदौ २९ गते   
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सप्तरी बेलिपेचना गाउँपालिका–२ घर भइ हाल चाँगुनारायण नगरपालिका–२ दुवाकोट तल्लो हाईट बस्ने ६३ वर्षीय सुरेशकुमार पोखेरललाई भदौ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २७ गते यौन दुर्व्यवहार गरेको भनी पीडितका आफन्तले सोही दिन महानगरीय प्रहरी वृत्त ठिमीमा उजुरी…

०७५ भदौ २९ गते  
बलात्कारपछि हत्या गरेको ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला

दाङ जिल्ला राप्ती गाउँपालिका–१ की २८ वर्षीया मुस्कान नेपाली परियारलाई बलात्कारपछि हत्या गरेको ठहर गर्दै जिल्ला अदालतले भदौ २८ गते दाङ जिल्ला गढवा गाउँपालिका–१ का ३४ वर्षीय विक्रम रानालाई सर्वस्वसहित जन्मकैद र दाङ जिल्ला राप्ती गाउँपालिका–१ का ३० वर्षीय दिवश शाहीलाई १ वर्ष ६ महिना कैदको फैसला गरेको जिल्ला अदालतले…

०७५ भदौ २९ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भेरी नपा–५ का २६ वर्षीय गोपाल कामीलाई भदौ २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल जाजरकोटमा भदौ…

०७५ भदौ २९ गते  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ २८ गते प्रतापपुर गाउँपालिका–७ का २५ वर्षीय दिपनारायण मुसहरविरूद्ध इलाका प्रहरी कार्यालय बेलाटारीमा उजुरी दर्ता गराएका छन् । पीडित युवतीलाई आरोपितले गत असार २८ गते बलात्कार गरेको र कसैलाई भने परिवारलाई समेत मार्ने धम्की दिएका कारण डरले गर्दा उजुरी ढिला भएको…