यौन दुर्व्यवहार गरेको कसुरमा चार वर्षकैदको फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा लहान नपा-१२ का २५ वर्षीय विनोद महरालाई जिल्ला अदालतले असार १९ गते चार वर्षकैदको फैसला गरेको छ । न्यायाधीश तिर्थराज केसीको इजलासले सो फैसला गरेको सरकारी वकिल जुद्ध आलेले बताए । पीडित बालिकालाई महराले ०७३ फागुन १३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित…

०७४ असार २० गते  
आयोगको सिफारिस कार्यान्वयन निराशाजनक

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङले आयोगद्वारा सिफारिस कार्यान्वयन निराशाजनक रहेको जनाएको छ । ०७१ साल कार्तिक २ गतेदेखि २०७४ असार १५ गतेसम्मको अवधिमा आयोगले सम्पादन गरेका महत्वपूर्ण कार्यको विवरण सार्वजनिक गर्न आयोजित कार्यक्रममा हत्या, न्याय प्रशासन, बेपत्ता, अपहरण, गैरन्यायिक थुनालगायतका गम्भीर प्रकृतिका घटनामा संलग्नलाई कारबाहीका लागि सिफारिस गरे…

०७४ असार २० गते  
नत गास नत बास, जिउनु न मर्नु !

आँखाभरी आँसु । चाउरी परेको अनुहार । घरबाट कुष्ठरोगी भन्दै गाउँ भन्दा टाढाको वनतिर पठाएको पीडा । घाँटीमा रातो, पहेंलो, र हरियो रङ्गको पोते । हातमा बाला । शरीरमा फाटेका लुगा । नत गास नत बास नै ! ती महिलाको यसैरी नै एक्लै बसेर दिनचर्य चलिरहेको छ । उनी यसैगरी…

०७४ असार २० गते   
बलात्कार घटनाका आरोपित गिरफ्तार

३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले असार १९ गते आठराई गाउँपालिका-४ का ४६ वर्षीय मानबहादुर खपाङ्गीलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १६ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले असार १७ गते इलाका प्रहरी कार्यालय सक्रान्तिमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका…

०७४ असार २० गते  
नेपाल कम्युनिष्ट पार्टीद्वारा ८४ बिघा जग्गा कब्जा

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनले पूर्वी चितवन स्थित खैरहनी नगरपालिका-१२ मा रहेको मार्कनटायलको ८४ बिघा जग्गा कब्जा गरेको छ । पार्टीका जिल्ला इञ्चार्ज लालबहादुर बिसीले १९ गते सोमबार बिज्ञप्ति जारी गरी विगत ५९ सालदेखि पार्टीको कब्जामा रहेको जग्गा अहिले विभिन्न भूमाफियाले चलखेल गरी किनबेचको तयारी भएको पाइएकाले…

०७४ असार १९ गते  
विजय जुलुसमा बालबालिकाको प्रयोग

स्थानीय तह निर्वाचनको मतगणना सकिएपछि विजयी पार्टीका उम्मेदवारहरूले विजय जुलुस निकालिरहेका छन् । विजयी उम्मेदवारले विजय जुलुसमा बालबालिकाको प्रयोग गर्न भने छोडेका छैनन् । सन्धिखर्क नगरपालिकमा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानलबाट मेयर पदमा विजयी भएका उम्मेदवार कमलप्रसाद भुसालको विजय जुलुसमा ९ वर्षदेखि १६ वर्षसम्मका बालबालिकाहरूको प्रयोग भएको छ…

०७४ असार १९ गते  
पत्नी हत्याको अनुसन्धान नहुँदै आरोपित पतिको प्रहरी नियन्त्रणमै मृत्यु

पत्नी हत्याको अनुसन्धान नहुँदै आरोपित पतिको प्रहरी नियन्त्रणमै मृत्यु भएको छ । कलैया उपमहानगरपालिका-१३ की ३८ वर्षीया मन्तुरी राम चमारको हत्या भएको घटनाको अनुसन्धान भइरहेको अवस्थामा ४२ वर्षीय पति दरोगा राम चमारको मृत्यु भएको हो । कलैया उपमहानगरपालिका-२० माइतीमा वर्षौँदेखि बस्दै आएकी पत्नी मन्तुरीलाई सुतिरहेको अवस्थामा असार ५ गते घाँटी…

०७४ असार १७ गते  
बलात्कार प्रयास घटनाका फरार आरोपित गिरफ्तार

२७ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले कञ्चनरुप नपा-६ पिप्रा पूर्वका ३५ वर्षीय विसो मलाहा मुखियालाई असार १६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७३ फागुन १७ गते बलात्कार प्रयास गरेको आरोप लगाउँदै पीडितले चैत १२ गते इलाका प्रहरी कार्यालय, कञ्चनरुपमा उजुरी दिएकी थिइन् । पीडितले…

०७४ असार १७ गते  
वाइसिएलद्धारा काङ्ग्रेस कार्यकर्तालाई कुटपिट गरेको आरोप

रोल्पा नगरपालिका-१० को मत गणनाको विषयलाई लिएर असार १६ गते काङ्ग्रेस कार्यकर्ताहरूलाई वाइसिएलले कुटपिट गरेको पीडित पक्षको आरोप छ । साँझ ५ः३० बजेतिर लिबाङको वङ्शी चिया पसलमा नास्ता खाइरहेका काङ्ग्रेस कार्यकर्तालाई वाइसिएलले कुटपिट गरेको काङ्ग्रेसका कार्यकर्ता गिरीराज थापाले आरोप लगाएका हुन् । एक्कासी कुटपिट गर्न थालेपछि नास्ता पसल बाहिर रहेका…

०७४ असार १७ गते  
काङ्ग्रेसको विजय जुलुसमा आक्रमण गरेको आरोपमा एमाले कर्याकर्ता गिरफ्तार

रुपाकोट मझुवागडी नपा-१ दिक्तेलस्थित त्रिवेणी चोकमा नेपाली काङ्ग्रेसले विजय जुलुस गरिरहेका समयमा होटलमा बसेर वियर तथा रेडबुलका बोतल प्रहार गरेको आरोपमा प्रहरीले एमालेका ३७ वर्षीय सुवास आचार्य, ३४ वर्षीय भीम राई र ३३ वर्षीय शिव खतिवडालाई असार १६ गते साँझ गिरफ्तार गरेको छ । आरोपित राई र आचार्यलाई प्रहरीले घटनास्थलबाटै…

०७४ असार १७ गते