अज्ञात समूहले हत्या गरेको अवस्थामा महिलाको शव फेला

सिगास गाँउपालिका-१ मैतडमा नजिकैको पानीघट्टमा मकै पिँध्न गएकी एक महिलाको चैत २० गते हत्या गरिएको अवस्थामा शव फेला परेको छ । घट्ट छेउमा सिगास-१ मैतडीकी ३५ वर्षीया लालमती बोहराको हत्या भएको अवस्थामा शव फेला परेको देवर पठान बोहराले बताए । मृतक महिलाको टाउकोमा दाउरा र ढुङ्गाले हिर्काएर हत्या गरिएको हुनसक्ने…

०७३ चैत २० गते  
भान्छा छोएको आरोपमा दलित बालकलाई कुटपिट गरेको आरोप

बराह गाँउपालिका-८ कुम्भिकोटका नौ वर्षीय बालक भीमबहादुर बिकलाई कथित माथिल्लो जातिको भान्छा छोएको आरोपमा स्थानीय बाटु शाही र उनका छोरा भरत शाहीले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित बालकलाई भान्छा छोएको भनी आरोपितद्वयले लाठीले निर्घात कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको हो । बाटुका छोरा एवम् पीडित…

०७३ चैत १९ गते  
नाम छुटेको भन्दै १ हजार ५ सय भूकम्प पीडितको निवेदन दर्ता

भूकम्प पीडितहरूको लगत सङ्कलनका क्रममा नाम छुटेको भन्दै १ हजार ५ सय जनाले जिल्ला समन्वय समिति चितवनमा निवेदन दर्ता गरेका छन् । जिल्ला विपद व्यवस्थापन समिति चितवनका सदस्य एवम् समन्वय समिति चितवनका सूचना अधिकारी बलराम लुईँटेलले अझै निवेदन आउने क्रम जारी रहेको बताए । जिल्ला लगत सङ्कलन तथा व्यवस्थापन कार्यालय…

०७३ चैत १९ गते  
स्थानीय तहको निर्वाचन सफल बनाउन सबै सक्रियतापूर्वक लाग्नु पर्नेमा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय, काठमाडौँको आयोजनामा चैत १८ गते काठमाडौँमा आयोजित "स्थानीय तहको निर्वाचन र मानव अधिकार" विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले स्थानीय तहको निर्वाचन सफल बनाउन सबै सक्रियतापूर्वक लाग्नु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले अहिलोको आवश्यकता चुनाव भएको र यसका लागि युवा…

०७३ चैत १९ गते  
सासूबुहारीको हत्या घटनाका आरोपित गिरफ्तार

दुई साता अघि मोरङको कटहरी-१ मा सासूबुहारीलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले विराटनगर उमनपा-१२ का २६ वर्षीय विष्णुकुमार डाँगालाई एक थान पेस्तोलसहित चैत १७ गते गिरफ्तार गरेको छ । चैत ४ गते ४४ वर्षीया दिपा निरौला (डाँगा) र २२ वर्षीया अस्मिता भट्टराई (डाँगा)लाई गोली हानी हत्या भएको जिल्ला प्रहरी…

०७३ चैत १८ गते  
नवजात शिशु हत्याका आरोपित गिरफ्तार

रामेछाप जिल्ला गौसरा-१ घर भई हाल चाँगुनारायण नपा-३ झौखेलमा बस्दै आएकी २१ वर्षीया साईली तामाङलाई नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले चैत १७ गते गिरफ्तार गरेको छ । बच्चा जन्माउने महिना पुगेपछि उपचारका लागि आवश्यक पर्ने रकम सापटी लिन पति मेघबहादुर तामाङ गाउँ गएको बेलामा बच्चा जन्माएकी साईलीले घर नजिकैको…

०७३ चैत १८ गते  
भाउजु हत्याका आरोपित हतियारसहित गिरफ्तार

घोराही उमनपा-१७ की २८ वर्षीया पूर्णा थापालाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले २९ वर्षीय देवर विक्रम थापालाई चैत १८ गते हतियारसहित गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएको विशेष टोलीले लुकीछिपी बसेको अवस्थामा ओखराबाट एकथान स्वचालित पेस्तोल र त्यसको चार खोका गोलीसहित गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयमा…

०७३ चैत १८ गते  
स्वास्थ्य संस्थामा पाँच महिनादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा

सिमकोट गाउँपालिकास्थित इलाका स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी पाँच महिनादेखि नहुँदा स्थानीयबासी मर्कामा परेका छन् । उक्त स्वास्थ्य चौकीका इञ्चार्ज ०७३ मङ्सिर महिनादेखि नहुँदा कार्यालय सहयोगी अङ्गबहादुर शाहीको भरमा स्वास्थ्य चौकी खुल्ने गरेको स्थानीयबासी हरि शाहीले गुनासो गरे । कार्यालय सहयोगी शाहीले औषधि नचिन्ने भएकोले कार्यालय खोल्ने र बन्द गर्ने बाहेक…

०७३ चैत १८ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

मनोसामाजिक अपाङ्गता भएकी २१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोदी गाउँपालिका-६ का २७ वर्षीय सुर्य लामिछाने र सोही ठाउँ बस्ने २७ वर्षीय सन्दीप भन्ने कुलबहादुर क्षेत्रीलाई चैत १७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितहरूले चैत १७ गते बलात्कार गरेको मौखिक उजुरी आएपछि मध्यरातमा आरोपितद्वयलाई गिरफ्तार गरेको जिल्ला…

०७३ चैत १८ गते  
परिचय पत्र नपाउँदा एकै घरका तीन जना अपाङता भएका व्यक्ति सेवाबाट विमुख

सदरमुकामदेखि एक दिन टाढा रहेको मुगुम कार्मारोग गाउँपालिका-६ का एकै घरका तीन जना दिदीभाइले अपाङ्गता परिचय-पत्र नपाउँदा सरकारबाट अपाङ्गता भएका व्यक्तिलाई दिइने सेवाबाट विमुख भएको गुनासो गरेका छन् । मुगुम कार्मारोग गाउँपालिका-६ की ६८ वर्षीया छिरिङ पुटिक लामा, ४९ वर्षीया याङ्जम पुटिक लामा र ४१ वर्षीय दोर्जे लामालाई महिला तथा…

०७३ चैत १८ गते