बलात्कार घटनाका आरोपित गिरफ्तार

र सात वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेल्डाडी गाँउपालिका–२ का ५७ वर्षीय राजेन्द्र विष्टलाई भदौ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकाहरूले घटनाबारे अविभावकलाई बताएपछि पीडित बालिकाका अविभावकहरूले इलाका प्रहरी कार्यालय बेल्डाडीमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरेको हो । पीडितद्वयको स्वास्थ्य परीक्षण भदौ ३० गते महाकाली…

०७५ भदौ ३० गते  
घरेलु हिंसापीडित महिलासँग उपचारपछि घर जाने रकमको अभाव

लमजुङ जिल्ला मध्यनेपाल नगरपालिका-४ की ३० वर्षीया सेती गुरुङ भन्ने उज्याली गुरुङलाई अस्पतालले डिस्चार्ज गरेपछि घर कसोगरि जाने भन्ने पिरलोले सताएको छ । भदौ १३ गते पीडितका पती सिताराम दासले खुर्पाले हिर्काएपछि दायाँ हात भाच्चिएर साथीको सहयोगमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा भदौ १३ गते भर्ना भएर हातको अप्रेशन गराएकी थिइन्।…

०७५ भदौ ३० गते  
द्वन्द्वको क्रममा मारिएका बालबालिकाको सम्झनामा दीप प्रज्वलन

राष्ट्रिय बाल दिवसको पूर्व सन्ध्यामा भदौ २८ गते रोल्पामा द्वन्द्वकाल र विपत्बाट मृत्यु भएका बालबालिकाहरूको सम्झनामा शान्ति स्मारकमा दीप प्रज्ज्वलन गरिएको छ । जिल्ला बाल कल्याण समितिको आयोजनामा सदरमुकाम लिबाङस्थित द्वन्द्वकालमा मारिएकाहरूको सम्झनामा निर्मित शान्ति स्मारकमा दीप प्रज्ज्वलन गरिएको हो । जिल्लामा बालबालिकाको क्षेत्रमा क्रियाशील विभिन्न सङ्घ संस्था तथा बाल…

०७५ भदौ ३० गते  
प्रहरी हिरासतमा यातना दिएको पीडित परिवारको आरोप

घोराही उमनपा–१४ का ३७ वर्षीय कुम्वीर बुढालाई कर्तव्य ज्यान मुद्दामा जबरजस्ती सावित गराउन प्रहरीले हिरासतमा चरम यातना दिएको पीडितकी ७४ वर्षीया आमा हरिकला बुढाले आरोप लगाएकी छन् । भदौ २९ गते घोराहीमा पत्रकार सम्मेलन गरी निर्दोष व्यक्तिलाई दोषी करार गर्न चरम यातना दिइएको भन्दै स्वतन्त्र र निष्पक्ष अनुसन्धानका लागि पहल…

०७५ भदौ ३० गते  
न्यायका लागि प्रहरीले सुनुवाइ नगरेको हिंसा पीडित महिलाको गुनासो

डुङ्गेश्वर गाउँपालिका–४ अवलपराजुलकी २३ वर्षीया तुलसी सुनारलाई आफूमाथि २५ वर्षीय पति चक्रबहादुर सुनारले कुटपिट र अपहेलना गरेको भन्दै घरेलु हिंसाको मुद्दामा प्रहरीले सुनुवाइ नगरेको गुनासो गरेकी छन् । ‘प्रहरीमा उजुरी दिएको तीन हप्ता भयो । प्रहरीले छलफल गराउन समेत सकेको छैन ।’–उनले भनिन्–‘गिरफ्तार गरेर मुद्दा चलाउला भन्ने आशा गरेकी थिएँ…

०७५ भदौ ३० गते  
सामाजिक कार्यमा सरोकार राखेको आरोपमा पत्रकारलाई ज्यानमार्ने धम्की !

तातोपानी गाउँपालिका–५ निवासी नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य ३२ वर्षीय पूर्णप्रसाद चौलागाईलाई भदौ २८ गते सोही ठाउँका ४५ वर्षीय काठ व्यवसायी नौसरे डाँगीले ज्यानमार्ने धम्की दिएको पीडितले आरोप लगाएका छन् । गाउँबस्तीको बीचमा ध्वनी प्रदुषण हुने गरी काठको मिल राख्न नहुने विषयमा पत्रकार चौलागाईले टिप्पणी र विरोध गरेपछि नौसरे डाँगीले…

०७५ भदौ ३० गते  
तीन जनाको समूहद्वारा पत्रकारमाथि कुटपिट, आरोपित गिरफ्तार

थारु पत्रकार सङ्घ बर्दियाका अध्यक्ष तथा प्राइम टेलिभिजनका सम्बाददाता बारबर्दिया नपा–५ धोवियाका ३५ वर्षीय सञ्जु चौधरी (सरम) लाई भदौ २८ गते बारबर्दिया नपा–५ का ४० वर्षीय जङ्गबहादुर थारु, सोही ठाउँका ३५ वर्षीय सुरमान थारु, ४१ वर्षीय तिलक थारुले कुटपिट गरी घाइते बनाएको पीडितले आरोप लगाएका छन्  । बारबर्दिया नपामा भएको…

०७५ भदौ ३० गते  
उमेर नपुग्दै आमा बनेपछि कुपोषण जन्मिए बालबालिका

उमेर नपुग्दै आमा बनेपछि कुषोषण भएका बालबालिका जन्मिने समस्या भोगिरहेको जुम्लाका सुत्केरी महिलाले गुनासो गरेका छन् । पातरासी गाउँपालिका–४ लुम गाउँकी १९ वर्षीया लग्नमाया बुढाले भनिन्–‘वर्षभरिको खेतीले तीन महिना मात्र खान पुग्छ । बाँकी समय अर्काको घरमा काम गर्नुपर्छ ।’ यसले गर्दा गर्भवती तथा सुत्केरी अवस्थामा राम्रोसँग खान नपाएको र…

०७५ भदौ ३० गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्वर्गद्वारी नगरपालिका–२ का २० वर्षीय मने परियारलाई भदौ २८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रहरीमा उजुरी दिए पनि आरोपित फरार रहेका कारण…

०७५ भदौ २९ गते  
बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

शारीरिक रूपमा अशक्त ४९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा नलगाड नपा–३ कैनाबजारका २१ वर्षीय दिपक बिकविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा भदौ २९ गते उजुरी दिएको छ । राम्रोसँग बोल्न नसक्ने,  बोल्दा लर्बराउने तथा शारीरिक अवस्था कमजोर रहेकी ती महिलालाई आरोपितले भदौ २८ गते बलात्कार प्रयास गरेको भन्दै पीडित…

०७५ भदौ २९ गते