सामाजिक सञ्जालमार्फत हिंसा गरेको आरोपमा उजुरी

भोजपुर नपा-९ स्थित दावाँका १९ वर्षीया एक किशोरीले सोही ठेगाना भएका २४ वर्षीय गणेश खड्काविरूद्ध सामाजिक सञ्जालमार्फत अपशब्द बोलेर महिला हिंसा गरेको भन्दै ०७४ वैशाख २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । सामाजिक सञ्जाल फेसबुकमार्फत अश्लील शब्द र तस्वीरहरू म्यासेज गरेर पटकपटक मानसिक हिंसा गरेको भन्दै पीडितले कारवाहीको माग…

०७४ वैशाख २८ गते  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

बलेफी गाउँपालिका-५ सिरानटोलका ३४ वर्षीय कुमार श्रेष्ठ र सोही ठाउँकी जमुना गुवाजुलाई बहुविवाह गरेको आरोपमा प्रहरीले वैशाख २८ गते गिरफ्तार गरेको छ । ३० वर्षीया सविना श्रेष्ठले दुई वर्षअघि बहुविवाह गरेको आरोपमा उनले वैशाख २२ गते जिल्ला प्रहरी कार्यालयमा आरोपितद्वयविरुद्ध उजुरी दिएकी थिइन् । आरोपितहरूलाई कानुन अनुसार कारबाही गरिने जिल्ला…

०७४ वैशाख २८ गते  
महिला वडा सदस्य उम्मेदवार पतिबाट कुटिइन्

रुपा गाँउपालिका-५ का लागि माओवादी केन्द्रबाट महिला वडा सदस्य उम्मेदवार पद्मा क्षेत्री 'गुरुङ'लाई पति यामबहादुर गुरुङले कुटपिट गरेका छन् । वैशाख २७ गते बेलुकी पति पत्नीबिचको विवादमा उम्मेदवारी फिर्ता लिन पतिले दबाव दिएको भएपनि आफूले नमान्दा पतिले कुटपिट गरेको पीडित महिलाको आरोप छ । कुटपिटबाट पीडित महिलाको टाउको र हातमा…

०७४ वैशाख २८ गते  
चुनावी प्रचार-प्रसारमा हिँडेको नेपाली काङ्ग्रेसको गाडीमा पेट्रोल बम प्रहार

पोखरा-लेखनाथ महानगरपालिका-१४ विजयपुरमा नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू निर्वाचन प्रचार प्रसार गर्न गइरहेको गाडीलाई लक्षित गरी अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ । चार/पाँच जनाको समूहमा आएको समुहले पोखराबाट लेखनाथतर्फचुनावी प्रचार प्रसारमा गइरहेको बा ३ ख १४८३ नम्बरको हाइसलाई लक्षित गरी वैशाख २८ गते दिउँसो ४ बजे पेट्रोल बम प्रहार गरेको…

०७४ वैशाख २८ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले माइ नगरपालिका-२ का १८ वर्षीय असारे भनिने सन्तोष योङहाङलाई वैशाख २८ गते गिरफ्तार गरेको छ । योङहाङले वैशाख १८ गते ती बालिकालाई बलात्कार गरेको भन्दै वैशाख २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । योङहाङ विरुद्ध प्रहरीले २८ गतेनै जिल्ला अदालतमा…

०७४ वैशाख २८ गते  
यातायात कार्यालयमा कुकर बम विष्फोट

लहान नगरपालिका-८ स्थित सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालय लहानमा वैशाख २८ गते शक्तिशाली कुकर बम विष्फोट भएको छ । मध्यान्ह १२ बजे कार्यालय सञ्चालनमा रहेको समयमा अज्ञात समूहले माथिल्लो तल्लामा कार्यालय प्रमुखको कोठासँगै रहेको शौचालयमा कुकर बम विष्फोट गराएको हो । विष्फोट किन र कसले गराएको हो खुल्न नसकेको प्रहरीले…

०७४ वैशाख २८ गते  
मत हाल्ने तरिका सिकाउन दलहरूलाई आयुक्तको आग्रह

निर्वाचन आयोगका आयुक्त इश्वरीप्रसाद पौडेलले मत बदर सङ्ख्यालाई न्यूनीकरण गर्नका लागि उम्मेदवारहरूले पनि मतदातालाई मत हाल्ने तरिका सिकाउनुपर्ने बताएका छन् । वैशाख २८ गते गोरखामा आयोजित अन्तरक्रिया कार्यक्रममा आयुक्त पौडेलले आचारसंहित विपरीतका गतिविधि नगर्न पनि दलहरूलाई आग्रह गरेका छन् । दलीय झगडा गरेर बस्नुको साटो मतदातालाई मत हाल्ने तरिका बारे…

०७४ वैशाख २८ गते  
चुनाव प्रचारका क्रममा एमाले र काङ्ग्रेस कार्यकर्ताबिच झडप

सिमकोट गाउँपालिका-८ खोल्टी गाउँमा स्थानीय तहको निर्वाचनका लागि सदरमुकामबाट गएको काङ्ग्रेसको अभियान टोलीले एमालेका कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउन खोजेपछि दुई पार्टीका कार्यकर्ताबिच वैशाख २७ गते झडप भएको छ । नेकपा एमालेका कार्यकर्ता दिलबहादुर सिंहलाई पार्टी प्रवेश नगरे काङ्ग्रेसका कार्यकर्ताले मार्ने धम्की दिएपछि मतदातालाई धम्की नदिन अनुरोध गर्दा काङ्ग्रेसका कार्यकर्तासँग…

०७४ वैशाख २८ गते  
नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्ता गिरफ्तार

निर्वाचनको गतिविधिमा असर पारेको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । बर्दघाट नपा-४ बर्दघाट घर भएका नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति सदस्य रमेश बस्याल गैँडाकोट नपा-९ थुम्सी निवासी ४० वर्षीय नन्दराम सापकोटा र पाल्पा जिल्ला रैनादेवि छहरा गाउँपालिका-४ निवासी ३० वर्षीय सुमन…

०७४ वैशाख २८ गते  
चुनाव प्रचार-प्रसार गरी पार्किङमा राखेको जिपमा आगजनी

माछापुच्छ्रे गाँउपालिका-१ मा नेपाली काङ्ग्रेसका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार विरेन्द्र गुरूङले चुनाव प्रचार प्रसारका क्रममा प्रयोग गरेको बोलेरो जिपमा अज्ञात समूहले आगजनी गरेको छ । गुरूङले चुनावी प्रचारमा प्रयोग गरेको ग १ ज ५१४८ नम्बरको जिपमा वैशाख २७ गते मध्यरातमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट…

०७४ वैशाख २८ गते