यौन दुर्व्यवहार गरेको कसुरमा १० वर्ष ६ महिना कैदको फैसला

आठ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको कसुरमा रामपुर नपा-४ रामपुरका ५५ वर्षीय टेकप्रसाद कँडेललाई जिल्ला अदालत पाल्पाले फागुन २७ गते दोषी ठहर गर्दै १० वर्ष ६ महिनाको कैद सजाय सुनाएको छ । न्यायाधीश शङ्कर बरालको इजलासले आरोपितलाई कैद सजायसँगै ३५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको जिल्ला अदालत पाल्पाका…

०७४ फागुन २८ गते  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा-९ कठौतियाका ३५ वर्षीय भुल्लु देवान भन्ने इश्तीखार देवानविरुद्ध उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई फागुन २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन २७ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएको थियो । आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला…

०७४ फागुन २७ गते  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बर्दिया जिल्ला बासगडी नपा-५ की ३० वर्षीया चन्द्रकला ओलीलाई हत्या गरेको आरोपमा प्रहरीले हाल मध्यपहाडी लोकमार्गको आठराई खण्डमा मजदुरीका लागि आएका ४० वर्षीय गोविन्द ओलीलाई प्रहरीले फागुन २७ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरी कन्चटमा मुक्का प्रहार गरेर पत्नीको हत्या गरेको इलाका प्रहरी कार्यालय सक्रान्ति बजारका प्रमुख…

०७४ फागुन २७ गते  
बहुविवाह घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

राजविराज नपा-९ की ३० वर्षीया गायत्रीकुमारी यादवले उनका ३५ वर्षीय पति बिरेन्द्रकुमार यादव र सोही ठाउँकी १६ वर्षीया बालिकाविरुद्ध दिएको बहुविवाहको उजुरी जिल्ला प्रहरी कार्यालयले फागुन २७ गते दर्ता गरेको छ । आरोपितहरुले जानीबुझी गत पुस २९ गते बहुविवाह गरेकाले गिरफ्तार गरी कारवाही गरी पाउँ भनी पीडित महिलाले जिल्ला प्रहरी…

०७४ फागुन २७ गते  
विद्यालयमा तालाबन्दी हुँदा पठनपाठनमा समस्या

छत्रेश्वरि गाउपालिका जयचौरका स्थानीय अभिभावकले लक्ष्मी माविको मुल गेट र अफिसकोठामा ताला लगाएपछि फागुन १७ गतेदेखि पठनपाठन अवरूद्ध भएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्ने विषयमा विवाद भएपछि त्यसयता पठन पाठनमा समस्या आएको कक्षा १० मा अध्ययनरत विद्यार्थी कमला कवरले बताइन् । एसइइ आउन केही दिन मात्रै बाँकी…

०७४ फागुन २७ गते  
महिला मृतावस्थामा फेला, पति फरार

लेटाङ नपा-२ बुधबारेकी ३७ वर्षीया कौशिला राई आज बिहान मृतावस्थामा फेला परेकी राससले जनाएको छ । गएराति पतिसँग झगडा भएको र राई आफ्नै घरको कोठामा मृतावस्थामा भेटिएको भन्ने जानकारी स्थानीयवासीले प्रहरीलाई गरेका थिए । मृतक राईको शरीरका विभिन्न भागमा चोट रहेकाले घटना शङ्कास्पद रहेको इलाका प्रहरी कार्यालय लेटाङका इन्स्पेक्टर खगेन्द्र…

०७४ फागुन २७ गते  
अनुगमका क्रममा फेला परेका अखाद्य वस्तु नष्ट

हलेसी तुवाचुङ नगरपालिका हलेसीबजारमा ठूलो परिमाणमा समयावधि नाघेका अखाद्य उपभोग्य सामान जफत गरी नष्ट गरिएको छ । हलेसी तुवाचुङ नगरपालिकाले फागुन २४ गते गरेको बजार अनुगमनका क्रममा ठूलो परिमाणमा भारी मात्रामा दैनिक उपभोग्य वस्तु जफत गरेर नष्ट गरेको हो । इलाका प्रहरी कार्यालय, वडा कार्यालय महादेबस्थान, उद्योग बाणिज्य सङ्घ हलेसीलगायतको…

०७४ फागुन २७ गते  
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकविरुद्ध इलाका प्रहरी कार्यालय, कञ्चनरुपले फागुन २५ गते उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन २३ गते बलात्कार गरेको आरोप लगाउँदै पीडितका अभिभावकले फागुन २४ गते उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा…

०७४ फागुन २६ गते  
राष्ट्रपति निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि

राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि मौन अवधि सुरु भएपछि कुनै पनि उम्मेदवार र राजनीतिक दलले प्रचारप्रसार गर्न र मत माग्न पाउने छैनन् । यो आचारसंहिता सञ्चार माध्यमलाई पनि लाग्नेछ । सो पदका…

०७४ फागुन २६ गते  
कुटपिट गरी गर्भपतन गराएको घटनाका आरोपित गिरफ्तार

तिरहुत गाउँपालिका-५ की २५ वर्षीया रीनादेवी सदाको गर्भपतन गराएको आरोपमा प्रहरीले सोही ठाउँका ३९ वर्षीय रामरुप सदालाई फागुन २६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले फागुन ११ गते लातले पेटमा प्रहार गरी गर्भपतन गरेको आरोप लगाउँदै पीडितले फागुन १२ गते इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिएकी थिइन् ।…

०७४ फागुन २६ गते